Welcome, Guest

पुष २०७२

2072-10-01  /  2.3K 0

राष्ट्रिय समसामयिक गतिविधी

  • १ पुष :-  महाभूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माण गर्न प्राधिकरण गठनसम्बन्धी विधेयकलाई  व्यवस्थापिका संसद्ले सर्वसम्मतिबाट पारित गरेको ।
  • १ पुष :-  मेगा बैंकले  संसारभर प्रयोग गर्न सकिने 'मेगा भिसा क्रेडिट कार्ड' प्रयोगमा ल्याएको ।
  • पुष ३ :- सरकारले सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्दै कायममुकायम महानिरीक्षकको जिम्मेवारी दुर्जकुमार राईलाई दिएको ।
  •  ४ पुष :- ‘भूकम्पबाट पूर्ण रूपमा क्षति भएका आवास पुनर्निर्माण अनुदान वितरण कार्यविधि–२०७२’ मन्त्रिपरिषदले  कार्यान्वनमा ल्याएको ।
  •  ४ पुष :- पूर्वाञ्चल दलित गैरसरकारी महासंघ इटहरीका अध्यक्ष डीबी शाह शंकर, नेपाल उत्पीडित दलित जातीय मुक्ति समाज सुनसरीका सचिव विनोद विश्वकर्मा, कोषाध्यक्ष मणि घतानी र दलित जनकल्याण सिरहाका कार्यक्रम निर्देशक विनोद बिसुन्खे डा. अम्बेडकर अन्तर्राष्ट्रिय पुरस्कार २०१५ बाट सम्मानित भएका ।
  • पुष ५ :- सन् २०१५ को विश्व सुन्दरी प्रतियोगितामा स्पेनकी सुन्दरी मिरेआ लालागुना रोयो , विश्व सुन्दरीको ताज पहिरन सफल भएकी । चीनको सान्यामा आयोजित प्रतियोगितामा रसियाकी सोफिया निकिचुकले रनरअपमा चित्त बुझाइन् भने इन्डोनेसियाली सुन्दरी मारिया हार्फान्टी तेस्रो बनिन् ।
  • पुष ५ :- नेपाललाई हराउदै बङलादेशले  एएफसी यू–१४ गल्र्स रिजनल च्याम्पियनसिपको उपाधि जितेको ।
  • पुष ८ :- उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा पाँचदिने औपचारिक भ्रमणका लागि ।
  • पुष ८ :- ‘एरेस्टिङ गड इन काठमाण्डू’, ‘द रोयल घोस्ट’, ‘गुरु अफ लभ’ जस्ता अंग्रेजी आख्यान कृतिका लेखक सम्राट उपाध्यायले  अमेरिकाको ‘नेसनल इन्डामेन्ट फर दी आर्टस्’ (एनईए) अवार्ड प्राप्त गरेका ।
  • पुष ८ :- पर्यटन बोर्डका नवनियुक्त कार्यकारी प्रमुख दीपक राज जोशीले आफ्नो पदभार सम्हालेका ।
  • पुष ९ :- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विज्ञान, प्रविधी तथा बातावरण मन्त्रालय लाई फुटाएर स्वास्थ्य मन्त्रालय , जनसंख्या तथा बातावरण र विज्ञान  तथा प्रविधी मन्त्रालय बनाएको । साथै सोही बैठकले शहरी बिकास मन्त्रालयलाई फुटाएर शहरी बिकास र खानेपानी तथा सरसफाइ मन्त्रालय बनाएको ।
  •  पुष १० :-  सरकारले गठन गरेको ‘पुनर्निर्माण प्राधिकरण’को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको ।
  • पुष १० :- सरकारले कृषि बिकास मन्त्रालयलाई फुटाएर कृषिबिकास र पसु बिकास मन्त्रालय साथै बाणिज्य तथा आपुर्ती मन्त्रालयलाई फुटाएर वाणिज्य र आपुर्ती मन्त्रालय बनाएको ।
  • पुष १३ :-  मनमोहन अधिकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक सर्वसम्मतिले पारित भएको । सदनले एसियाली पूर्वाधार लगानी बैंकको विधान सम्झौतालाई पनि सर्वसम्मत अनुमोदन गरेको छ। बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान विधेयक पारित गरेको छ ।
  • पुष १७ :- मन्त्रिपरिषद्को बैठकले चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केको कार्यकाल ४  थप्ने निर्णय गरेको ।
