Welcome, Guest

फागुन २०७२

2072-12-01  /  2.7K 0

महत्वपूर्ण  राष्ट्रिय समसामयिक गतिविधीहरु  !

  • फागुन २ :-  पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण नीति पास गर्दै अनुदानको सम्भावित दुरुपयोग रोक्न बैंकिङ प्रणालीबाट मात्रै रकम दिने निर्णय गरेको ।
  • फागुन २ :- सरकारले श्रमिकको न्यूनतम पारिश्रमिक १ हजार ७ सय रुपैयाँले बृद्धि गर्दै ९ हजार ७ सय पुर्‍याएको ।  यसअघि श्रमिकको न्यूनतम परिश्रमिक ८ हजार रुपैयाँ मात्रै थियो । अब  मासिक न्यूनतम पारिश्रमिक ६ हजार २ सय ५ र महँगी भत्ता ३ हजार ४ सय ९५ रुपैयाँ तोकिएको छ । साथै दैनिक ज्यालामा काम गर्ने काम गर्ने कामदार वा कर्मचारीको दैनिक ज्याला ३ सय ९५ रुपैयाँ कायम गरिएको छ ।
  • फागुन ३ :- १२ औं साग अन्तर्गत फुटबलमा नेपालले भारतलाई २-१ ले हराउदै स्वर्ण जित्न सफल भएको । दक्षिण एसियाली महासंघीय खेलकुद (साफ गेम्स) का रूपमा सन् १९८४ मा काठमाडौंबाट सुरु भएको क्षेत्रीय प्रतियोगितामा नेपालले पहिलो (१९८४) र छैटौं (१९९३) मा स्वर्ण जितेको थियो ।
  • फागुन ४ :- १२ औं साग भारतमा सम्पन्न । १२ औं सागमा नेपालले कुल  ३ स्वर्ण, २३ रजत र ३४ कांस्य पदक जितेको छ ।  फुटबलमा नेपाली राष्ट्रिय टिम , उसुमा निमा घर्तीमगर र जुडोमा फुपू ल्हामु खत्रीले नेपालअको लागि स्वर्ण जितेका हुन । सन् २०१८ मा दक्षिण एसियाली खेलकुदको १३ औं संस्करण आयोजना नेपालमा हुनेछ !
  • फागुन ४ :- राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निर्माणका लागि ‘धरहरा पुनर्निर्माण कोष’सुरु गरेको । सरकारले भूकम्पबाट भत्किएको ऐतिहासिक धरहरा आमनागरिकको सहयोगबाट पुनर्निर्माण गर्ने भन्दै ‘मेरो धरहरा म बनाउँछु’ भन्ने नाराका साथ कोषको सुरु गरेको ।
  • फागुन ५ :- विद्युत् प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइन हुँदै पहिलोपल्ट विद्युत् आयात गरेको । प्राधिकरण र भारतीय कम्पनी एनभीभीएनबीच २०७२ फागुन ३ गते  भएको सम्झौताअनुसार भारतबाट नेपाल–भारतबीचको पहिलो अन्तरदेशीय प्रसारण लाइनबाट बिजुली आयात गर्न थालिएको हो । तथापी यसको औपचारिक सुरुवात भारतीय प्रधानमन्त्रि नरेन्द्र मोदी र नेपाली प्रधानमन्त्रि केपी शर्मा वलीले संयुक्त रुपमा २०७२ फागुन ८ गते गरेका थिए ।
  • फागुन ७ :- प्रजातन्त्र दिवस !
  • फागुन ७ :-  कान्तिपुर पब्लिकेसन्सको २३ औं वार्षिकोत्सवको उपलक्ष्यमा राष्ट्रिय क्रिकेट टिमलाई नगद २० लाख रुपैयाँसहित 'कान्तिपुर आइकन' प्रदान गरिएको ।
  • फागुन ७ :- हेटौंडामा आयोजित सुमन भोम्जन स्मृति अन्तर्राष्ट्रिय गोल्डकपको उपाधि मनाङ मस्र्याङ्दीले जितेको । उसले फाइनलमा आर्मिलाई ४-१ ले पराजित गरेको थियो ।
  • फागुन १२ :- पोखराबाट जोमसोमतर्फ उडेको तारा एयरको नाइन–एनएएचएच ट्विनअटर जहाज म्याग्दीको दाना गाविस २ सोलीघोप्टे भीरमा खसी  दुर्घटना हुँदा चालकदलका ३ सदस्यसहित २३ को मृत्यु भएको । मृत्यु हुनेमा २ बालबालिका र २ विदेशी नागरिक रहेका ।
  • फागुन १३ :- नेपाली तयारी पोसाकलाई भन्साररहित पहुँच दिनेसम्बन्धी विधेयकमा अमेरिकी राष्ट्रपति बाराक ओबामाले हस्ताक्षर गरेका । उक्त ऐन 2016 March 26 देखी कार्यन्वनमा आउनेछ ।
  • फागुन १४ :- नेपालगन्जबाट जुम्लाका लागि उडेको एयर काष्ठमण्डपको ‘९ एन– एजेबी’ जहाज कालीकोटको चिलखायामा दुर्घटना हुँदा चालकदलका दिनेश न्यौपाने र सन्तोष रानाको मृत्‍यु भएको ।
  • फागुन १४ :- सरकारले एउटा मात्रै इन्जिन भएका जहाजलाई उडाउन अस्थाइ रुपमा प्रतिबन्ध लगाएको ।
  • फागुन १४ :- प्रधानसेनापति प्रथम राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक आर्मी क्लबको ‘ए’ टिमले हात परेको आर्मीले पुलिसलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
