Welcome, Guest

कार्तिक २०७४

2074-08-02  /  7.3K 0

कार्तिक २०७४ को महत्वपूर्ण  राष्ट्रिय समसामयिक गतिविधीहरु  ! 
 
१)  गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को आठौँ विश्व सम्मेलनले अध्यक्ष पदमा कसलाई निर्वाचित गर्यो ? - भवन भट्ट 
 
२) अन्तर्राष्ट्रिय गरिवी निवारण दिवस कहिले मनाइन्छ ? - अक्टोवर १७
 
३) फिफाद्वारा सन् २०१७ अक्टोवर १६ मा सार्वजनिक नयाँ वरीयता अनुसार नेपाल कतिऔँ स्थानमा रहेको छ ? - १७६ औँ 
 
४) व्यवस्थित पर्यटकीय केन्द्रका रुपमा विकास गर्ने उधेश्यका साथ ठमेललाई कहिलेदेखि सवारीसाधन मुक्त क्षेत्र (भेहिकल फ्री जोन) बनाइएको हो ? - वि. स. २०७४ कार्तिक ५ 
 
५) २०७४ मङ्सिर १० मा तय गरिएको पहिलो चरणको निर्वाचनमा कति जिल्ला समावेश छन् ? - ३२
 
६) ५१ हजार राशिको ‘दधिराज सुवेदी राष्ट्रिय भाषा सहित्य पुरस्कार-२०७४ कसलाई प्रदान गरियू ? - सहित्यकार अभि सुवेदी
 
७) नेपाली काँग्रेस र लोकतान्त्रिक फोरम नेपाल बीच पार्टी एकता कहिले बएको हो ? -  वि. स. २०७४ असोज ३०
 
८) नेपालको कुन जनजातिलाई ‘फस्ट सिटिजनसिप’ को दर्जा प्रदान गरेको हो ? - धिमाल
 
९) २०७४ कार्तिक ६ को मन्त्रिपरिषद् बैठकले मुख्य सचिवमा कसलाई नियुक्त गर्ने निर्णय गर्यो ? - लोकदर्शन रेग्मी
 
१०) वि. स. २०७४ कार्तिक ६ मा बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय पुनर्निर्माणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कसलाई नियुक्त गर्ने निर्णय गर्यो ? - युवराज भुसाल
 
११) अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले सन् २०१७ को उत्कृष्ट पुरुस खेलाडी कसलाई घोषणा गर्यो ? - क्रिस्टियानो रोनाल्डो
 
१२) सरकारले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश कहिले पास गरेको हो ? - वि. स. २०७४ कार्तिक ६
 
१३) आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्दै व्यापार घाटा कम गर्ने उद्धेश्यसहित सरकारले नयाँ वाणिज्य नीति कहिले सर्वजनिक गर्यो ? - वि. स. २०७४ भदौ १६ 
 
१४) स्पेनबाट स्वतन्त्र हुने पक्षमा क्याटालोनिया क्षेत्र / राज्य विवादास्पद जनमत सङ्ग्रह कहिले भएको हो ? - सन् २०१७ अक्टोबर
 
१५) सन् २०१७ अक्टोबरमा सार्वजनिक ब्लुमवर्ग विलिनियर्स इन्डेक्स सुची अनुसार विश्वको सबैभन्दा धनी व्यक्ति को बनेका छन् ? - अमेजन कम्पनीका सीईओ जेफ बेजोज 
 
१६)  नेपालमा हाल गाउँपालिकाको सङ्ख्या कति रहेको छ ? - ४६०
 
१७) सन् २०१७ अक्टोबरमा सम्पन्न चिनियाँ कम्युनिस्ट पार्टीको १९ औँ महाधिवेशनले महासचिव (प्रमुख) मा कसलाई चयन गर्यो ? - राष्ट्रपति सी जिनपिङ्
 
१८) लिडिङ इन्टरनेसनल एयरलाइन्स इन साउथ एसिया अवार्ड - २०१७ बाट सम्मानित हुने एयरलाइन्स कुन हो ? - हिमालयन एयरलाइन्स
 
१९) नेपालसँग दौत्य सम्बन्ध कायम गर्ने १५ औँ राष्ट्र कुन हो ? - नाइजर ( २० सेप्टेम्बर २०१७ )  
 
२०) सन् २०१७ नोभेम्बर ३१ मा प्रकाशित ‘डुइङ् बिजनेस’ नामक प्रतिवेदन आनुसार व्यावसायमैत्री वातावरणका हिसाबले दक्षिण एसियाली राष्ट्रमा नेपाल कतिऔं स्थानमा रहेको छ ? - तृतीय 
 
