श्रावण २०७३
2073-05-01
/ 5.4K
0
महत्वपूर्ण राष्ट्रिय समसामयिक गतिविधीहरु !
-
श्रावण ०१ :- वाणिज्य बैंकहरूमा ‘बासेल ३’ पूर्ण रूपमा लागू भएको छ। राष्ट्र बैंकको पूर्वनिर्धारित योजनाअनुसार यही साउनदेखि ‘बासेल ३’ लागू भएको हो ।‘बासेल ३’ वित्तीय स्थायित्व कायम गरी सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय रूपमा जारी भएको मापदण्ड हो । यसअघि बासेल १ र बासेल २ जारी भइसकेका थिए । यो तिनैको परिमार्जित र नयाँ रूप हो ।
-
श्रावण २ :- राष्ट्रिय खेलकुद परिषद् (राखेप) को १०६ औं बोर्ड बैठकले सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंसिर ८ गते देखि १५ गते सम्म पुर्वाञ्चलमा गर्ने निर्णय गरेको !
-
श्रावण ३ :- पूर्णप्रकाश नेपाल यात्री अध्ययन तथा अनुसन्धान केन्द्रले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई रु ५१ हजार पुरस्कार राशिको यात्री वाङ्मय पुरस्कार प्रदान गरेको । यो पुरस्कार नेपाली वाङ्मयका विशिष्ट साधक यात्रीको स्मृतिमा यही वर्ष स्थापना गरिएको हो ।
-
श्रावण ३ :- नेपालले दुर्लभ वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण महासन्धि (साइटिस) को अनुसूची २ मा रहेको सालक (प्याङ्गोलिन) लाई अनुसूची १ मा सार्न प्रस्ताव गरेको । सालकको अवैध व्यापार बढेपछि थप नियन्त्रण आवश्यक परेको भन्दै राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अनुसूची १ मा सार्ने प्रस्ताव स्विट्जरल्यान्डस्थित साइटिस सचिवालयमा पठाएको हो।
-
श्रावण ६ :- नेपाल खेलकुद पत्रकार मञ्च(एनएसजेएफ)ले आयोजना गरेको १२ औं संस्करणको ‘बजाज पल्सर स्पोर्टस अवार्ड–२०७२’ राजधानीमा सम्पन्न भएको । उक्त कार्यक्रममा विभिन्न विधामा अवार्ड प्राप्तगर्ने व्यक्ती निम्न अनुसार रहेकाछन ।
उत्कृष्ट पुरुष खेलाडी |
नवयुग श्रेष्ठ
|
उत्कृष्ट महिला खेलाडी |
फुपू ल्हामू खत्री
|
उत्कृष्ट युवा खेलाडी |
अन्जन विष्ट |
उत्कृष्ट प्रशिक्षक |
बालगोपाल महर्जन |
स्पेसल अवार्ड |
ललीतकृष्ण श्रेष्ठ (मरणोप्रान्त) |
लाइफटाइभ अचिभमेन्ट अवार्ड |
श्रीराम रञ्जितकार |
टिम अफ दि इयर |
राष्ट्रिय फुटबल टिम
|
उत्कृष्ट पारा एथलिट |
सीता भण्डारी |
पिपुल्स च्वाइस अवार्ड |
नबिता श्रेष्ठ |
-
श्रावण ७ :- ‘राष्ट्रिय आमसञ्चार नीति २०७३’ र ‘विज्ञापनरहित 'क्लिन फिड० नीति २०७३’ मन्त्रिपरिषद बैठक द्वारा पारीत । अब यो निती कार्यन्वयनमा आएमा नेपालमा हेरिने टेलिभिजन च्यानलले विदेशी विज्ञापन प्रसारण गर्न नपाउने भएका छन् !