  • पुष १७ :-  कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले संसद् सचिवालयमा विभिन्न १९३ ऐन संसोधनगर्न ‘केही नेपाल ऐन संशोधन विधेयक’ दर्ता गराएको ।
  • पुष १९ :- युवा तथा खेलकुद मन्त्रालयले सबै जिल्लामा युवा सूचना केन्द्र विस्तार गरेको  । कुल जनसंख्याको ४० दशमलव ३ प्रतिशत अर्थात एक करोड ६ लाखभन्दा बढी युवा छन् । उनीहरूलाई लक्षित कार्यक्रमबारे एकै थलोबाट जानकारी दिन केन्द्र स्थापना भएका हुन् ।
  • पुष १९ :- भारतमा आयोजित साफ च्याम्पियनसिपको फाइनलमा भारतले  अफगानिस्तानलाई २–१ ले पन्छाउँदै सातौंपल्ट साफ च्याम्पियन भएको ।  सन् १९९३ मा सार्क गोल्डकपका रूपमा सुरु भएको यो क्षेत्रीय प्रतियोगितामा भारतले यसअघि १९९३, १९९७, १९९९, २००५, २००९ र २०११ मा ट्रफी चुमेको थियो । अर्को संस्करणको साफ च्याम्पियनसिप २०१७ बंगलादेशले आयोजना हुने भएको छ ।
  • पुष २०:-  पूर्वअर्थमन्त्री रामशरण महत विश्वकै उत्कृष्ट अर्थमन्त्री घोषित भएका । बेलायती पत्रिका द बैंकरले हरेक वर्ष सार्वजनिक गर्ने सूचीमा महत विश्व र एसिया–प्रशान्त दुवैतर्फबाट उत्कृष्ट घोषणा गरिएका हुन् ।
  • पुष २१ :- बेलायती प्रकाशन गृह ‘रफ गाइड’ ले नेपाललाई २०१६ का लागि पहिलो पर्यटकीय गन्तव्यमा राखेको ।
  •  पुष २१ :- सरकारले आपूर्ति व्यवस्थामा अवरोध र भूकम्पलगायतका कारण प्रभावित व्यवसायीहरूलाई ऋण सहयोग गर्न एक खर्ब बराबरको ‘आर्थिक पुनरुद्धार कोष’ खडा गरेको ।
  • पुष २२ :- गृह मन्त्रालयद्वारा  ‘परिवर्तित समयका लागि गृह मन्त्रालयको सोच’ विषयक २९ बुँदे दुई वर्षे रणनीति  सार्वजनिक ।
  • पुष २३ :- संविधान जारी भएपछि उब्जिएको राजनीतिक अवस्थाबारे जानकारी लिन राष्ट्रसंघका राजनीतिक मामिला प्रमुख जेफ्रे फेल्टम्यान तीनदिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका  ।
  • २४ पुष :- पुनर्निर्माण प्राधिकरणको कार्यकारी समितिको बैठक पहिलोपल्ट बसेको ।
  • पुष २४ :- बालबालिकासम्बन्धी राष्ट्रसंघीय नियोग युनिसेफको कार्यकारी बोर्डमा नेपाल निर्विरोध निर्वाचित भएको । सन् २०१८ सम्मको दुईवर्षे सत्रका लागि एसिया प्यासिफिक क्षेत्रको नेतृत्व गर्दै नेपाली नियोग प्रमुख दुर्गाप्रसाद भट्टराई बोर्डको उपाध्यक्षमा निर्वाचित भएका हुन् ।
  • पुष २६ :- दक्षिण एसियाली खेलकुदका कीर्तिमानी म्याराथन धावक वैकुण्ठ मानन्धर आइतबार पृथ्वी पुरस्कार २०७२ बाट सम्मानित भएका ।
विभिन्न अन्तराष्ट्रिय समसामयिक गतिविधी
  • जनवरी १, २०१६ :- तेस्रो अन्तराष्ट्रिय टोपी दिवस ।  टोपी लगाउने नेपालि परम्पराको संरक्षणको लागि हरेक बर्षको जनवरी १ को  दिन 'टोपी दिवस ' मनाउने गरिन्छ । यो बर्षको टोपि दिवसको नारा ‘नेपाली पोशाक लगाऔ, राष्ट्रियता जोगाऔं’ राखिएको ।
  • ६ जनवरी २०१६ :- उत्तर कोरियाले हाइड्रोजन बम परिक्षण गरेको ।
  • १४ जनवरी २०१६ :- नेपाल सरकार ले भारत-नेपाल दिपक्षीय समझौता समीक्षा गर्ने हेतुले चार सदस्यीय ईपीजी को गठन गरेको ।
  • १६ जनवरी २०१६ :- नेपाल  युनेस्कोको एसिया प्रशान्त क्षेत्रीय अध्यक्षमा चयन भएको ।
  • १६ जनवरी २०१६ :- एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को ९ सदस्यीय सञ्चालक समितिमा नेपाल चयन भएको ।

संकलन / प्रस्तुती 

बिष्णु प्रसाद गौतम


You need to login to comment.

Facebook Comments