२१) वर्ल्ड इकोनोमिक फोरमद्वारा सन् २०१७ मा सार्वजनिक प्रतिवेदन अनुसार विश्वव्यापी प्रतिस्पर्धी मुलुकको सुचीमा नेपाल कतिऔं स्थानमा रहेको छ ? - ८८ औं 
 
२२) फोब्र्सले हालै (सन् २०१७) सार्वजनिक गरेको विश्वका धनाढ्यको सूची अनुसार एसियाकै सबैभन्दा धनी व्यक्ति को बनेको छन् ? - भारतको रिलायन्स इन्डस्ट्रिजका चेयरम्यान मुकेश अम्बानी
 
२३) जलबायु परिवर्तन सम्बन्धी दक्षिण एसियाली शिखर सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? - वि. स. २०७४ कार्तिक १६, काठमाडौँ
 
२४) काउन्सिल अफ बोर्ड अफ स्कुल एजुकेसनमा आबद्ध संस्थाको अन्तर्रास्ट्रिय सम्मेलन कहाँ सम्पन्न भयो ? - धुलिखेल ( २०७४ कार्तिक )
 
२५) युरोपेली युनियन ( ईयू ) को स्थापना कहिले भएको हो ? - सन् १९९३ नोभेम्बर १
 
२६) नेपाल-अस्ट्रिया आर्थिकमञ्चको गठन कहिले गरियो ? -  वि. स. २०७४ कार्तिक १४
 
२७) २०७४ मङ्सिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा सबैभन्दा कम मतदान भएको जिल्ला कुन हो ? - मनांङ् (५८८१ मतदाता) 
 
२८) अमेरिकाको लसभेगसको एक चर्चमा प्रार्थना गरिरहेका दुई दर्जनभन्दा बढी व्यक्तिको ज्यान जाने गरी गोलीकाण्ड कहिले भयो ? - सन् २०१७ नोभेम्बेर ५
 
२९) महिला र बालबालिकाको कुपोषण हटाउन प्रभावकारी कदम चालेबापत नेपाल कुन अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ ? - सयुक्त राष्ट्रसङ्घको ‘युएन सन् ग्लोबल च्याम्पियन अवार्ड - २०१७
 
३०) राष्ट्रपति विद्धादेबी भण्ड़ारी सयुक्त अरब इमिरेट्स को चारदिने औपचारिक भ्रमणका लागि त्यसतर्फ कहिले प्रस्थान गर्नुभयो ? - वि. स. २०७४ कार्तिक २७
 
३१) राष्ट्रिय चिकित्सा शिक्षा अध्यदेश कहिले जारी भएको हो ? - वि. स. २०७४ कार्तिक २४
 
३२) नेपालको सबैभन्दा पुरानो राजनीतिक पार्टी नेपाल प्रजा परिषद् र नेकपा एमालेबीच पार्टी एकीकरणको घोषणा कहिले भएको हो ? - वि. स. २०७४ कार्तिक २३
 
३३) कफी बनाउने दक्ष प्राविधिक उत्पादन गर्ने उद्धेश्यले लैनचौरस्थित सिल्भर माउन्टेन स्कुल अफ होटल म्यानेजमेन्टमा युनिभर्सिटी अफ कफीको शाखा कहिले खोलिएको हो ? - वि. स. २०७४ कार्तिक २०
 
३४) सिँगापुरको पहिलो महिला राष्ट्रपतिका रुपमा निर्वाचित हुने नेत्री को हुन् ? - हाजिमा याकोव ( सन् २०१७ सेप्टेम्बर ) 
 
३५) सरकारले विधालय क्षेत्र सुधार कार्यक्रम (२०१६-२०२३) का लागि कति रकम विनियोजन गरेको छ ? - रु ११ खर्ब १० अर्ब ९० करोड
 
३६) पुर्व प्रधानमन्त्री कीर्तिनिधि, विष्टको निधन कहिले भएको हो ? - वि. स. २०७४ कार्तिक २५
 
३७) नेपालसँग दौत्य सम्बन्ध कायम भएको १५३औँ राष्ट्र कुन हो ? - बहामास (७ नोभेम्बर २०१७)
 
३८) चौथो एसीसी यु-१९ कप क्रिकेट प्रतियोगिता २०१७ को आयोजक राष्ट्र कुन हो ? - मलेसिया
 
३९) भारतको नयाँदिल्लीमा बाक्लो तुवाँलोका कारण जनजीवन प्रभावितबनेपछि दिल्ली सरकारले जनस्वास्थ्य सङ्कटकालको घोषणा कहिले गरेको हो ? - सन् २०१७ नोभेम्बर ८
 
४०) २०७४ मा मनाइएको पाँचौं विज्ञान दिवसको नारा के हो ? - दिगो विकासको आधार : विज्ञान, प्रविधि र आविष्कार
 
 
श्रोत : गोरखापत्र

 


You need to login to comment.

Facebook Comments