Welcome, Guest

माघ २०७२

2072-11-01  /  2.9K 0

महत्वपूर्ण  राष्ट्रिय समसामयिक गतिविधीहरु  !

  • माघ २ :-   राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीले पुन:निर्माण ‘महाअभियान’को औपचारिक सुरुवात गरेका । राष्ट्रपति भण्डारीले भूकम्पले क्षति पुगेको रानीपोखरी बाट  पुन:निर्माण उद्घाटन गर्नुभएको थियो भने  प्रधानमन्त्री ओलीले ललितपुर बुङमतीस्थित भूकम्पले क्षतिग्रस्त पुरातात्त्विक सम्पदा पुन:निर्माण कार्ययोजना सार्वजनिक गर्नुभएको थियो ।
  • माघ २ :- १८ औं 'राष्ट्रिय भुकम्प सुरक्षा दिवस' । दिवसको नारा  “भुकम्प प्रतिरोधी घर संरचना, सुरक्षित नेपाल हाम्रो चाहना”  तय गरिएको ।  नेपालमा विक्रम सम्बत् १९९० साल माघ २ गते ८ दशमलव ३ रेक्टर स्केलको भुकम्प जाँदा आठ हजार पाँच सय १९ जनाको ज्यान गएको थियो । भुकम्पीय जोखिमका हिसाबले नेपाल विश्वमा ११ औं स्थानमा रहेको छ । नेपालले २०५५ सालदेखि हरेक वर्ष माघ २ गते भुकम्प सुरक्षा दिवस मनाउँदै आएको छ ।
  • माघ २ :- नेपाल  युनेस्कोको एसिया प्रशान्त क्षेत्रीय अध्यक्षमा चयन भएको ।  फ्रान्सका लागि नेपाली राजदूत तथा युनेस्कोका लागि स्थायी प्रतिनिधि अम्बिकादेवी लुइँटेलले सन् २०१६ का लागि अध्यक्षता लिएकी हुन् । नेपाल सन् २०१७ सम्म उक्त बोर्डमा सदस्य रहनेछ ।
  • माघ ३ :- सरकारले  विदेशमा कार्यरत नेपालीले मुलुकको जलविद्युत् क्षेत्रमा प्रत्यक्ष लगानी गर्न पाउने गरी  रेमिट हाइड्रो सञ्चालन गर्ने तयारी गरेको ।  रेमिट हाइड्रो कम्पनीले ७१.२ मेगावाटको घुम्सा खोला र ५३.७ मेगावाटको सिंबुआ खोला जलविद्युत् आयोजना निर्माण गरिने ।
  • माघ ४ :- गैरआवासीय नेपाली संघले विदेशमा रहेका नेपालीको लगानीमा उनीहरूको सुरक्षा र राष्ट्रको उन्नति हुने गरी ‘हजारे अभियान’ अघि सारेको छ । । रोजगार र अन्य सिलसिलामा विदेशमा रहेका ४० लाखभन्दा बढी नेपालीबाट प्रतिमहिना कम्तीमा हजार रुपैयाँ उठाएर राष्ट्रिय गौरवका परियोजनामा लगानी गर्न संघले सरकारलाई प्रस्ताव पेस गरेको ।
  • माघ ८ :- नेपाली राष्ट्रिय फुटबल टिमले बंगलादेशको  ढाकामा बंगबन्धु गोल्डकप उपाधि जितेको । फाइनलमा बहराइनको युवा टिमलाई ३–० ले पन्छाउँदै नेपाल २३ वर्षपछि च्याम्पियन बनेको हो ।
  • माघ ८ :- सरकारले चिकित्सा शिक्षा र सेवाको समग्र सुधारका लागि एकीकृत नीति र कानुनको मस्यौदा निर्माण गर्न चिकित्सा शिक्षा आयोग गठन गरेको ! ११ सदस्यीय आयोगका कार्यकारी उपाध्यक्षमा डा. भगवान कोइराला छन् भने सदस्यमा शिक्षा र स्वास्थ्य मन्त्रालयका सचिव वा सहसचिव मध्ये एक–एकजना, स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूमध्येबाट पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका डिन डा. सिर्जना श्रेष्ठ, मेडिकल काउन्सिल र नर्सिङ काउन्सिलका अध्यक्ष, डा. जगदीश अग्रवाल, डा. अर्जुन कार्की, डा. श्रीकृष्ण गिरी र निजी मेडिकल कलेजका तर्फबाट डा. सुरेश कनौडिया छन् ।
  • माघ ९ :- २०७२ आस्विन ३ गते जारी नेपालको संविधानको पहिलो संसोधन भएको । उक्त संसोधनले  धारा ४२ को उपधारा १ , धारा ८४ को उपढारा १ को खण्ड (क) र धारा २८६ को उपधारा १ को (५) लाई देहायबमोजिम संसोधन गरेको छ ।
  • माघ १० :- पशुपति क्षेत्र विकास कोषले विद्युतीय शवदाह गृह सञ्चालनमा ल्याएको ।
  • माघ १० :- पुर्व प्रधानमन्त्रि बाबुरामा भट्टराई द्वारा नयाँ राजनैतिक समुहको रुपमा 'नया शक्ती नेपाल' को औपचारिक घोषणा गरेका ।
