Welcome, Guest

मंसिर २०७४

2074-09-02  /  10.5K 2

मंसिर २०७४ को महत्वपूर्ण  राष्ट्रिय समसामयिक गतिविधीहरु  ! 
 
१) ७ सय ५० मेगावाटको पश्चिम सेती जलविधुत् आयोजना निर्माणका लागि नेपाल विधुत् प्राधिकरण र चाइना थ्री गर्जेज कर्पोरेसनबीच सयुक्त लगानी गर्ने संम्झौता कहिले भएको हो ? - वि. स. २०७४ कार्तिक ३०
 
२) मिस टुरिजम-२०१७ को उपाधि जित्ने युवती को हुन् ? - पोखराकी आरती थापा
 
३) नेपाल राष्ट्र बैंङ्कले ब्याजदर करिडोर कहिलेदेखि लागू हुनेगरी कार्यान्वयनमा ल्याएको हो ? - वि. स. २०७४ कार्तिक २९
 
४) सन् २०१७ नोभेम्बरमा कुन देशको सेनाले त्यहाँका राष्ट्रपतिलाई नजरबन्द बनाएको हो ? - जिम्बाब्वे
 
५) इरान र इराकको सीमावर्ती क्षेत्रमा ४ सय ५० भन्दा बढी मानिसको ज्यान जानेगरी विनाशकारी भूकम्प कहिले गयो ? - सन् २०१७ नोभेम्बर १२ 
 
६) नेपाल प्रहरी र उसका आश्रित परिवारलाई मात्र उपचार सेवा दिंदै आएको नेपाल प्रहरी अस्पतालले कहिलेदेखि सर्वसाधारणलाई पनि सेवा दिन सुरु गरेको हो ? - वि. स. २०७४ कार्तिक २६
 
७) दक्षिण एसियाली राष्ट्रको दिगो विकासको लक्ष्य प्राप्त गर्न एकीकृत आर्थिक रणनीति बनाउने उद्धेश्यका साथ १०औं शिखर सम्मेलन कहिले र कँहा  सम्पन्न भयो ? - वि. स. २०७४ कार्तिक २८-३० (सन् २०१७ नोभेम्बर १४-१६), काठमाडौँ 
 
८) सन् २०१७ नोभेम्बर १० मा युनेस्को प्रमुखमा चयन हुने महिला को हुन् ? - आउड्रे एजोलाय (पूर्व संस्कृति मन्त्री, फ्रान्स) 
 
९) मिस वल्ड-२०१७ को उपाधि चुम्ने युवती को हुन् ? - भारतीय सुन्दरी मानुषी छिल्लर
 
१०) नेपालको पहिलो बैङ्क ‘नेपाल बैङ्क लिमिटेड’ को स्थापना कहिले भएको हो ? - वि. स. १९९४ कार्तिक ३० (२०७४ कार्तिक ३० मा बैङ्क ८० वर्ष पूरा गरी ८१ वर्षमा प्रवेश गरेको)
 
११) आ. व. २०७३/२०७४ मा नेपालमा कफी खेती लगाइएको जमिन कति रहेको छ ? - २६४६ हेक्टर 
 
१२) वि. स. २०७४ मङ्सिरमा सम्पन्न प्रधान सेनापति पाँचौँ अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ? - एपीएफ क्लब
 
१३) सन् २०१७ नोभेम्बर अन्तर्राष्ट्रिय सहकारी महासंङ्घ (International Co-operative Alliance-ICA) को सम्मेलन कहाँ सम्पन्न भयो ? - क्वालालम्पुर (मलेसिया)
 
१४) इन्टरनेट सेवा प्रदायक एवम् सुचना प्रविधिको क्षेत्रमा कार्यरत व्यक्ति तथा संस्थाको समूह नेपाल नेटवर्क अपरेटर्स ग्रुप (एनपीएनओजी) को तीनदिने सम्मेलन कहाँ आयोजना गरिएको छ ? - चितवन (वि.सं. २०७४ मङ्सिर २३-२५)
 
१५) नेपाल चलचित्र कलाकार संङ्घ रार्ष्ट्रिय पुरस्कार-२०७४ बाट सम्मानित हुने व्यक्तित्व को हुन् ? - मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य
 
१६) २९औँ  अन्तर्राष्ट्रिय मैथिली सम्मेलन कहाँ सम्पन्न भयो ? - जनकपुरधाम (वि.सं. २०७४ मङ्सिर)
 
१७) सन् २०१७ नोभेम्बर २७ मा अमेरिकाको लसभेगासमा सम्पन्न ६६औँ मिस युनिभर्स प्रतियोगिताको उपाधि जित्ने सुन्दरी को हुन् ? -  दक्षिण अफ्रिकाकी सुन्दरी डेमी लेच नेल पिटर्स
 
१८) वि.सं. २०७४ मङ्सिर ८ को मन्त्रिपरिषद् बैठकले १२ सय मेगावाट क्षमताको जलाशययुक्त बुढीगण्डकी जलविधुत् आयोजना निर्माण सम्बन्धमा के निर्णय गरेको छ ? - स्वदेशी पुँजी र प्रविधिको प्रयोग गरी निर्माण गर्ने
 
१९) गायक तथा सङ्गीतकार खुसीराम पाख्रिनको निधन कहिले भएको हो ? - वि. सं. २०७४ मङ्सिर ५
 
२०) यस बर्स (२०७४) को भैरव अर्याल स्मृति पुरस्कार कसलाई प्रदान गरियो ? - धुर्मुस-सुन्तली फाउन्डेसन
 
