Welcome, Guest

मंसिर २०७३

2073-09-01  /  17.4K 0

महत्वपूर्ण  राष्ट्रिय समसामयिक गतिविधीहरु  !

  • मङ्सिर  १ :- विश्व मौसम संगठन (डब्लूएमओ) ले सन् २०१६ अहिलेसम्मकै सबभन्दा उच्च तापक्रम भएको वर्ष हुने संकेत देखिएको घोषणा गरेको  । माराकेसमा जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २२) कै दौरान डब्लूएमओले सन् २०१६ का ९ महिनाका तापक्रमको तथ्यांकले यो वर्ष सबैभन्दा तापमान भएको वर्ष हुन सक्ने जनाएको हो । 
  • मङ्सिर २ :- नेपाल प्रज्ञा प्रतिष्ठानले नेपाली भाषाको पुरानै वर्णविन्यास चलाउने निर्णय गरेको । भाषाका विषयमा विवाद बढेपछि प्राज्ञ परिषद्को बैठकले २०४० सालमा प्रकाशित नेपाली बृहत् शब्दकोशलाई मानक मानेर आगन्तुक र तद्भव शब्दको व्यवस्थापनमा परिवर्तन भएका शब्दहरूका प्रविष्टिलाई विकल्प मानेर चलाउने निर्णय गरेको हो । 
  • मङ्सिर २ :- जलवायु परिवर्तनका हिसाबले अति कम विकसित मुलुकहरूको समूह (एलडीसी) अन्तर्गतका ४८ मुलुकमा आधुनिक नवीकरणीय ऊर्जाको क्षमता र पहुँच बढाउन नवीकरणीय ऊर्जा प्रवद्र्धनसम्बन्धी विश्वव्यापी साझेदारी द्रुत अभियान घोषणा गरिएको  । माराकेसमा  जारी जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय सम्मेलन (कोप २२) कै दौरान एलडीसीको नेतृत्व गरिरहेका कंगोका तोसी मानु मानु, आगामी वर्षदेखि एलडीसीको नेतृत्व गर्न लागेका इथियोपियाका गेब्रु जेम्बर इन्डालो र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, नेपालका कार्यकारी निर्देशक रामप्रसाद धितालले  नवीकरणीय ऊर्जासम्बन्धी विश्वव्यापी साझेदारी द्रुत अभियान घोषणा गरेका हुन् । 
  • मङ्सिर ५ :- जलविद्युत् आयोजनाहरूको निर्माण गर्ने एकमात्र उद्देश्य राखी विद्युत् उत्पादन कम्पनी  ‘विद्युत् उत्पादन कम्पनी’ विधिवत् दर्ता भएको  ।  कम्पनीमा सुरुमा अधिकृत पुँजी २० अर्ब तथा चुक्ता पुँजी २ अर्ब रुपैयाँ राखिनेछ । कम्पनीमा नेपाली नागरिकलाई २९ प्रतिशत सेयर रहनेछ, जसमध्ये सर्वसाधारण नागरिकलाई १७, आयोजना प्रभावित जिल्लाका बासिन्दालाई १० र अति विपन्न परिवारलाई २ प्रतिशत सेयर दिइनेछ । कम्पनीमा ऊर्जा मन्त्रालयको २०, अर्थ मन्त्रालयको ५, कानुन मन्त्रालयको ५, विद्युत् प्राधिकरणको १०, कर्मचारी सञ्चयकोषको १०, नागरिक लगानीकोषको ५, जलविद्युत् लगानी तथा विकास कम्पनी लिमिटेडको ४, नेपाल टेलिकमको १० र राष्ट्रिय बिमा संस्थानको २ प्रतिशत संस्थापक सेयर रहनेछ ।
  • मङ्सिर ६ :-  राप्रपा र राप्रपा नेपालबीच एकीकरण भएको । संवैधानिक राजतन्त्र पक्षधर राप्रपा नेपाल र गणतन्त्र पक्षधर राप्रपाबीच यो एजेन्डा आउँदो महाधिवेशनमा टुंग्याउने सहमति भएसँगै पार्टी एक भएको हो । एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छ । पार्टी एकीकृत भएपछि व्यवस्थापिका संसद्मा राप्रपाको सिट संख्या ३७ पुगेको छ । राप्रपा नेपालको २५ र राप्रपाको १२ सिट थियो । 
  • मङ्सिर ७ :- भुइँचालोले क्षतिग्रस्त विश्व सम्पदामा सूचीकृत बौद्धनाथ महाचैत्य भक्तजनका लागि खुला भएको । प्रधानमन्त्री पुष्पकमल दाहालले महाचैत्यको पेटीको १ सय ८ लोकेश्वरका मूर्ति परिक्रमा गरेर उद्घाटन गरेका !
  • मङ्सिर ११ :- एपीएफ क्लब  रूपन्देही–११ लाई ५–३ ले हराउँदै झापामा संचालित सहारा–सुरुङ्गा गोल्डकपको च्याम्पियन बनेको  ।  च्याम्पियन बन्दै ३ लाख ५१ हजार १ सय ११ रुपैयाँ हात पार्‍यो भने रूपन्देहीले २ लाख ५१ हजार १ सय ११ रुपैयाँमा चित्त बुझायो । 
  • मङ्सिर ११ :- एसीसी वुमेन्स एसिया कप थाइल्याण्डको बैंककमा सुरु भएको , जसमा नेपाल पनि सहभागी रहेको !
  • मङ्सिर १७ :- नेपालको टाइगर टप्स टस्कर्स, नेपालले ३५ औं अन्तर्राष्ट्रिय हात्तीपोलोको उपाधि जितेको  । उसले नवलपरासीको अमलटारीमा  सम्पन्न प्रतियोगितामा आइसल्यान्डको एलिफेन्ट्स पोलो गियरलाई ८(५ गोलले हरायो । 
  • मङ्सिर १७ :- एसीसी वूमन्स एसिया कपमा सबै ५ खेलमा पराजित हुदै नेपाल प्रतोयोगिता बाट बाहिरिएको  ! थाइल्यान्डको बैंककमा भइरहेको प्रतियोगितामा नेपाल पाकिस्तान , बंगलादेश , थाइल्याण्ड , श्रीलंका र भारत संग पराजित भएको हो !
  • मङ्सिर १८ :- दक्षिण एसिया ओलम्पिक काउन्सिलको बैठकले  नेपालमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) एक वर्ष ढिलो गरी सन् २०१९ मा सञ्चालन गर्ने निर्णय गरेको ।नेपाल ओलम्पिक कमिटी (एनओसी) को सातदोबाटोस्थित कार्यालयमा सम्पन्न बैठकले १३ औं साग २०१९ मार्च ९ देखि १८ सम्म आयोजना गर्ने निर्णय गरेको हो । यसअघि गत वर्ष १२ औं सागका बेला भएको बैठकले १३ औं संस्करण सन् २०१८ मा सञ्चालन गर्ने निर्णय गरेको थियो ।
  • मङ्सिर १८ :- त्रिभुवन आर्मी क्लबले मनमोहन दुहबी गोल्डकपको उपाधि हात पारेको छ । उसले शनिबार भएको फाइनलमा मनाङ मस्र्याङ्दी क्लबलाई सडनडेथमा पराजित गर्‍यो ।
  • मङ्सिर २३ :- नेपाल इन्भेस्टमेन्ट बैंकले फाइनान्सियल टाइम्स लन्डनको ‘बैंक अफ द इयर ’ अन्तर्राष्ट्रिय पुरस्कार पाँचौंपटक फेरि प्राप्त गरेको ।
  • मङ्सिर २४ :- लादालाम’ चरित्रका कारण बढी चिनिने हास्यकलाकार आरपी भट्टराईको निधन भएको ! 
  • मङ्सिर ३० :- सरकारले कोरियाली र नेपालीको संयुक्त लगानीमा निर्माण हुने २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली १ जलविद्युत् आयोजना विकास सम्झौता (पीडीए) स्वीकृत गरेको छ । क्षमता २१६ मेगावाट क्षमताको यो आयोजना अगाडी बढे संगै  ५० अर्ब विदेशी लगानी नेपाल भित्रिनेछ !
  • मङ्सिर ३० :- चन्द्रागिरी हिल्स लिमिटेड द्वारा संचालित  चन्द्रागिरि केबलकारको औपचारिक सुरुवात प्रम पुष्पकमल दाहाल बाट  भएको  ।केबलकारको कुल लम्बाइ २ हजार ४ सय ६० मिटर रहेको छ । यो मनकामना केबलकारको दाँजोमा ३ सय १२ मिटर छोटो हो ।

