Welcome, Guest

मङ्सिर २०७२

2072-09-01  /  2.7K 0

राष्ट्रिय समसामयिक गतिविधी 

  • मङ्सिर १ :- एघारौं कफी दिवस,  हरेक वर्ष मंसिर १ गते कफी दिवस  मनाउने गरिन्छ । दिवसको यस वर्षको नारा गुणस्तरीय कफी  नर्सरी उत्पादनको आधार, आयात प्रतिस्थापनमा यसले पार्छ साकार भन्ने तय गरिएको थियो । हाल नेपालका ४ वटा जिल्लामा व्यवसायिक कफी खेती गर्ने गरिन्छ ।
  • मङ्सिर १ :- 'समृद्ध राष्ट्र निर्माण र फराकिलो कर आधारः करदाता मैत्री एवं सुदृढ करप्रणाली पूर्वाधार' भन्ने नाराका साथ मूल्य अभिवृद्धि कर (भ्याट) लागू भएको दिन २०५४ मङ्सिर १ को सम्झना गर्दै कर सम्बन्धी जनचेतना र जनसहभागिता वृद्धि गर्ने उद्देश्यले विगत तीन वर्षदेखि यस दिनलाई राष्ट्रिय कर दिवसका रूपमा मनाउन थालिएको हो ।
    ‘समृद्ध राष्ट्र निर्माण र फराकिलो कर आधारः करदाता मैत्री एवं सुदृढ करप्रणाली पूर्वाधार’ भन्ने नाराका साथ - See more at: http://www.onlinekhabar.com/2015/11/351039/#sthash.k6KwchYJ.dpuf
    ‘समृद्ध राष्ट्र निर्माण र फराकिलो कर आधारः करदाता मैत्री एवं सुदृढ करप्रणाली पूर्वाधार’ भन्ने नाराका साथ - See more at: http://www.onlinekhabar.com/2015/11/351039/#sthash.k6KwchYJ.dpuf
    ‘समृद्ध राष्ट्र निर्माण र फराकिलो कर आधारः करदाता मैत्री एवं सुदृढ करप्रणाली पूर्वाधार’ भन्ने नाराका साथ - See more at: http://www.onlinekhabar.com/2015/11/351039/#sthash.k6KwchYJ.dpuf
    ‘समृद्ध राष्ट्र निर्माण र फराकिलो कर आधारः करदाता मैत्री एवं सुदृढ करप्रणाली पूर्वाधार’ भन्ने नाराका साथ - See more at: http://www.onlinekhabar.com/2015/11/351039/#sthash.k6KwchYJ.dpuf
  • मङ्सिर १ :- राज्यको प्रशासन संयन्त्रको पुनर्संरचना सिफारिस गर्न गठित उच्चस्तरीय प्रशासन सुधार कार्यान्वयन तथा अनुगमन समितिले  तत्कालका लागि मन्त्रालयको संख्या १८ मा सीमित गर्न
    र संघीय संरचना विकासपछि १२ मा सीमित गर्न सुझाव दिएको ।
  • मङ्सिर १ (17 Nov. 2015)  :-  नेपाली बालबालिकाको सेवामा सक्रिय अमेरिकी महिला म्यागी डोयन २०१५ की सीएनएन हिरो बन्न सफल भएकी । उनले एक लाख अमेरिकी डलर पुरस्कारका साथै उत्कृष्ट १० मा परेबापत हरेकले पाउने थप १० हजार डलर प्राप्त गरेकी । उनले सुर्खेतको वीरेन्द्रनगर भैरवस्थानमा कोपिला भ्याली सेवा समाजको नाममा विद्यालय चलाएकी छन् ।
  • मङ्सिर ३ :- पुनर्निर्माण कार्यको जिम्मा पुनर्निर्माण प्राधिकरणको सट्टा तत्काललाई योजना आयोगलाई दिने मन्त्रिपरिषद बैठकद्वारा निर्णय ।
  • मङ्सिर ४ : - कृषि विकास मन्त्रालयले  २० बर्षे कृषि विकास रणनीति (एडीएस) सार्वजनिक गरेको ! २०९३ सालसम्मको कृषिलाई मार्ग दर्शन गर्ने यो दस्तावेजले कृषिको वार्षिक वृद्धिदरलाई ५ प्रतिशत पुर्‍याउने भनेको छ । हाल कृषिको वार्षिक दर ३ प्रतिशत हाराहारी छ ।
  • मङ्सिर ५ :- शंखधर साख्वा दिवस । कछला दशमीको दिन मनाउने दिवस तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०५६ मा मन्त्रिपरिषद्बाट पारित गरेपछि शंखधर दिवस मनाउन थालिएको हो ।
  • मङ्सिर ७ : - अन्तराष्ट्रिय हात्तीपोलो प्रतियोगिता नवलपरासीको अमलटारिमा आयोजना गरिएको । प्रतियोगिताको आयोजक टाइगर टप्स होटल रहेको छ । बर्दियामा आयोजना गरिने प्रतियोगिता यो बर्ष नवलपरासीमा आयोजना गरिएको हो ।
  • मङ्सिर ८ :- भारतको नाकाबन्दी र तराई–मधेसमा जारी आन्दोलनले अर्थतन्त्रमा पारेको असरबारे अर्थमन्त्री बिष्णु पौडेलले  श्वेतपत्र जारी गरेका !
  • मङ्सिर १० :- राष्ट्रपति चुरे तराई–मधेस संरक्षण विकास समितिका अध्यक्ष रामेश्वर खनालसहित चारैजना सदस्यहरू विजयसिंह दनुवार, फुर्वा तामाङ, नागेन्द्र यादव र सुनीतासिंह ठकुरीले ले  राजीनामा दिएका ।
  • मङ्सिर १२ :- दक्षिण एसियाली क्षेत्रका प्रधानन्यायाधीश र न्यायाधीशहरूको अन्तर्राष्ट्रिय सम्मेलन  काठमाडौँमा  आयोजना भएको  !
  • मङ्सिर १४:- सरकारले  हस्तलिखित लाइसेन्सको सट्टा विद्युतीय प्रविधिको स्मार्ट कार्ड लागू गरेको !
  • मङ्सिर १५ :- व्यवस्थापिका–संसद्को कार्य सञ्चालन नियमावली मस्यौदा समितिको सभापतिमा कांग्रेस सांसद राधेश्याम अधिकारी सर्वसम्मत चयन भएका ।
  • मङ्सिर १७ :-  भारतको अघोषित नाकाबन्दी पछी ग्लोबल  टेन्डरमार्फत हवाई इन्धन ल्याउन आयल निगमसँग सम्झौता गरेको  निजी कम्पनी पेट्रोलिम्याक्सले पहिलोपटक एयरलिफ्टमार्फत ३९ हजार ७ सय ४४ लिटर हवाई इन्धन (एटीएफ) ल्याएको ।
  • मङ्सिर १८ :- अन्तर्राष्ट्रिय खेल मिलेमतो (म्याच फिक्सिङ) को अभियोग लागेका राष्ट्रिय टिमका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, पूर्वखेलाडी विकाससिंह क्षेत्री र प्रशिक्षक अन्जन केसीलाई एसियाली फुटबल महासंघ (एएफसी) ले  आजीवन प्रतिबन्ध लगाएको 
  • मङ्सिर २० :- काठमाडौं महानगरपालिकाले  विद्युतीय नक्सापास प्रणाली अर्थात् इलेक्ट्रोनिक्स बिल्डिङ परमिट सिस्टम (ईबीपीएस) को सुरुवात गरेको  !
  • मङ्सिर २१ :-  सरकारले  संविधानका अन्तरवस्तुबारे आमजनतालाई जानकारी दिन देशव्यापी प्रचार अभियान थालेको  !
  • मङ्सिर २२ :- ताइवान फाउन्डेसन फर डेमोक्रेसी नामक संस्थाले प्रदान गर्ने एक लाख अमेरिकी डलर बराबरको ‘एसिया लोकतन्त्र र मानवअधिकार अवार्ड– २०१५’ बाट नेपालकी बाल अधिकारकर्मी सुनिता दनुवार सम्मानित ।
  • मङ्सिर २३ (9 Dec. 2015) :- अमेरिकी संसद्को दुवै सदनले नेपाली पोसाकलाई भन्साररहित सुविधा दिने विधेयक पारित गर्दै पहिलो पटक यस्तो सुविधा दिएको ।
  • मङ्सिर २९ :- सरकारले  संविधान संशोधन र पुनर्निर्माण प्राधिकरण विधेयक संसदमा पेश गरेको !
अन्तरराष्ट्रिय समसामयिक गतिविधी
 
