Welcome, Guest

बैशाख २०७३

2073-02-01  /  4.6K 0

महत्वपूर्ण  राष्ट्रिय समसामयिक गतिविधीहरु  !

  • बैशाख २ :-  सरकारले ‘हामी सबैको इच्छा, सर्वसुलभ विद्यालय शिक्षा’ भन्ने नारा दिएर सैक्षिक सत्र २०७३ को विद्यार्थी  भर्ना अभियान सुरु गरेको । तथापी अघिल्ला बर्षहरुमा प्राथमिक तह (कक्षा १ देखि ५ सम्म) मा ९६ दशमलव ६ प्रतिशत बालबालिका मात्रै विद्यालय भर्ना भएका छन् । आधारभूत तहमा ८७ दशमलव ६ प्रतिशत रहेको छ ।
  • बैशाख २ :- सुशिला कार्किले कायममुकायम प्रधानन्यायाधिशको रुपमा आफ्नो कार्यभार सम्हालेकी । नेपालको न्यायिक ईतिहासमा महिला प्रधानन्यायाधिश हुने कार्की पहिलो महिला हुन ।
  • बैशाख २ :- झापाको धाइजनमा ‘तस्रो राष्ट्रिय लिग पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको । नेपाल भलिबल संघ र स्थानीय बिहानी बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा हुने प्रतियोगिताको लिग च्याम्पियनले ३ लाख १५ हजार, उपविजेताले १ लाख ७५ हजार र तेस्रो हुने टिमले १ लाख १० हजार रुपैयाँ पाउनेछन् ।
  • बैशाख ३ :- सरकारले बाघ संरक्षणका लागि ५ वर्षे कार्ययोजना  सार्वजनिक गरेको । सन् २०२२ सम्म बाघ दोब्बर गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता पूरा गर्न सहयोग पुग्ने उद्देश्यले बाघ संरक्षण कार्ययोजना (२०१६–२०२०) तयार गरिएको हो ।
  • बैशाख ५ :- बेपत्ता छानबिन आयोगले पीडितहरूबाट सार्वजनिक रूपमा उजुरी लिने कार्य सुरु गरेको । स्मरण रहोस सरकारले गठन गरेको उक्त आयोगका अध्यक्ष लोकेन्द्र मल्लिक रहेका छन ।
  • बैशाख ६ :- नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा लगातार दोस्रो विजय हात पारेको । नामिबियासँग  दुवै खेलमा जित निकालेपछि नेपाल ८ राष्ट्र समावेश च्याम्पियनसिपको अंक तालिकामा पाँचौं स्थानमा उक्लेको छ । यसअघि स्कटल्यान्ड र पपुवा न्युगिनीसँगका चारै खेलमा पराजित भएको नेपालले अब ४ मुलुकसँग खेल्ने छ । अगस्टमा नेदरल्यान्ड्स र नोभेम्बरमा हङकङविरुद्ध उनीहरूकै देशमा खेल्नुपर्ने छ । २०१७ मा केन्यासँग हुने खेल नेपालमै हुनेछ । यस्तै यूएईसँगको खेल तटस्थ भूमिमा हुनेछ ।
  • बैशाख ६ :- सरकारले लामो समयदेखि नेपाली फिल्म क्षेत्रमा उल्लेखनीय योगदान दिएका १३ जनालाई सेलिब्रेटी कार्डअन्तर्गत विशिष्ट श्रेणीको परिचयपत्र प्रदान गरेको । विशिष्ट श्रेणीको परिचयपत्र पाउनेमा अभिनेता हरिप्रसाद रिमाल, निर्देशक यादव खरेल, अभिनेता/निर्देशक नीर शाह, अभिनेत्री भुवन चन्द, वसुन्धरा भुसाल, शुभद्रा अधिकारी, शकुन्तला शर्मा, निर्देशक चेतन कार्की, गीतकार किरण खरेल, निर्देशक लक्ष्मीनाथ शर्मा, निर्माता उद्धव पौडेल, प्राविधिक गेहेन्द्र धिमाल र छायाकार मञ्जुकुमार श्रेष्ठ रहेका छन ।
  • बैशाख ६ :-  नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबिया लाई लगातार दुई खेलमा पराजित गरेको । जित निकालेपछि नेपाल ८ राष्ट्र समावेश च्याम्पियनसिपको अंक तालिकामा पाँचौं स्थानमा उक्लेको छ ।