  • फागुन १५ :- नेपाल पुलिस क्लबले बिराटनगरमा आयोजित चौथो विराट गोल्डकप फुटबल प्रतियोगिताको उपाधि हात पारेको । उसले  डिफेन्डिङ च्याम्पियन रमपम झापा–११ को चुनौती १–० ले पन्छाउँदै यो वर्षको पहिलो उपाधि चुमेको हो ।
  • फागुन १६ :- राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपालको संविधानको पहिलो संशोधन विधेयक, २०७२’ प्रमाणीकरण गर्नुभएको । राष्ट्रपतिले प्रमाणीकरण गरेपछि संशोधन विधेयक संविधानको अंग बनेको छ ।
  • फागुन १७ :- फागुन १४ गते  एयर काष्ठमण्डपको विमान दुर्घटनामा निधन भएका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानालाई सरकारले मरणोपरान्त ‘वीर पदक’ प्रदान गर्ने निर्णय गरेको । आफ्नो ज्यान गुमाएर पनि यात्रुहरूलाई सुरक्षित अवतरण गराएका न्यौपाने र रानालाई राष्ट्रिय सम्मान स्वरूप यो पदक दिने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको हो ।
  • फागुन १७ :- सरकारले  वैशाख २४ गतेलाई ‘पत्रकारिता दिवस’ को रुपमा मनाउने निर्णय गरेको  ।
  • फागुन १८ :-  मन्त्रिपरिषद्को बैठकले सूचना तथा सञ्चार मन्त्रालयका एकनारायण अर्याललाई कोलकाताका लागि, पर्यटन मन्त्रालयका गोविन्द कार्कीलाई ल्हासाका लागि र सामान्य प्रशासन मन्त्रालयका कमल भट्टराईलाई हङकङका लागि महावाणिज्य दूत नियुक्त गरेको ।
  • फागुन  १८ :- सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि जग्गा प्राप्ति र पुनर्निर्माणसम्बन्धी विभिन्न निर्देशिका र कार्यविधि स्वीकृत गरेको ।
  • फागुन १८ :- मन्त्रिपरिषद्ले राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेललाई नियुक्त गरेको  । राष्ट्रिय युवा नीति कार्यान्वयनका लागि परिषद् गठन भएको हो ।
  • फागुन १९ :- सरकारले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठलाई नियुक्त गरेको ।
  • फाल्गुन २० :-  विश्व फुटबलको सर्वोच्च संस्थाले फेब्रुअरी महिनाकोलागी प्रकाशित गरेको पछिल्लो वरीयतामा नेपाल १ सय ८५ औं स्थानमा  । जनवरीमा नेपाल १ सय ९६ औं स्थानमा पुगेको थियो ।
  • फागुन २४ :- शेरबहादुर देउवा कांग्रेसको सभापति निर्वाचित भएका। दोस्रो चरणको निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५२६ मतले हराउँदै देउवा सभापति चुनिएका हुन्। देउवाले १८२२ मत प्राप्त गरे भने पौडेलले १२९६ ल्याए। कुल ३१४० मत खसेकोमा २२ मत बदर भएको थियो ।
  • फागुन २५ :- मार्च ८ , अन्तराष्ट्रिय नारी दिवस ।
  • फागुन २६ :- अपांगता भएकाहरूका लागि अवरोधमुक्त वातावरण र संरचनामा जोड दिन मुलुकमै पहिलोपटक आयोजित महाअभियान ‘एसिया ट्राई’  पोखरामा सुरु भएको  ।
  • फागुन २७ (10 मार्च २०१६ ) :-  एसियाली कोअपरेसन डाइलग (एसीडी) को नेपाल ३४ औं सदस्य बनेको । थाइल्यान्डको बैंककमा भएको दुई दिने मन्त्रीस्तरीय १४औं बैठकले नेपालको सदस्यता स्वीकार गरेको हो ।
  • फागुन ३० :- मुलुकको ठूलो दातृ निकाय विश्व बैंकले चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर १.७ प्रतिशत हुने प्रक्षेपण गरेको । जुन सरकारको प्रक्षेपणभन्दा ० दशमलव ३ प्रतिशत विन्दुले कम हो ।
  • फागुन ३० :- सर्वोच्च अदालतले नोटहरूमा केरमेट गर्न र स्ट्याप्लर लगाउन नपाउने गरी स्वच्छ नोट नीतिलाई कार्यान्वयन गर्न नेपाल राष्ट्र बैंकका नाममा अन्तरिम आदेश जारी गरेको ।

महत्वपूर्ण अन्तरराष्ट्रिय समसामयिक गतिविधीहरु !

  • २०१६ मार्च ८ :- अन्तरराष्ट्रिय नारी दिवस
  • २०१६ मार्च ८ :- विश्व बैंकले नेपालका लागि नयाँ ‘कन्ट्री डाईरेक्टर’ मा क्विमिआवो फ्यानलाई नियुक्त गरेको ।
  • २०१६ मार्च १० :-  एसियाली कोअपरेसन डाइलग (एसीडी) को नेपाल ३४ औं सदस्य बनेको । थाइल्यान्डको बैंककमा भएको दुई दिने मन्त्रीस्तरीय १४औं बैठकले नेपालको सदस्यता स्वीकार गरेको हो ।

प्रस्तुती
बिष्णु प्रसाद गौतम


You need to login to comment.

Facebook Comments