२१) वि. सं. २०७४ मा मनाइएको तेश्रो चुरे संरक्षण दिवसको नारा के रहेको छ ? - चुरेको माटो चुरेलाई, सफा पानी सबैलाई
 
२२) सन् २०१७ नोभेम्बरमा मलेसियामा मम्पन्न यु-१९ एसिया कप क्रिकेट प्रतियोगिताको उपाधि विजेता राष्ट्र कुन हो ? - अफगानिस्तान (उपविजेता : पाकिस्तान)
 
२३) नेपाल दूरसञ्नचार प्राधिकरणका अनुसार वि. सं. २०७४ भदौ महिनासम्म नेपालमा इन्टरनेट प्रयोग गर्ने जनसङ्ख्या कति रहेको  छ ? - १ करोड ६३ लाख १६ हजार (६१.५८ प्रतिशत)
 
२४) जलवायु परिवर्तन र अन्य गतिविधि हिमालय क्षेत्रमा देखिएका समस्या एवम् समाधानका विकल्प खोज्न राजधानी काठमाडौँमा अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना कहिले गरियो ? - वि. स. मङ्सिर १७-२०
 
२५) हुम्लाको सिमिकोट विमानस्थलको धावनमार्गमा तारा एयरको जहाज कहिले दुर्घटना भयो ? - वि. स. मङ्सिर १२
 
२६) विश्वव्यापार सङ्गठन (ध्त्इ)को ११औँ मन्त्री स्तरीय सम्मेलनको आयोजना कहाँ गरिएको छ ? - ब्युनर्सआयर्स, अर्जेन्टिना (सन् २०१७ डिसेम्बर ११-१४)
 
२७) वि. स. मङ्सिर मा सम्पन्न स्थानीय तह निर्वाचनमा सबैभन्दा कम उमेरका नगरप्रमुख को हुन् ? - उदयकुमार यादव (२४ वर्षीय), सहिदनगर न. पा., सिरहा
 
२८\) १४औँ र्राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवस, २०७४ को नारा के हो ? - महिला स्वास्थ्य स्वयंसेविकाको नि:स्वार्थ सेवा : स्वस्थ, समृद्ध राष्ट्र निर्माणमा टेवा
 
२९) सस्टेनेबल डेभलपमेन्ट सोल्युसन नेटवर्कद्वारा तयार पारिएको वल्र्ड ह्यापिनेस रिपोर्ट २०१७ आनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ? - ९९औँ
 
३०) वि. स. २०७४ मा प्रदान गरिने आदिकवि भानुभक्त पुरस्कारबाट सम्मानित हुने स्रस्टा को हुन् ? - डा. राजेन्द्र विमल
 
३१) नेपाल सरकारले कुन अवधिलाई फलफुल दशकका रुपमा मनाउने घोषणा गरेको छ ? - आ. व. २०७३/७४-आ. व. २०८२/८३
 
३२) लन्डन इन्स्टिच्युट अफ बैङ्किङ् एन्ड फाइनान्स र यूके फ़ाइनान्स्द्वारा प्रदान गरिएको ‘फाइनान्सियल इन्नोभेसन् अवार्ड-२०१७’ बाट सम्मानित नेपाली युवा को हुन् ? - प्रकाश कोइराला
 
३३) २०७४ मा सम्पन्न प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सबैभन्दा बढी मतान्तरले विजयी हुने सांसद को हुन् ? - दोलखाका पर्वत गुरुङ
 
३४) सानिमा लाइफ इन्सुरेन्सद्वारा औपचारिक रुपमा जीवन बिमा व्यवसाय कहिलेदेखि सुरु गरिएको हो ? - वि. स. २०७४ मङ्सिर २२
 
३५) सन् २०१७ को टाइम पर्सन अफ द इयर कसलाई घोषणा गरियो ? - द साइलेन्स ब्रेकर
 
३६) मुलुकी देवानी (संहिता), ऐन २०७४ र मुलुकी फौजदारी (संहिता) ऐन २०७४ कहिलेदेखि लागू हुनेगरी जारी गरिएको हो ? - वि. स. २०७४ भदौ १
 
३७) नवौ मानव अधिकार राष्ट्रिय महाभेला कहिले सम्पन्न भयो ? - वि. स. २०७४ मङ्सिर २३-२५
 
३८) इराकी प्रधानमन्त्री हैदर अल अवादीले जिहादी विरुद्धको युद्ध अन्त्यको घोषणा कहिले गरे ? - सन् २०१७ डिसेम्बर
 
३९) सन् २०१७ को ‘बालेन डे ओंर’ उपाधि जित्ने फुटवलर को हुन् ? - पोर्चुगलका क्रिस्टियानो रोनाल्डो
 
४०) २०७४  मङ्सिर २३ मा काठमाडौँमा सम्पन्न मिस नेसनल आइकन-२०१७ को उपाधि जित्ने सुन्दरी को हुन् ? - ताप्लेजुङ्की जोफ़ेन लामा
 
४१) नेपाल र अफ्रिकी मुलुक अङ्गोलाबीच दौत्य सम्बन्ध कहिले कायम भएको हो ? - सन् २०१७ डिसेम्बर ९ 

 

श्रोत : गोरखापत्र


You need to login to comment.

2 Comments

Gita Chalise

on 08 Feb, 2018

Tapaile aafno xuttai current affair app garaunu paryo

Gita Chalise

on 08 Feb, 2018

Tapaile aafno xuttai current affair banaunu paryo

Facebook Comments