अन्तराष्ट्रिय समसामयिक गतिविधी  !

  • १७ नोभेम्बर २०१६ :- रुसले अन्तरास्ट्रिय फौजदारी अदालतको सदस्यता त्याग गरेको !
  • १९ नोभेम्बर २०१६ :- विश्व शौचालय दिवस ! अन्तरास्ट्रिय नारा “Toilets and jobs” तय गरिएको ! 
  • २५ नोभेम्बर २०१६ :- कोलम्बियाली सरकार र फार्क विद्रोही बीच संसोधित शान्ति सम्झौता भएको !
  • २५ नोभेम्बर २०१६ :- महिला हिँसा विरुद्दको अन्तरास्ट्रिय दिवस ! दिवसको अन्तरास्ट्रिय नारा “Orange the World – raise funds to end violence against women” तय गरिएको छ ! संयुक्त राष्ट्र संघको महासभाले १९९९ को डिसेम्बरदेखि यो दिवस मनाउने निर्णय गरेको थियो !
  • २६  नोभेम्बर २०१६ :- क्युवाका पुर्व रास्ट्रपति फिडेल क्यास्ट्रो को निधन भएको ! उनि August 13, 1926 मा जन्मिएका थिए ! 
  • १० डिसेम्बर १०१६ :- विश्व मानव अधिकार दिवस ! यो वर्षको अन्तरास्ट्रिय नारा “Stand up for someone’s rights today” राखिएको थियो ! 
  • १५ डिसेम्बर २०१६ :- फोब्स पत्रिकाले २०१६ का शक्तिशाली व्यक्तिको सुची सार्वजनिक गरेको ! जस अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नवौ स्थानमा रहेका ! फोब्सले यस्तो सुची सन् २००९ बाट सार्वजनिक गर्दै आएको छ ! २०१६ का प्रमुख १० शक्तिशाली व्यक्तिहरु देहाय बमोजिम रहेका छन 
  • Rank Name Designation
    1 Vladimir Putin President of Russia
    2 Donald Trump President of USA
    3 Angela Merkel Chancellor of Germany
    4 Xi Jinping President of China
    5 Pope Francis Pope of Roman Catholic Church, Vatican City
    6 Janet Yellen Chairperson of US Federal Reserve
    7 Bill Gates Chairman of Bill & Melinda Foundation
    8 Larry Page Founder of Google
    9 Narendra Modi Prime Minister of  India
    10 Mark Zuckerberg Cofounder of Facebook

यो सामाग्री  विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय समाचार माध्यमको सहयोगमा बिष्णु प्रसाद गौतम द्वारा प्रस्तुत गरिएको हो !

 


You need to login to comment.

Facebook Comments