  • बैशाख ९ :- महिला तथा बालबालिकाको पोषण स्थितिमा सुधार ल्याउन ‘सुनौला हजार दिन जनजागरण अभियान’मा सरकारले राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्कालाई सद्भावना दूत बनाएको ।
  • बैशाख १२ :- २०७२ साल बैशाख १२ गते गएको भुकम्पको एक बर्ष पुरा भएको । सरकारको  तथ्यांकअनुसार भूकम्पबाट मुलुकभर ८ हजार ८ सय ५६ जनाको मृत्यु भएको थियो । सिन्धुपाल्चोकमा मात्रै ३ हजार ५ सय ७५ जनाको मृत्यु भएको थियो ।
  • बैशाख १२ :- ओस्कारसम्म पुग्न सफल चलचित्र ‘क्याराभान’ का नायक थिन्ले लुन्डुप लामाको  निधन भएको । डोल्पाको साल्दाङस्थित घर फर्किरहेका बेला फोक्सुन्डो गाविसको छेप्कामा घोडासँगै भीरबाट लडेर ७२ वर्षीय थिन्लेको मृत्यु भएको हो ।
  • बैशाख १३ :-  नेपाल क्रिकेट संघ (क्यान) अन्तर्राष्ट्रिय क्रिकेटबाट निलम्बित भएको ।  विश्व क्रिकेटको सर्वोच्च संस्था आईसीसीले  यूएईको दुबईबाट सरकारी हस्तक्षेप र नेपाली क्रिकेट नेतृत्वविहीन रहेका कारण क्यानको सदस्यता निलम्बन गरेको जनाएको हो ।
  • बैशाख १४ :- सरकारले सशस्त्र प्रहरी बलको महानिरीक्षकमा दुर्जकुमार राईलाई बढुवा गरेको । मन्त्रिपरिषद् बैठकले कायममुकायम महानिरीक्षक राईलाई बढुवा गरेको हो ।
  • बैशाख १९ :- अन्तराष्ट्रिय श्रमिक दिवस । यो बर्षको अन्तराष्ट्रिय नारा “Celebrating the international labour movement” राखिएको ।
  • बैशाख १९ :- नेपाली धावक भीम गुरुङले चीनको सिचुआनमा भएको ‘येदिङ स्काइरन’ को स्वर्णपदक जितेका । स्काइरनर वल्र्ड सिरिजको रेस जित्ने पहिलो नेपाली पुरुष भएका उनी समग्रमा भने दोस्रा हुन् । गत वर्ष मीरा राईले अल्ट्रातर्फ वल्र्ड सिरिजको मोन्ट–ब्लान्क (फ्रान्स) ८० किमिमा महिलातर्फको उपाधि जितेकी थिइन् ।
  • बैशाख २० :- नेपाली भाषाको श्रीवृद्धिमा विशिष्ट योगदान पुर्‍याउने व्यक्तिहरूलाई वर्षेनी ‘महानन्द साहित्य साधक सम्मान’ यो वर्ष वरिष्ठ पत्रकार किशोर नेपाललाई प्रदान गर्ने निर्णय   । नेपाली भाषाको श्रीवृद्धिमा विशिष्ट योगदान दिने व्यक्तिहरूको कदर गर्न महानन्द साहित्य गुठीद्वारा टेक्ससो ड्यालसस्थित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमार्फत् वर्षेनी यो पुरस्कार प्रदान गरिन्छ । कदरपत्रसहित पचास हजार रुपैयाँको उक्त सम्मान मे १६ का दिन काठमाडौामा हस्तान्तरण हुनेछ ।
  • बैशाख २१ :- केन्द्रिय तथ्यांक विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार चालु वर्षको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर  शून्य दशमलव ७७ प्रतिशत हुने अनुमान सर्वजनिक । उत्पादनमूलक क्षेत्रमा  ९ दशमलव ८६ प्रतिशतले वृद्धिदर ऋणात्मक हुने प्रक्षेपण विभागको छ ,  सबैभन्दा बढी वृद्धिदर मत्स्य तथा शिक्षा र स्वास्थ्यमा हुने प्रक्षेपण विभागको छ । यी दुई क्षेत्रको वृद्धिदर क्रमश: ११ दशमलव ७६ र ८ दशमलव ८५ प्रतिशतले हुने भएको छ ।  जीडीपीमा ३१ दशमलव १९ प्रतिशत हिस्सा ओगटेको कृषि तथा वन क्षेत्रको वृद्धिदर १ दशमलव १४ प्रतिशत हुने विभागको प्रक्षेपण छ । गत वर्ष एक नेपालीको वार्षिक आम्दानी ७ सय ६२ डलर थियो । यो वर्ष ७ सय ५२ हुने अनुमान गरिएको छ ।
