Welcome, Guest

२०७२ जेठ

2072-02-32  /  2.1K 0

२०७२ जेठ महिनाका महत्वपूर्ण समसामयिक घटनाक्रमहरु

  • १ जेठ २०७२, शक्तिशाली भूकम्पछि घाइतेको उद्धार गर्न दोलखा जाने क्रममा हराएको अमेरिकी सेनाको हेलिकोप्टर दाेलखाकाे कालिन्चोक भगवती नजिकैको डाँडामा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको ।उक्त हेलिकोप्टरमा दुई नेपाली सेना, ५ जना भुकम्पका घाइते  र ६ जना अमेरिकी सैनिक सवार रहेकोमा सबैको ज्यान गएको ।
  • २ जेठ २०७२, प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती उमेरहदका कारण सेवानिवृत्त भएका , विसं २०४८ सालपछिका सम्पूर्ण निर्वाचनमा कुनै न कुनै रुपमा योगदान पुर्‍याएका उप्रेती २०६३ साल कात्तिकमा निर्वाचन आयुक्त, २०६६ साल जेठमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र २०६८ सालको चैतमा प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्ने मौका प्राप्त गरे ।उनी सेवानिवृत्त भएसँगै आयोगका वरिष्ठ आयुक्त दोलखबहादुर गुरुङले कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको रुपमा जिम्मेवारी सम्हालेका छन ।
  • ३ जेठ २०७२, द्वन्द्वकालीन फौजदारी मुद्दाका पीडकलाई क्षमादान नदिने निर्णयलाई पुनरावलोकन गर्न सरकारले पेस गरेको निवेदनलाई सर्वोच्च अदालतले ‘दर्ता गर्न नमिल्ने’ भन्दै फर्काएको । २०७१ फागुन १४ गते न्यायाधीशहरू कल्याणकुमार श्रेष्ठ, वैद्यनाथ उपाध्याय र चोलेन्द्रशमशेर जबराको विशेष इजलासले प्राकृतिक न्याय र मानव अधिकारको गम्भीर उल्लंघन हुने गरी ऐनमा राखिएको व्यवस्था खारेज गर्न भनेको थियो।
  • 17 May 2015, बार्सिलोनालाई ला लिगा उपाधि लियोनल मेसीको उत्कृष्ट गोलसँगै विपक्षी मैदानमा एट्लेटिको म्याड्रिडलाई  १–० ले हराएर  बार्सिलोना लिग च्याम्पियन भएको हो।
  • 18 May 2015, ४२ वर्षअघि बलात्कारको शिकार भएकी भारतीय महिला अरुणा शानबागको  मृत्यु भएको । उनी त्यतिबेलादेखि निस्क्रिय अवस्थामा ओछयानमा थिइन् । सन १९७३ मा मुम्बई अस्पतालमा ड्युटीको क्रममा एक वार्ड सहायकले आक्रमण गर्दा मस्तिष्कघात हुनुकोसाथै पक्षाघातको शिकार भएकी थिइन् ।
  • २०७२ जेष्ठ ७ - संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री दीपकचन्द्र अमात्यले राजीनामा दिएका । उनी ०७१ भदौ २७ गते पर्यटन मन्त्री नियुक्त भएका थिए ।
  • २०७२ जेष्ठ ८, एमाले सभासद् कृपासुर शेर्पालाई पर्यटन मन्त्री नियुक्त भएका ।
  • २०७२ जेष्ठ ९ - प्रधानमन्त्री सुशील कोइराला र बिमस्टेकका महासचिव सुमिथ नकन्दलाबीच शनिबार भेटवार्ता भएको ।
  • २०७२ जेष्ठ १० - म्याग्दीको भगवती गाविस, २ बैसरीमा  पहिरो जाँदा कालिगण्डकी नदी थुनिएको ।
  • २०७२ जेष्ठ ११ - महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयले पचहत्तरै जिल्लाका बालबालिकालाई एउटा जिल्लाबाट अर्को ठाउँमा स्थानान्तरण गर्न रोक लगाएको ।
  • २०७२ जेष्ठ ११, सर्वोच्चका पूर्व न्यायाधीश भरतराज उप्रेतीले आत्महत्या गरेका ।
  • 24 May 2015, कोलकत्ताको एडेन गार्डेन्समा भएको आईपिएल ट्वान्टी–२० को फाइनलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई ४१ रनले हराउँदै उपाधी कब्जा गर्न सफल भएको  । यो मुम्बईको दोस्रो आइपिएल उपाधी हो ।
