Welcome, Guest

कार्तिक २०७३

2073-08-01  /  7.3K 0

कार्तिक महिनाका महत्वपुर्ण समसामयिक गतिविधिहरु !

  • कार्तिक १ :- नेपाली सेना र अमेरिकी सेनाको स्पेसल अपरेसनल ग्रुपबीच संयुक्त तालिम ‘टेक नेल १७–०१’ सुरु भएको । महावीर गण (रेन्जर) र अमेरिकी समूहबीच , रसुवा जिल्लाको लाङटाङ र कास्की जिल्लाको पोखरा इलाकामा २०७३ कात्तिक २६ सम्म सञ्चालन हुने सेनाले जनाएको छ । 
  • कार्तिक ३ :- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिंह कार्कीविरुद्ध एमाले र माओवादी केन्द्रका १५७ सांसदलेसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गराएका  । महाअभियोग दर्तासँगै कार्की स्वत: निलम्बनमा परेका छन् ।
  • कार्तिक ३ :- अन्तर्राष्ट्रिय टबेल टेनिस महासंघ (आईटीटीएफ) का प्रशिक्षक आरिफ खान  राष्ट्रिय खेलकुद संरचना विकास परियोजनाको दोस्रो चरणका लागि नेपाल आएका  । पाकिस्तानका आरिफ दक्षिण एसियाली खेलकुदका स्वर्ण पदकधकारी हुन् । 
  • कार्तिक ४ :- ‘एभरेस्ट मम्मी’ उपनामले कहलिएकी पहिलो महिला सगरमाथा आरोही जुन्को ताबेईको ७७ वर्षको उमेरमा निधन भएको  । चार वर्षदेखि क्यान्सरले थलिएकी ताबेईको जापानको साइटामा सहरस्थित क्यान्सर अस्पतालमा उपचारक्रममा निधन भएको हो ! ताबेईले ३६ वर्षको उमेरमा २०३२ जेठ २ गते सगरमाथाको चुचुरोमा पहिलो महिला आरोहीका रूपमा पाइला राखेकी थिइन् ।सगरमाथापछि ताबेईले सातै महाद्वीपका अग्ला चुचुरा चुम्ने पहिलो महिलाको रेकर्ड पनि बनाइन् । उनले स्थापना गरेको हिमालयन एड्भेन्चर ट्रस्टले अहिले पनि खुम्बुलगायत संसारभरका हिमाली क्षेत्रमा संरक्षणको काम गर्दै आएको छ ।
  • कार्तिक ८ :- नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई  चौथो पुस्ताको (फोरजी) मोबाइल सेवा चलाउन अनुमति दिएको  । प्राधिकरणले  २०७३  पुस १७ (जनवरी १) देखि मात्र सेवा चलाउन पाउने गरी अनुमति दिएको छ ।
  • कार्तिक ८ :- नरेन्द्रलाल श्रेष्ठ अखिल नेपाल फुटबल संघ (एन्फा) को अध्यक्षमा निर्वाचित भएका  । १५ औं साधारणसभामा  ३६ मतसहित उनी एक वर्षका लागि अध्यक्ष चुनिएका हुन् ।
  • कार्तिक ९ :-  हरुवाचरुवाहरूको प्रथम राष्ट्रिय सम्मेलन  सुरु भएको  । उपेक्षित र दासजस्तो बाँच्नुपर्ने बाध्यता रहेकाले दासत्वबाट मुक्ति र गास, बास, कपास, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी हुनुपर्ने उनीहरूको माग छ । २ दिनसम्म चल्ने सम्मेलनले हरुवाचरुवा मुक्तिका लागि राजविराज घोषणापत्र जारी गर्नेछ । सम्मेलनमा सप्तरी, सिरहा, धनुषा, महोत्तरी, बारा, पर्सा, सुनसरी र सर्लाहीका प्रतिनिधि छन् ।
  • कार्तिक ११ :- अर्थमन्त्रि कृष्णबहादुर महराको अध्यक्षतामा बसेको निजीकरण समितिको बैठकले हेटौडा कपडा उद्योग सुरक्षा निकायको लगानीमा सञ्चालन गर्ने निर्णय गरेको  ।  नेपाल सरकार, नेपाली सेना, जनपथ प्रहरी र सशस्त्र प्रहरीको सयुक्त लगानीमा कपडा उद्योग सञ्चालन गर्ने निर्णय भएको  ।
  • कार्तिक १४ :- नेपाल दूरसञ्चार प्राधिकरणले एनसेललाई चौथो पुस्ता (फोरजी) मोबाइल सेवा चलाउने अनुमति दिएको  । 
  • कार्तिक १४ :- संकटा क्लब काठमाडौंले १२ औं टुबोर्ग विकास रनिङ सिल्ड अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि हात पारेको  ।   फाइनलमा विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई ३–० ले पराजित गर्दै संकटा उपाधिमाथि कब्जा जमाउन सफल भएको हो ।
  • कार्तिक १५ :- सूचना प्रविधि विकासका हिसाबले नेपाल दक्षिण एसियामा क्षेत्रको पाँचौं स्थानमा परेको  । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) ले तयार पारेको गत वर्षको सूचना तथा सञ्चार प्रविधि (आईसीटी) विकास सूचकांक प्रतिवेदनअनुसार नेपाल दक्षिण एसियाली मुलुकमध्ये ५ औं स्थानमा परेको हो । आईटीयूको प्रतिवेदनअनुसार दक्षिण एसियाली सहयोग संगठन (सार्क) का ८ सदस्य राष्ट्रमध्ये पाकिस्तान, बंगलादेश र अफगानिस्तान नेपालभन्दा पछाडि परेका छन् । यसैगरी माल्दिभ्स, श्रीलंका, भुटान र भारत नेपालभन्दा माथि परेका छन् । 
