Welcome, Guest

कार्तिक २०७२

2072-08-01  /  2.6K 0

राष्ट्रिय समसामयिक गतिविधिहरु

  • कार्तिक १ :- नवगठित मन्त्रिमण्डलमा विबिन्न ९ जना मन्त्रिद्वारा राष्ट्रपती रामवरण यादवको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा वली समक्ष सपथ ग्रहण । सपथ लिनेहरुमा एमाओवादीका सचिव टोपबहादुर रायमाझीले उपप्रधान तथा ऊर्जामन्त्री शक्ति बस्नेतले गृह, अग्नि सापकोटाले वन, गिरिराजमणि पोखरेलले शिक्षा, गणेशमान पुनले वाणिज्य तथा आपूर्ति, रेखा शर्माले सामान्य प्रशासन र उमेश यादवले सिँचाइ मन्त्रालय त्यस्तै फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरी र बहुजन शक्ति पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानले बिनाविभागीय मन्त्रीका रूपमा शपथ लिएका ।
  • कार्तिक १ :- गत असोज २९ गते व्यवस्थापिका संसद्को सभामुख पदमा निर्वाचित ओनसरी घर्तिद्वारा राष्ट्रपती समक्ष सपथ ग्रहणका साथै आफ्नो कार्यकक्षमा पदभार ग्रहण ।
  • कार्तिक १ :- एनएमबी बैंक, भृकुटी विकास बैंक, पाथीभरा विकास बैंक, क्लिन इनर्जी डेभलपमेन्ट बैंक र प्रुडेन्सियल फाइनान्स गाभिएर एनएमबी बैंकको नाममा कारोबार सञ्चालन गरेका ।
  • कार्तिक २ :- एसियाली फुटबल महासंघ (एएफसी) ले म्याच फिक्सिङ (खेल मिलेमतो) मा संलग्न भएको आरोपमा समातिएका  नेपाली राष्ट्रिय टिम कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, गोलकिपर रितेश थापा, हाल खेलमा सक्रिय नरहेका डिफेन्डर विकाससिंह क्षेत्री र पूर्वराष्ट्रिय खेलाडी तथा प्रशिक्षक अञ्जन केसीलाई तत्काल निलम्बन गरेको ।
  • कार्तिक ८ :-  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेलसहित ७ सदस्यले सामूहिक राजीनामा दिएका ।
  • कार्तिक ९ :- एसियाली फुटबल महासंघ (एएफसी) द्वारा बढी उमेरका खेलाडी समावेश गरेको भन्दै नेपालको १६ बर्षा मुनिको फुटबल टोलीलाइ निलम्बन गरेको । सेप्टेम्बर २०१५ मा किर्गिस्तानमा भएको छनोट खेलमा नेपालअले बढी उमेरका खेलाडी समावेश गराएको एएफसी ले जनाएको ।  नेपाललाई १४ हजार ५ सय अमेरिकी डलर जरिवाना लगाउनुका साथै नेपालले जित हात पारेको खेलको नतिजा पनि खोसिएको ।
  • कार्तिक १ :- मुलुकको दोस्रो राष्ट्रपती छन्नको लागि संसदमा निर्वाचन भएको । उक्त निर्वाचन मार्फत नेकपा एमालेकी उपाध्यक्ष समेत रहेकी विद्यादेवी भन्डारी निर्वाचित भएकी । उनले प्रतिद्वन्दी कांग्रेसका केन्द्रीय सदस्य कुलबहादुर गुरुङभन्दा १ सय १३ मत बढी पाएर इतिहास रचेकी हुन् । भण्डारीको पक्षमा ३ सय २७ सांसदको मत परेको थियो । गुरुङले भने २ सय १४ मत पाएका थिए ।
  • कार्तिक ११ :- चीनबाट इन्धन आयात गर्ने बिषयमा नेपाल आयल निगम र चिनिया कम्पनी पेट्रो चाइना बिच एमओयु मा हस्ताक्षर भएको । समझदारीपत्रमा नेपाल आयल निगमका प्रबन्ध निर्देशक गोपालबहादुर खड्का र पेट्रो चाइनाका उपाध्यक्ष झाङ टोङले हस्ताक्षर गरेका हुन् ।