  • माघ १२ :-  भन्सार प्रणाली सहज बनाउन भन्सार विभागले  अनलाइन प्रणालि वर्ल्ड आसिकुडा कार्यान्वनमा ल्याएको ! हाल सम्म विश्वका ९० देशले प्रयोग गर्दै आएको आसिकुडा वर्ल्ड नामक आधुनिक भन्सार प्रणालि नेपालले मेची भन्सार कार्यालयबाट औपचारिक सुरुवात गरिएको हो ।
  • माघ १३ :- भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय संस्था ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको २०१५ को भ्रष्टाचार अवधारणात्मक सूचकांक (करप्सन पर्सेप्सन इन्डेक्स–सीपीआई) मा नेपाल १६८ देश मध्य २७ अंकका साथ १३० औं स्थानमा रहेको  ।
  •  माघ १३ :- सरकारले नेपाल–भारतबीचको सम्बन्ध पुनरावलोकनका लागि विज्ञहरू सम्मिलित ‘प्रबुद्ध समूह’ गठन गरेको । समूहमा भारतका लागि नेपालका पूर्वराजदूत डा. भेषबहादुर थापा, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त सूर्यनाथ उपाध्याय, पूर्वकानुनमन्त्री नीलाम्बर आचार्य र सांसद तथा परराष्ट्र मामिला जानकार डा. राजन भट्टराई छन् ।
  • माघ १६ :- आर्मिलाई १-० ले पछी पार्दै मनाङ्ग मर्स्यांदीले पोखरामा  सम्पन्न १४ औं आहा–रारा कपको उपाधि जितेको ।
  • माघ १९ :- पोखराका फेवाताल, बेगनासताल, रुपाताल, दिपांगताल, मैदिताल, खास्टेताल, न्युरेनिताल, गुदेताल र कमलताल गरी कास्कीका ९ ताललाई रामसार सृचिमा  औपचारिक रुपमा सुचिकृत गरिएको !
  • माघ २२ :- भारतको सिलोङ र गुहावाटीमा सञ्चालन हुने १२ औं साग को भारतीय प्रधानमन्त्री द्वारा उद्घाटन । यो प्रतियोगिता २०१६ फेब्रुअरी ५ देखी १६ सम्म सञ्चालन हुने । यो प्रतियोगिताको नारा    "Play for Peace, Progress and Prosperity" राखिएको छ ।
  • माघ २५ :-  संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले सीमानाका धर्ना र आमहडताल फिर्ता लिएको औपचारिक घोषणा गरेको  । योसँगै साउन ३१ देखि जारी मधेसको आमहडताल र असोज ४ देखि जारी नाकाबन्दी औपचारिक रूपमा सकिएको छ ।
  • माघ २६ :- पुर्व प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति सुशिल कोइरालाको निधन भएको ।
  • माघ २९ :-  प्रभु वैंक र ग्राण्ड वैंक बिच मर्जर सम्बन्धी सम्झौता भएको । अब यस संगै नेपालमा बाणिज्य बैंकको संख्या २९ पुगेको ।
अन्तराष्ट्रिय समसामयिक गतिविधी
  • १९ जनवरी २०१६ :- लन्डनबाट प्रकाशित हुने आर्थिक दैनिक फाइनान्सियल टाइम्सको सहप्रकाशन दि बैंकरले पूर्वअर्थमन्त्री डा. रामशरण महतलाई  उत्कृष्ट अर्थमन्त्रीको अवार्ड प्रदान गरेको !
  • जनवरी २६ :- 'अन्तरास्ट्रिय भन्सार दिवस'
  • १ फेब्रुअरी २०१६ :- विश्व स्वास्थ्य सगठनले कहिले जीका भाइरसको संक्रमणलाइ महामारी घोषणा गरेको ! सर्वप्रथम सन १९४७ मा युगाण्डाको रेसस जातको बाँदरमा देखिएको
     'जीका' भाइरस सर्वप्रथम मानिसमा सन् 1952 देखिएको थियो !
  • फेब्रुअरी २ :- विश्व सिमसार दिवस , दिवसको नारा Wetlands for our Future: Sustainable Livelihoods रहेको !
  • २ फेब्रुअरी २०१६ :- फेवाताल, बेगनासताल, रुपाताल, दिपांगताल, मैदिताल, खास्टेताल, न्युरेनिताल, गुदेताल र कमलताल गरी कास्कीका ९ ताललाई रामसार सृचिमा  औपचारिक रुपमा सुचिकृत गरिएको !
  • ५ फेब्रुअरी २०१६ :- भारतको गुवाहाटी र सिलोंग मा आयोजित १२ औं साग  सुरु भएको !
  • ११ फेब्रुअरी २०१६ :- ब्रह्माण्डका वस्तु वा पिण्डहरू एकआपसमा नजिक परे वा ठक्कर खाए भने गुरुत्वाकर्षण तरंगहरू पैदा हुन्छन् भन्ने अल्बर्ट आइन्स्टाइनको भविश्यवाणिलाइ बैज्ञानिकहरुले  प्रमाणित गरेको घोषणा गरेका  !

संकलन / प्रस्तुती 

बिष्णु प्रसाद गौतम

 


You need to login to comment.

Facebook Comments