-
श्रावण ९ :- प्रधानमन्त्रि केपी शर्मा ओलीले आफ्नो पदबाट राजिनामा दिएका । कांग्रेस र माओवादी मिलेर अविश्वास प्रस्ताव दर्ता गरे संगै ओलिले पदबाट राजिनामा दिएका हुन ।
।
-
श्रावण ९ :- सिटिजन्स बैंक इन्टरनेसनलले उत्कृष्ट वित्तीय प्रतिवेदन पुरस्कार प्राप्त गरेको । सन् २०१५ मा राम्रो वार्षिक वित्तीय प्रतिवेदन सार्वजनिक गरेको भन्दै नेपाल चाटर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले सिटिजन्स बैंकलाई उक्त पुरस्कार प्रदान गरेको हो
-
श्रावण ११ :- नयाँ सरकार गठनमा रहेको संवैधानिक अन्योल हटाउन राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेशलाई मंगलबार संसदले अनुमोदन गरेको ।
-
श्रावण १२ :- स्थानीय निकाय वित्तीय आयोगले गरेको ‘न्यूनतम सर्त तथा कार्य सम्पादन मापन’ (एमसीपीएम) मा धनकुटा जिविस र बुटवल नगरपालिका प्रथम भएका । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको आयोग सचिवालयले गरेको आर्थिक वर्ष २०७१/०७२ को न्यूनतम सर्त तथा कार्यसम्पादन मापनमा धनकुटा जिविसले ८७ र बुटवल नगरपालिकाले ९० अंक प्राप्त गरेका छन्।
-
श्रावण १४ :- अन्तरराष्ट्रिय बाघ दिवस मनाइएको । हरेक बर्षको जुलाई २९ तारिखमा यो दिवस मनाउने गरिन्छ । यसै सन्दर्भमा सरकारले सन् २०२२ सम्ममा बाघको संख्या २५० पुर्याउने उद्देश्यसहित बाघ संरक्षणसम्बन्धी कार्ययोजना तयार पारेको छ । हाल नेपालमा १९८ बाघ रहेका छन ।
-
श्रावण १९ :- पुष्पकमल दाहाल 'प्रचण्ड' नेपालको ३९ औं प्रधानमन्त्रीको रुपमा निर्वाचित भएका । ५ सय ९५ सदस्यीय संसद्मा दाहालको विपक्षमा २ सय १० मत परेको छ। मतदानका बेला ५ सय ७३ सांसद उपस्थित थिए। दाहालको पक्षमा कांग्रेस, माओवादी, मधेसी मोर्चा, राप्रपा, नेकपा (संयुक्त) र केही साना दलहरूले मतदान गरे।
-
श्रावण २४ :- नुवाकोटको मदानपुर–९ पाखुरे गाउँको बेतिनीको भीरमा फिस्टेल एयरको हेलिकप्टर दुर्घटना हुँदा पाइलटसहित ७ जनाको कहिले मृत्यु भएको ।
-
श्रावण २४ :- चन्द्रागिरि हिलस् प्रालिले थानकोटमा निर्माण गरेको केवलकार को सन्चालन गरिएको । उक्त संस्थाले थानकोट देखी चन्द्रागिरी सम्म केवलकार सन्चालन गरेको छ । यो मुलुककै दोस्रो केवलकार हो ।
-
श्रावण २६ :- नेपाल राष्ट्र बैंकले ब्याजदर करिडोर कार्यान्वयनमा ल्याएको ।ब्याजदर करिडोर केन्द्रीय बैंकले वित्तीय संस्थाहरूलाई कर्जा दिँदा र तरलता व्यवस्थापन गर्दा लिने/दिने ब्याजदर हो । यसमा ब्याजदरको माथिल्लो र तल्लो गरी दुईवटा सीमा तोकिन्छ । ती सीमालाई ‘अपर बाउन्ड’ र ‘लोअर बाउन्ड’ भनिन्छ ।
महत्वपूर्ण अन्तरराष्ट्रिय समसामयिक गतिविधीहरु !
यो सामाग्री विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय समाचार माध्यमको सहयोगमा बिष्णु प्रसाद गौतम द्वारा प्रस्तुत गरिएको हो !