  • कार्तिक १७ :भारतीय राष्ट्रपति प्रणव मुखर्जी आफ्नो राजकीय भ्रमणको क्रममा नेपाल आएका ! यसअघि राष्ट्रपति केआर नारायणनले २०५५ जेठ १४ मा नेपालको राजकीय भ्रमण गरेका थिए । उनी पछिका अब्दुल जे कालम र प्रतिभा पाटेलले नेपालको भ्रमण गरेनन् ।
  • कार्तिक १८ :- नेपालको राजकीय भ्रमणमा रहेका भारतका राष्ट्रपति प्रणव मुखर्जीलाई काठमाडौं विश्वविद्यालयले मानार्थ महाविद्यावारिधिको उपाधि प्रदान गरेको  ।  विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले उपाधिबाट विभूषित गरेका हुन् । 
  • कार्तिक १८ :- सरकारले पूर्वमन्त्री बलबहादुर राईको योगदानको सम्मान स्वरूप हुलाक टिकट प्रकाशन गरेको । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीलेनेता राईको तस्बिरअंकित हुलाक टिकटमा टाँचा लगाई सार्वजनिक गरेका हुन् । ‘बलबहादुर राई, राजनीतिज्ञ (वि.सं. १९७७–२०६७)’ उल्लेखित उक्त हुलाक टिकट १० रुपैयाँको छ ।
  • कार्तिक २२ :- इन्डोनेसियाको बालीमा इन्टरपोलको   ८५ औं महासभा आयोजना गरिएको ! इन्टरपोलमा संलग्न १ सय ९० राष्ट्रका प्रतिनिधि सहभागी महासभामा प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल र सशस्त्र प्रमुख दुर्जकुमार राई सहभागी । नेपाल प्रहरी मतदान अधिकारसहित र सशस्त्र पर्यवेक्षकका रूपमा महासभामा सहभागी भएको हो । 
  • कार्तिक २२ :- स्वास्थ्य मन्त्रालयले मृगौलाका बिरामीलाई आवश्यक डायलाइसिस उपचार पूर्ण रूपमा नि:शुल्क गरेको  । यसअघि सातामा दुई पटक डायलाइसिस गर्न मात्र नि:शुल्क गरिएको थियो  !
  • कार्तिक २४ :- अमेरिकाको ४५ औं राष्ट्रपतिमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प निर्वाचित भएका  ।  ट्रम्पले ३० राज्यमा जित हासिल गरे भने डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले २० राज्य मात्र आफ्नो पक्षमा पारेकी छन् । रियल स्टेट बिलिनियर ७० वर्षीय ट्रम्पले २ सय ८९ इलेक्ट्रोरल मत पाए भने पूर्वविदेशमन्त्री ६९ वर्षीया क्लिन्टन २ सय १८ मतमै सीमित रहिन् । राष्ट्रपतिमा निर्वाचित हुनका लागि कुल पाँच सय ३८ इलेक्ट्रोरल मतमध्ये बहुमत अर्थात् दुई सय ७० मत आवश्यक पर्छ !
  • कार्तिक २७ :- पूर्वप्रधानन्यायाधीश गोविन्दबहादुर श्रेष्ठको ७७ वर्षको उमेरमा  निधन भएको  । ब्रेन ट्युमरको उपचार गराइरहेका श्रेष्ठको  ललितपुरको सुनाकोठीस्थित आफ्नै निवासमा निधन भएको हो । 
  • कार्तिक २८ :- नेपालमा संयुक्त राष्ट्रसंघको शान्ति तथा नि:शस्त्रीकरण एसिया कार्यालय पुन:स्थापना हुने भएको  । मन्त्रिपरिषद्को बैठकले शान्ति तथा नि:शस्त्रीकरण एसिया कार्यालय काठमाडौंमा पुन:स्थापना गर्ने निर्णय गरेको  ।  यसअघि उक्त कार्यालय २०७२ सालको गोरखा भूकम्पपछि नेपालबाट हटाइएको थियो । 
  • कार्तिक ३० :- नेपालले एएफसी सोलिडारिटी कपको फाइनलमा मंगलबार मकाउलाई १–० ले हराएर पहिलोपल्ट महादेशीय प्रतियोगिताको उपाधि जितेको  । मलेसियाको कुचिङस्थित सरावक स्टेडियममा भएको फाइनलमा सुजल श्रेष्ठले २९ औं मिनेटमा गरेको गोल निर्णायक बन्यो । सन् १९८२ देखि औपचारिक रूपमा अन्तर्राष्ट्रिय फुटबलमा सहभागी नेपाली राष्ट्रिय टिम एसियाली फुटबल महासंघ (एएफसी) द्वारा आयोजित प्रतियोगितामा पहिलोपल्ट च्याम्पियन भएको हो । यसअघि नेपाल महादेशीय प्रतियोगितामा २००६ मा बंगलादेशमा भएको च्यालेन्ज कपको सेमिफाइनलसम्म पुगेको थियो । च्यालेन्जको अन्तिम संस्करण २०१४ मा भएको थियो । विश्वकप २०१८/एसियन कप २०१९ को छनोटबाट बाहिरिएका देशहरूका लागि एएफसीले पहिलोपल्ट सोलिडारिटी कप आयोजना गरेको हो । चार–चार वर्षमा हुने एसियन कप सबभन्दा प्रतिष्ठित महादेशीय प्रतियोगिता हो ।