  • कार्तिक ११ :- नाकाबन्दी पछी सिर्जित ज्यास अभावको समस्यालाई सम्बोधन गर्न सरकारले आधा सिलिण्डर ग्यास वितरण गर्ने निर्णय गरेको ।
  • कार्तिक १२ :- नवनिर्वाचित राष्ट्रपती विद्यादेवी भण्डारी द्वारा प्रधान न्यायाधिश समक्ष पद तथा गोपनियताको सपथ ग्रहणका साथै आफ्नो पदभार ग्रहण गर्नुभएको ।
  • कार्तिक १४ :- मुलुकको दोस्रो उपराष्ट्रपतीको छनोटको लागि संसदमा निर्वाचन भएको । उक्त निर्वाचन मार्फत एमाओवादीका युवा नेता नन्दबहादुर पुन निर्वाचित भएका । उनको पक्षमा ३ सय २५ मत परेको थियो। प्रतिस्पर्धी अमियकुमार  यादवले २ सय १२ मात्र मत पाए।
  • कार्तिक १४ :- चीन द्वारा नेपालअको लागि दिने भनिएको १३ लाख लिटर इन्धन औपचारिक रुपमा नेपाललाई हस्तान्तरण ।
  • कार्तिक १५ :- नवनिर्वाचित उप-राष्ट्रपती नन्दबहादुर पुनले राष्ट्रपती समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गर्दै कार्यभार सम्हाल्नुभएको । 
  • कार्तिक १६ :- चालीस दिनदेखि अवरुद्ध वीरगन्ज–रक्सौल नाका खोल्न खोज्दा भएको झडपमा परी एक भारतीय नगरिक आशिश रामको मृत्‍यु भएको ।
  • कार्तिक १८ :- सरकारले पुर्व गभर्नर युवराज खतिवडालाई योजना आयोगको उपाध्यक्ष पदमा नियुक्त गरेको ।
  • कार्तिक १८ :-  संयुक्त राष्ट्रसंघको जेनेभामा भएको मानवअधिकारसम्बन्धी २३ औं सत्रमा नेपालको मानवअधिकारसम्बन्धी विश्वव्यापी आवधिक प्रतिवेदन (यूपीआर) उप-प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा द्वारा प्रस्तुत गर्दै भारतीय नाकाबन्दीको मुद्दालाइ पहिलोपल्ट अन्तराष्ट्रियकरण गरिएको ।
  • कार्तिक २५ :- काठमाडौंको पुरानो बसपार्कमा २६ तले काठमाडौं भ्यु टावरको उप-राष्ट्रपती नन्दबहादुर पुन द्वारा शिलन्यास ।
  • कार्तिक ३० :- अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष गणेश थापालाई अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले फुटबल गतिविधिबाट १० वर्षको प्रतिबन्ध लगाएको । भ्रष्टाचार गरेको आरोपमा थापालाई २० हजार स्वीस फ्रयांक (२१ लाख रुपैयाँ) जरिवाना गर्ने निर्णयसमेत फिफाको इथिक्स कमिटीले लिएको ।
  • कार्तिक ३० :-  साझा यातायातले नेपालमा पहिलो पटक यातायात क्षेत्रमा स्मार्टकार्डको सुरुवात गरेको ।

अन्तराष्ट्रिय गतिविधी

  • २१ अक्टोबर २०१५ मा International Energy Agency (IEA) द्वारा World Energy Outlook Special Report 2015: Energy and Climate Change नामक रिपोर्ट सार्वजनिक   ।
  •  २३ अक्टोबर २०१५ मा  मेक्सिकोमा  Patricia नामको  आधि  आएको ।
  • इङ्ल्यान्ड फुटबल टिमका पूर्वकप्तान डेविड बेकह्याम  6 Nov 2015 मा नेपाल भ्रमणमा आएका  ।
  • 8 Nov 2015 मा  म्यानमारमा भएको आमनिर्वाचनमा नेसनल लिग फर डेमोक्रेसीले बहुमत प्राप्त गरेको ।
  • १३ नोभेम्बर २०१५  मा फ्रान्सको राजधानी पेरिस मा सयौको ज्यान लिने गरि आतंककारी हमला  भएको  ।

संकलन  / प्रस्तुती :-  बिष्णु प्रसाद गौतम


You need to login to comment.

Facebook Comments