  • 23 Nov. 2015 :- अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) को बाध्यकारी नियमअनुसार  विश्वभर हस्तलिखित पासपोर्ट अमान्य भएको !
  • 28 Nov. 2015 :- रुसी प्रधानमन्त्री भ्लादमिर पुटिनले   टर्की विरुद्ध आर्थिक प्रतिवन्धको घोषणा गरेका ! 
  • 30 Nov. 2015 :- फ्रान्समा भएको राष्ट्र संघिय जलवायु परिवर्तन सम्मेलन २०१५ मा ३० नोभेम्बर २०१५ का दिन "Mission Innovation" को सुरु  !
  • 2 Dec. 2015 :- पानी र जलवायु परिवर्तन अनुकुलानको लागि अन्तराष्ट्रिय पेरिस सन्धिको घोषणा गरिएको  !
  • 4 Dec. 2015 :- अमेरिकाले सेनाका सबै पदमा महिलालाई भर्ना लिने निर्णय गरेको  !
  • 9 December 2015 :- संयुक्त राष्ट्र संघले अफ्रिकाको साहेल क्षेत्रको लागि  ‘साहेल ह्यूमेनिटेरियन अपील फर 2016' सुरु गरेको घोषणा गरेको !
  • 12 December 2015 :- साउदी अरबमा इतिहासकै पहिलोपल्ट महिलाहरुले निर्वाचनमा भोट खसालेका !

संकलन  / प्रस्तुती :-  बिष्णु प्रसाद गौतम


You need to login to comment.

Facebook Comments