Welcome, Guest

असोज २०७४

2074-07-13  /  36K 1

असोज २०७४ को महत्वपूर्ण  राष्ट्रिय समसामयिक गतिविधीहरु  ! 

१. राष्ट्रिय बाल दिबस, २०७४ को मूल नारा क हो ?  - बालमैत्री शासन : बालअधिकारको सम्मान 

२. अन्तराष्ट्रिय साक्षरता दिवस कहिले मनाइन्छ ? - सेप्टेम्बर ८ 
 
३. नेपालमा संविधान दिवस कहिले मनाइन्छ ?  - असोज ३ 
 
४. तीन पटकसम्म तलाक भनेपछि श्रीमान् श्रीमतीबीच सम्बन्ध विच्छेद हुने परिपाटी तालाक' असंवैधानिक भएको घोषणा भारतको सर्वोच्च अदालतले कहिले गरेको हो ?  - सन् २०१७ अगस्त २२
 
७. अमेरिकी अन्तरिक्ष एजेन्सी नासाद्वारा शनि ग्रहको अध्यनका लागि पढाईएको अन्तरिक्ष यान कुन हो ?  - क्यासिनी 
 
८. छैटौ नेपाल - अफ्रिका फिल्म फेस्टिबल - २०१७ राजधानी काठमाडौँमा कहिले सम्पन्न भयो ?  - वि. स. २०७४ असोज २-४ 
 
९. नेपाल सरकारले इन्डोनेसियामा अवैइतनिक महाबाणिज्य दुतावासको स्थापना कहिले गर्यो ? - सन् २०१७ सेप्टेम्बर १३ 
 
१०. प्रधानमन्त्री शेरबहादुर देउवा संयुक्त राष्ट्र सङ्घको ७२ औं महासभामा भाग लिने सन्दर्भमा अमेरिका प्रस्थान कहिले गर्यो ? -  वि.स २०७४ असोज ३ 
 
११. विश्व बैङ्कले सन् २०१७ सेप्टेम्बर १७ मा सार्वजनिक गरेको नेपाल डेभलपमेन्ट अपडेट - २०१७ अनुसार आ. व. २०७४/७५ मा नेपालको आर्थिक वृद्धी कति हुने आनुमान छ ? -  ४.५ प्रतिशत 
 
१२. सन् २०१७ सेप्टेम्बरमा मलेसियामा सम्पन्न एसीसी यु - १९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि कसले जित्यो ? - नेपाल 
 
१३. २०७४ मा प्रदान गरिएको नवो कृति अवार्डमा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? -  नेपाल विज्ञापन सङ्घका पूर्व अध्यक्ष माधवराज तिमिल्सिना तथा विज्ञापन क्षेत्रका आग्रणी वक्तित्व नवीनलाल जोशी 
 
१४. पाटा ट्राभल मार्ट - २०१७ कहिले र कहाँ सम्पन्न भयो ? - सन् २०१७ सेप्टेम्बर १३-१५, मकाउ 
 
१६. उत्तर कोरियाले जापानको आकाशमाथि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण कहिले गरेको हो ?  - सन् २०१७ सेप्टेम्बर १५ 
 
१७. चौथो न्यू बिज बिजनेस कन्केल्भ तथा अवार्ड - २०१७ मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - पन्चकन्या ग्रुपका संस्थापक अध्यक्ष प्रेमबहादुर श्रेष्ठ 
 
१८. बेस्ट Managed Life Insurance Company अवार्ड - २०१७ बाट सम्मानित हुने बिमा कम्पनी कुन हो ? - नेपाल लाइफ इन्सुरेन्स कम्पनी 
 
१९. व्यस्थापिका-संसदले २०७४ असोज ३ मा पारित बिधेयक अनुसार लापरबाही ढङ्गबाट सवारी चलाई दुर्घटना भएको अवस्थामा चालकलाई के-कस्तो सजाय हुने व्यवस्था छ ? - तीन बर्षदेखी दस बर्षसम्म कैद सजाय र तीस हजारदेखी एक लाख रुपैयाँसम्म जरिवाना 
 
२०. २०७४ असोज ६ मा मनाइएको सामाजिक सेवा दिवसको नारा क हो ? - शान्ति र समृदि सबैको चाहना, समाज सेवामा निस्वार्थ भावना 
 
२१. गोरखामा २०७४ असोज ९ मा सम्पन्न लिगलिगे दौडको उपाधि कसले जित्यो ? - नेपाली सेनाका खगेन्द्र बहादुर रानाभाट 
 
२२.  व्यस्थापिका संसदले मुलुकी देवानी संहिता र मुलुकी देवानी कार्यविधि कहिले पारित गरेको हो ? - बि.स. २०७४ असोज ९ 
 
२३. २०७४ सालको षडानन्द राष्ट्रिय पुरस्कारबाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - प्रा. शिवगोपाल रिसाल 
 
२४.  मेक्सिकोमा २ सय ५० भन्दा बढीको ज्यान जानेगरी शक्तिशाली भुकम्प कहिले गयो ? - सन् २०१७ सेप्टेम्बर १९ 
 
२५. मिसेस नेपाल इन्टरनेशनल - २०१७ को उपाधि जित्ने युवती को हुन् ? - सुरुचि पाण्डे
 
२६. थाइल्यान्डकी पुर्व प्रधानमन्त्री यिङ्लक सिनावात्रालाई भ्रष्टाचारको आरोपमा त्याँहाको सर्वोच्च अदालतले पाँच वर्षको जेल सजाय कहिले सुनाएको हो ? - सन् २०१७ सेप्टेम्बर २७ 
 
