Welcome, Guest

लोक सेवा समसामायिक शृंखला ( कार्तिक २७- मंसिर ३) २०७७

2077-08-03  /  1.9K 0

१) नेपालमा कुपोषणको समस्या समाधान गर्न सन् २०१३ देखि कति वर्षे बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनमा ल्याइएको थियो ?

 - पाँचवर्षे (पहिलो योजना सम्पन्न भएपछि अहिले दोस्रो चरणको पाँचवर्षे (२०१८–२०२२) योजना कार्यान्वयन भएको ।)

२) नेपालको सबै भन्दा ठुलो पेट्रोलियम दिप कुन हो?

- अम्लेखगंज पेट्रोलियम डिपो 

३) नेपालकै दोस्रो ठूलो पेट्रोलियम डिपो कहा बन्ने भएको छ?

- पोखरामा

४) नेपालकै दोस्रो ठूलो पेट्रोलियम डिपो कहिले र कसले सिलन्यास गरेको हो?

- बि. सं. २०७७ कात्तिक २७ गते, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले

५) नेपालकै सबैभन्दा ठूलो पेट्रोलियम पदार्थ भण्डारण डिपो अम्लेखगंज डिपोको भण्डारण क्षमता कुल कति रहेको छ?

- कुल २ करोड १९ लाख लिटर

६) सन् २०२० मा हरित जलवायु कोष (GCF) ले नेपालको राष्ट्रिय प्रकृति संरक्षण कोष (NTNC) लाई कस्तो संस्थाका रूपमा मान्यता दिएको छ?

- ‘प्रत्यक्ष पहुँच एकाइ’

७) प्रतिनिधिसभमा सासद र मन्त्रिबीच प्रत्यक्ष प्रश्नित्तर कार्यक्रमको शुरु कहिले देखि गरियो?

- बि. सं. २०७५ भाद्र १८        

८) सातौँ कृषिगणना कहिले गरिने भएको छ?

-  बि. सं. २०७८

९) नेपालमा कृषि तथा पशु बीमाको शुरुवात कहिले देखी भएको हो?

- बि. सं. २०६९

१०) व्यावसायिक कफि खेति सरवेक्षण, २०७५ अनुसार कफी उत्पादनमा नेपालको पहिलो जिल्ला कुन हो?

- काभ्रेपलाञ्चोक

११) कुन देशले 6G प्रयोग भू-उपग्रह सफलतापूर्वक प्रक्षेपण गरेको हो?

- चिन (नोभेम्बर ६, २०२०)

१२)  ‘कर दिवस’ कहिले मनाइन्छ?

- हरेक साल मांसिर १ गते

१३) २०७७ कर दिवस को नारा के रहेको छ?

- “ विकास, समृद्धि र सुशासनः स्वच्छ, पारदर्शी र प्रविधीमैत्रि कर प्रशासन”

 १४) ‘अंतर्राष्ट्रीय सहनशीलता दिवस’ कहिले मनाइन्छ?

- हरेक साल  November 16 ( सन् 1996 साल देखि यो दिवस मनाउन थालिएको हो)

१५) ‘अंतर्राष्ट्रीय सहनशीलता दिवस 2020’ को नारा के रहेको छ?

- “Tolerance is respect, acceptance, and appreciation of the rich diversity of our world’s cultures, our forms of expression and ways of being human.”

 


You need to login to comment.

Facebook Comments