  • बैशाख २४ :- राष्ट्रिय सुरक्षा परिषद्को  बैठकले ‘राष्ट्रिय सुरक्षा नीति’ पारित गरी मन्त्रिपरिषद्समक्ष सिफारिस गरेको । सरकारले बहुदलीय प्रजातन्त्र पुन:स्थापना भएको झन्डै २५ वर्षपछि बल्ल ‘राष्ट्रिय सुरक्षा नीति’ ल्याएको हो ।
  • बैशाख २४ :- सरकारले भारतका लागी नेपाली राजदूत दिपकुमार उपाध्यायलाई फिर्ताबोलाउने निर्णय गरेको ।
  • बैशाख २६ :- राष्ट्रपति विद्यादेवी भण्डारीले  संसद्लाई सम्बोधन गरी सरकारको नीति तथा कार्यक्रमलाई प्रस्तुत गरेकी   ।
  • बैशाख २८ :- संयुक्त अरब इमिरेट्स (यूएई) ले काठमाडौंमा दूतावास खोलेको । दूतावासको उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा र यूएईका विदेशमन्त्री अब्दुल्लाह विन जाएद अल नहयनले संयुक्त उद्घाटन गरेका हुन् ।
  • बैशाख २९ :- नेपाल दक्षिण एसियाली खेलकुद पत्रकार संघले ईश्वरमान सिंह खेलकुद पत्रकारिता पुरस्कार–२०७२ बाट अजय फुयाल र रामसुदन तिमल्सिनालाई नगदसहति सम्मान गरेको  । संघका संस्थापक अध्यक्ष सिंहको स्मृतिमा स्थापित उक्त पुरस्कारको राशि जनही २५ हजार रुपैया छ ।
  • बैशाख २९ :- चीनको उत्तर–पश्चिममा पर्ने कान सु प्रान्तको सदरमुकाम लान चौ र काठमाडौंबीच भगिनी सम्बन्ध स्थापना भएसँगै बुधबार लान चौबाट काठमाडौं लक्षित मालवाहक रेल गुडेको  । लान चौका मेयर युआन चान तिङ र काठमाडौं महानगरपालिकाका कार्यकारी प्रमुख रुद्रसिंह तामाङले दुई महानगरबीच भगिनी सम्बन्ध स्थापना–पत्रमा हस्ताक्षर गरेपछि उक्त रेल लान चौबाट गुडेको हो ।
  • बैशाख ३० :- मन्त्रिपरिषद्को  बैठकले सुरक्षा परिषद्द्वारा पारित 'राष्ट्रिय सुरक्षा नीति' अनुमोदन गरेको । सरकारले पञ्चायत कालमा २०४२ मा राष्ट्रिय मूल नीति ल्याएको थियो, त्यो नै मुलुकको पहिलो राष्ट्रिय सुरक्षा नीतिको लिखित दस्ताबेज थियो ।
  • बैशाख ३० :- सरकारले मृगौला रोगीलाई डायलासिस सेवा नि:शुल्क गर्ने घोषणा गरेको छ ।
  • बैशाख ३१ :- व्यवस्थापिका संसद्ले आगामी वर्षका लागि सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको ।
महत्वपूर्ण अन्तरराष्ट्रिय समसामयिक गतिविधीहरु !
  • 11 April 2016 :- ठुला ७ शक्ती राष्ट्रका विदेश मन्त्रिहरुको २ दिने सम्मेलन जापानको हिरोसिमामा सम्पन्न भएको । उक्त बैठकले परमाणु शक्तिलाई पारदर्शी बनाउने निर्ण्यय गरेको थियो । G7 पनि भनिने यि देश अन्तर्गत जापान, संयुक्त राज्य अमेरिका, यूनाइटेड किंग्डम, फ्रांस, जर्मनी, इटली र  कयानडा सदस्य रहेका छन । ]
  • 20 April 2016 :- विश्व स्वास्थ्य संगठनले युरोप क्षेत्रलाई मलेरिया मुक्त हुने विश्वकै पहिलो क्षेत्र रहेको घोषणा गरेको ।
  • 6 May  2016 :-  एंडा केनी आयरल्याण्डका प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालको लागी निर्वाचित भएका ।

प्रस्तुती
बिष्णु प्रसाद गौतम


You need to login to comment.

Facebook Comments