  • २०७२ जेष्ठ १२ - मानवअधिकार आयोगले भूकम्प पीडितलाई गुणस्तरहीन चामल बाँडेको भन्दै वितरणकर्ता विश्व खाद्य कार्यक्रम र नेपाल रेडक्रसमाथि कानुनी कारबाही गर्न मंगलबार सरकारलाई निर्देशन दिएको  ।
  • २०७२ जेष्ठ १४ गते बसेको मन्त्रिपरिषदको बैठकले गरेका केही महत्वपूर्ण निर्णयहरु !
  1. महाभूकम्पमा क्षतिग्रस्त भएका भौतिक संरचनाको पुनर्निमाण गर्नका लागि सहयोग जुटाउन सरकारले दाताहरुको सम्मेलन असार १० मा काठमाडौंमा गर्ने
  2. मन्त्रिपरिषद्ले सुगतरत्न कंसाकारलाई नेपाल वायुसेवा निगमको महाप्रबन्धकमा नियुक्त गरेको
  3. नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा संजीव गौतमलाई नियुक्त गरिएको
  4. सरकारले राष्ट्रिय अनुसन्धान विभागको प्रमुखमा दिलिपराज रेग्मीलाई नियुक्त गरेको
  5. अतिरिक्त अनुसन्धान महानिर्देशक (प्रहरीको एआइजी सरह) मा गणेशप्रसाद अधिकारीलाई नियुक्त गरेको
  • २०७२ जेष्ठ १४ - सरकारले २०७१ सालको राष्ट्रिय पत्रकारिता पुरस्कार धनुषाका धर्मेन्द्र झा तथा वरिष्ठ पत्रकार सम्मान कास्कीका कुसुमकेशव पराजुली, तनहुँका तेजप्रकाश पण्डित र पाल्पाका मेघराज शर्मालाई प्रदान गर्ने घोषणा गरेको ।
  • 29 May 2015, आठौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइएको । नेपालमा सन् २००८ देखि अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउन सुरु गरिएको हो ।
  • 29 May 2015, अमेरिकी राष्ट्रपति बराक ओबामाको प्रशासनले  क्युबालाई आतङ्कवादसम्बन्धी कालोसूचीबाट औपचारिक रूपमा हटाएको  ।
  • २०७२ जेष्ठ १६ - गत वैशाख १२ गतेको विनाशकारी भूकम्पमा परी मृत्यु हुनेहरुको सङ्ख्या ८ हजार ६ सय ९२ पुगेको  । भूकम्पबाट ज्यान गुमाउनेहरुमा उपत्यकामा १ हजार ७ सय २९, पूर्व क्षेत्रमा ५७, मध्यक्षेत्रमा छ हजार ४ सय ५३, पश्चिम क्षेत्रमा ४ सय ५१ र मध्यपश्चिम क्षेत्रमा दुई जना रहेको नेपाल प्रहरीले जनाएको  ।
  • २०७२, जेष्ठ १९ - फिफा अध्यक्ष सेप ब्लाटरले आफ्नो पदबाट राजीनामा दिएका ।
  • २०७२ जेष्ठ १९ - माउन्टेन एयरकाे हेलिकप्टर सिन्धुपाल्चाेककाे यमुना डाँडा गाविस- ८ काे शिला पर्वत जंगलमा  दुर्घटनाग्रस्त हुँदा त्यसमा सवार ४ जनाकाे मृत्यु भएकाे ।
  • 4 May 2015, विश्व फुटबल महासङ्घ (फिफा) को बरियतामा नेपाल दुई स्थान तल झरेको  । फिफाले  सार्वजनिक गरेको नयाँ बरियताअनुसार १८१ स्थानमा रहेको नेपाल १८३औँ स्थानमा पुगेको हो । भारत १४१औँ स्थानमा, अफगानिस्तान १५१औँ स्थानमा, भुटान चार स्थान माथि उक्लँदै १५९ मा, बङ्गलादेश तीन स्थान चढ्दै १६६ मा छ भने त्यत्तिनै स्थान माथि चढेको पाकिस्तान १७० स्थानमा पुगेको छ ।
  • २०७२ जेष्ठ २१ - सरकारले भारतमा उत्पादीत म्यागी चाउचाउलाई नेपालमा बिक्री वितरण र आयतमा प्रतिबन्ध लगाएको ।
  • २०७२ जेष्ठ २२,  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रको अध्यक्षमा डाक्टर सेनेन्द्रराज उप्रेतिलाई  नियुक्त गरेको । त्यस्तै नेपाल स्वास्थ्य अनुसन्धान परिषदको अध्यक्षमा डा. कृष्ण अधिकारी नियुक्त भएका ।
  • २०७२ जेष्ठ २४ - भारतले नेपालद्वारा प्रस्तावित तीन नयाँ क्रसबोर्डर (अन्तरसीमा) हवाई रुट सञ्चालनमा ल्याउन स्वीकृति दिएको । सरकारले यसका लागि ५ वर्षदेखि प्रयास गरिरहेको थियो । क्रसबोर्डर रुटअन्तर्गत अन्तर्राष्ट्रिय विमान पूर्वमा जनकपुर, पश्चिमबाट भैरहवा र मध्यपश्चिबाट नेपालगन्ज हुँदै काठमाडौं भित्रनेछ ।