२७. नेपाल राष्ट्र बैंङ्क सञ्चालक समितिले ३० वर्षे सेवा अवधि हटायर ५८ वर्ष उमेर हदबन्दी मात्र लागू कहिले गरेको हो ? - वि. स. २०७४ असोज ८ 
 
२८. युनियन लाइफ र सन् नेपाल लाइफ इन्सुरेन्स कम्पनीले कारोबारको शुभारम्भा कहिले गरेका हुन् ? - वि. स. २०७४ असोज ६
 
२९. नेपाल आइडल बन्न सफल प्रतिभा को हून् ? - बुद्ध लामा
 
३०.सन् २०१७ सेप्टेम्बरमा सम्पन्न साफ यु - १८ च्याम्पियनसिपको उपाधि कसले जित्यो ? - नेपाल 
 
३१. रेडियो नेपालबाट प्रसारण हुने बाल कार्यक्रम सञ्चालक एवम् गायक वासुदेव मुनालको निधन कहिले भएको हो ? - वि. स. २०७४ असोज १२ 
 
३२. नेपाली पर्व वडादशैं मनाउन कुन देशको संसद् भावनबाट  त्यहाँ रहेका नेपालीलाई नियन्त्रणा पठाइएको हो ? - अस्ट्रेलिया 
 
३३.  सन् २०१७ सेप्टेम्बरमा सम्पन्न निर्वाचनमा जर्मन चान्सलरमा निर्वाचित हुने राजनीतिकर्मी को हुन् ? - एन्जेला मर्केल
 
३४. विश्वका विभिन्न देशमा रहेका शेर्पा सम्मेलन कहाँ आयोजना गरिएको छ ? - काठमाडौँ ( वि. स. २०७४ असोज ) 
 
३५. नेपाल-भारत सम्बन्धलाई समग्रतामा अध्ययन गरी सुझाव पेस गर्न गठित प्रबुद्ध व्यक्ति समूह ( ईपीजी ) को पाँचौँ बैठक कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज २१-२२, काठमाडौँ
 
३६. सङ्घीय प्रसासनिक पुन: संरचनाको पहिलो खुड्किलोका रुपमा रहेको कर्मचारी समायोजन विधेयक, २०७४ संसद्बाटा कहिले पारित भएको हो ? - वि. स. २०७४ असोज २०
 
३७. २०७४ असोज २३ को मन्त्रिपरिषद् बैठकले रास्ट्रिय परीक्षा बोर्डको अध्यक्षमा कसलाई निउक्त गर्यो ? - प्रा डा. चन्द्रमणि पौडेल
 
३८.  नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष शरदकुमार गौचनको दिनदहाडै गोली हानी हत्या कहिले भएको हो ? - वि. स. २०७४ असोज २३
 
३९. अमेरिकाको लसभेगस सहरस्थित एक कन्सर्टमा दर्जनौंको ज्यान जानेगरी अन्धाधुन्ध गोली प्रहार कहिले भएको हो ? - सन् २०१७ अक्टोवर १
 
४०.हिमाली क्षेत्र जुम्लामा जलवायु परिवर्तन सम्बन्धी राष्ट्रीय सम्मेलन कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज २९-३० 
 
४१. वि. स. २०७० मङ्सिर ४ गते निर्वाचन भई माघ ७ गते पहिलो बैठक गरेको ऐतिहासिक संविधान सभा ( दोश्रो ) को रूपान्तरित व्यवस्थापिका - संसद्को कार्यकाल कहिले सकिएको हो ? - वि. स. २०७४ असोज २८
 
४२. म्यान्मारमा भड्किएको हिन्सामा चरम दमन भएपश्चात् रोहिङ्ग्या विद्रोहीद्वारा एकतर्फी युद्धविरामको घोषणा कहिले भएको हो ? - सन् २०१७ सेप्टेम्बर ९
 
४३. गैरआवासीय नेपाली सङ्घ ( एनआरएनए ) को आठौ महाधिवेशन कहिले सम्पन्न भयो ? - वि. स. २०७४ असोज २८ - ३१
 
४४.  गैरआवासीय नेपालीको लगानीमा ७५० शैययाको नेपाल मेडिसिटी अस्पतालको औपचारिक रुपमा उद्धघाटन कहिले भएको हो ? - वि. स. २०७४ असोज २५
 
४५. स्थानीय सरकार सञ्चालक विधेयक, २०७४ राष्ट्रपतिद्वारा कहिले प्रमाणीकरण भएको हो ? - वि. स. २०७४ असोज २९
 
४६. प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधान मन्त्रीसहित आठ मन्त्री तथा राज्यमन्त्री थप गरी छैटौँपल्ट मन्त्रिपरिषद्धको विस्तार कहिले गरेका हुन् ? -  वि. स. २०७४ असोज २७
 
४७. सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा तालिम सम्मेलन, २०७४ कहिले सम्पन्न भयो ? -  वि. स. २०७४ असोज
 
४८. प्रथम दक्षिण एसियाली जोरखाने तथा कुस्ती पहलवानी प्रतियोगिता कहिले र काँह सम्पन्न भयो ? - सन् २०१७ अक्टोबर १३ - १४ 
 
४९. राजर्षि जनक विश्वविधालय सम्बन्धी विधेयक व्यवस्थापिका - संसद्बाट कहिले पारित भएको हो ? - वि. स. २०७४ असोज  २६

 

श्रोत : गोरखापत्र


You need to login to comment.

1 Comments

Pavan Rai

on 09 Jan, 2018

thank you very much

Facebook Comments