Welcome, Guest

लोक सेवा समसामायिक शृंखला (मंसिर ६-१०) २०७७

2077-08-10  /  2K 2

१) विश्व टेलिभिजन दिवस कहिले मनाइन्छ?

- हरेक साल नोभेम्बर २१

२) विश्व टेलिभिजन दिवस कहिले देखि मनाउन थालिएको हो?

- सन 1996 नोभेम्बर २१ देखि

३) नेपाल टेलिभिजन को स्थापना कहिले भएको हो?

- वि. सं. २०४१ साल माघ १७ गते (वि. सं. २०७७ मा नेपालमा टेलिभिजनको प्रसारण हुन थालेको ३६ वर्ष पुरा हुनेछ। )

४) हालै लकजम्बर्गमा आयोजित युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२० को विजेता नेपालको कुन बैंकले जितेको छ?

- मुक्तिनाथ विकास बैंक (यो अवार्ड विजेता भएसंगै उक्त बैंकले रु एक लाख युरो पुरस्कार प्राप्त गरेको छ ।)

५) २०७७ मंसिर ६ गते अयोजना भएको छैटौं नेपालगञ्ज म्याराथनको उपाधि कसले जितेको छ?

- सशस्त्र प्रहरीका गोपीचन्द्र पार्की (विजेता पार्की अर्को वर्ष जापानमा हुने टोकियो ओलम्पिकका लागि छनोट भएका छन)

६) नेपालको विस्तृत शान्ती सम्झौता कहिले भएको थियो?

- बि.सं. २०६३ मंसिर ५ गते ( २०७७ मंसिर ५ गते विस्तृत शान्ति सम्झौता भएको १४ वर्ष पूरा भएको छ ।)

७) नेपालमा पहिलोपटक सार्वजनिक यातायातमा अनलाइन प्रविधि मार्फत नियमन गर्ने प्रणालीको थालनी कहिले बाट सुरु भएको हो?

- बि.सं. २०७७ मंसिर ४ बाट (मन्त्री वसन्तकुमार नेम्वाङले सो प्रणाली (अनलाइन टिकटिङ मोनिटरिङ सिस्टम)को उद्घाटन गरे।)

८) नयाँ नेपालको परिकल्पना कृतिको लेखक को हुन ?

 -  मोहन मैनाली

९) 1948 जनवरी 30 मा महात्मा गान्धीको हत्या नाथुराम गोड्से द्वारा भएको थियो भने ती नाथूराम गोडसे को हत्या कहिले भएको थियो?

- 1949 November 15 मा अम्बाला जेलमा

१०) 2020 को गांधी शांति पुरस्कार कसलाई प्रदान गरिएको छ?

 - डा. कन्हैया त्रिपाठीलाई

११) तत्कालीन राजा वीरेन्द्रको निजी निवास ‘श्रीसदन’ कहिले देखि सर्वसाधारणका लागि खुल्ला गरिएको हो?

- बि. सं. २०७७ मंसिर ७

१२) बीबीसी द्वारा जारी सन् २०२० को प्रभावशाली सय महिलाहरुको सूचीमा नेपालको तर्फ बाट को पर्न सफल भएको हो ?

- सपना रोका मगर

१३) नेपाल राष्ट्रिय क्रिकेट टोलीका अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को अवार्डको मनोनयनमा को परेको छ ?

- पुर्व कप्तान पारस खड्का

१४) चार्ल्स डार्बिन द्वारा रचित On the origin of species नामक चर्चित पुस्तक पहिलो पटक कहिले प्रकाशित भएको थियो ?

- सन् १८५९ नोभेम्बर २४

१५) विश्व रग्वी सङ्घले नेपाल रग्वी सङ्घलि एसोसिएट सदस्यको मान्यता कहिले प्रदान गरेको हो?

- सन् 2020 नोभेम्बर 18

 


You need to login to comment.

2 Comments

pradeep nepal

on 22 Jan, 2021

sir naya set haru pani निशुल्क खुलाउनुन 2-4 ओटा त केसारो लोभी हौ 🙄

rajina

on 10 Dec, 2020

thank u

Facebook Comments