  • 6 June 2015, बार्सिलोना पाँचौपटक यूरोपियन च्याम्पियन भएको । फाइनलमा यूभेन्टसलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले पाँचौ पटक च्याम्पियन्स लिग जितेको हो ।
  • 6 June 2015, फिफा महिला विश्वकप  क्यानडामा सुरु भएको  ।
  • २०७२ जेष्ठ २५ - लामो समयको अन्यौलपछि प्रमुख चार दलका बीच आठ प्रदेशमा सैद्धान्तिक सहमति भएको  । निर्वाचन प्रणालीमा पनि ६० प्रतिशत प्रत्यक्ष निर्वाचित हुने र ४० प्रतिशत समानुपातिक हुने टुंगाे लगाइएकाे  ।
  • २०७२ जेष्ठ २६ - आयोजक रूपन्देही–११ ले बुटवलमा जारी १८ औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको  ।
  • २०७२ जेष्ठ २६ - संबैधानिक परिषद्ले प्रधानन्यायाधीशमा सर्वाेच्च अदालतका वरिष्ठ न्यायाधीश कल्याण श्रेष्ठको नाम सिफारिस गरेको  ।
  • २०७२ जेष्ठ २७- राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल) का नेता पद्मसुन्दर लावतीको  निधन भएको छ ।
  • २०७२ जेठ २९- अखिल नेपाल फुटबल संघ (एन्फा) का कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको  निधन भएको  ।
  • २०७२ जेठ २९- नेपाली कामदारले ‘फ्रि भिसा र फ्रि टिकट’ मै खाडीका ६ मुलुक र मलेसिया जान पाउने भएका, यो व्यवस्थाअनुसार नेपाली कामदारहरू मलेसिया, कतार, साउदी अरब, यूएई, बहराइन, ओमन र कुवेत जाँदा लगभग नि:शुल्क पर्नेछ । जेठ २६ को मन्त्रीस्तरीय निर्णयअनुसार कामदारको आतेजाते हवाई टिकट र भिसा खर्च रोजगारदाता कम्पनीले नै बेहोर्नुपर्ने छ ।
  • २०७२ जेष्ठ ३० - नाबालिग बलात्कारविरुद्ध जाहेरी दिन ३५ दिने हदम्याद हटाउन सर्वोच्च अदालतले सरकारका नाममा परमादेश जारी गरेको  । न्यायाधीशद्वय गोपाल पराजुली र चोलेन्द्रशमशेर जबराको संयुक्त इजलासले हदम्यादकै कारण अपराधी फुत्किने विद्यमान कानुनी प्रावधान अन्तर्राष्ट्रिय मानव अधिकार कानुन तथा सन्धि सम्झौतासँग मेल नखाने भएकाले त्यसलाई हटाउने गरी कानुन बनाएर संसद्मा पेस गर्न सरकारलाई आदेश गरेको हो ।
  • २०७२ जेष्ठ ३१ - संविधान मस्यौदा समितिले संविधानसभाको निर्देशनअनुसार नयाँ संविधानको पहिलो एकिकृत मस्यौदा निर्माणको काम सुरु गरेको  ।
  • २०७२ जेष्ठ ३१ -  मन्त्रीपरिषद् बैठकले राष्ट्रिय पर्यटनको प्रवर्द्धन गर्न राष्ट्रिय पर्यन प्रवद्र्धन समिति गठन गरेको  । पर्यटन मन्त्री कृपासुर शेर्पा अध्यक्ष रहेको समितिको उपाध्यक्ष पर्यटन सचिव सुरेशमान श्रेष्ठ छन् । त्यस्तै मन्त्रीपरिषद्ले पर्यटन प्रवर्द्धन र अन्तराष्ट्रिय रुपमा सहयोग जुटाउन गैरआवासीय नेपाली संघ (एनआरएन) अध्यक्ष शेष घलेलाई सरकारको विशेष दूत नियुक्त गरेको  ।
  • २०७२ जेष्ठ ३२ - सरकारले महेन्द्र गुरुङलाई पञ्चेश्वर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको  ।
  • २०७२ जेष्ठ ३२ - दक्षिण एसियाको पूर्व तर्फका ४ देश बस सेवाबाट जोडिने भएका  । नेपाल, भारत, बंगलादेश र भुटानबीच बस सेवा संचालनबारे  सम्झौता भएको हो । भुटानको राजधानी थिम्पुमा भएको सम्झौता अनुसार ६ महिनाभित्र बस सेवा सुरु गर्ने सहमति जुटेको छ ।

- बिष्णु प्रसाद गौतम


You need to login to comment.

Facebook Comments