महत्वपुर्ण अन्तरास्ट्रिय  समसामयिक गतिविधिहरु 

  • २०१६ अक्टोबर  २७ :- सिया सोसाइटीले प्रदान गर्दै आएको ‘एसियन गेमचेन्जर अवार्ड’ डा. सन्दुक रुइतलाई प्रदान गरिएको । अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ भवनमा आयोजित विशेष कार्यक्रममा गत अक्टोबर २७ मा अवार्ड हस्तान्तरण गरिएको हो । एसियाको राजनीति, व्यवसाय, शिक्षा, कला र संस्कृतिको क्षेत्रमा समाजलाई उत्प्रेरणा दिने र सकारात्मक दिशा देखाउन मद्दत गर्नेलाई यो पुरस्कार दिइन्छ । यस वर्ष डा. रुइतसँगै प्रसिद्ध चिनियाँ फिल्म निर्देशक एवं बेइजिङ ओलम्पिक उद्घाटनका निर्देशक च्याङ यिमु तथा विश्वप्रसिद्ध आर्किटेक्ट आई.एम. पाईले पनि यो पुरस्कार पाएका छन् । पुरस्कार बेलायती राजकुमारी वेट्रिस तथा चाल्र्स रकफेलरले हस्तान्तरण गरेका थिए । 
  • २०१६ नोभेम्बर ८ :- ४५ औं अमेरिकी राष्ट्रपतिको निर्वाचन मंगलबार हुँदै छ । सन् १८४५ मा सुरु भएको प्रचलनअनुसार नोभेम्बर महिनाको पहिलो मंगलबार अमेरिकी राष्ट्रपतिको निर्वाचन हुने गर्दछ । दुई ठूला पार्टीअन्तर्गत डेमोक्रेटिक पार्टीका तर्फबाट पूर्वविदेशमन्त्री ६९ वर्षीया हिलारी रोदम क्लिन्टन र रिपब्लिकन पार्टीका उम्मेदवार ‘रियलस्टेट बिलिनियर’ ७० वर्षीय डोनाल्ड जोन ट्रम्पबीच राष्ट्रपतिका लागि निकै कडा प्रतिस्पर्धा हुने संकेत विभिन्न मत सर्वेक्षणले देखाएका छन् ।
  • २०१६ नोभेम्बर ९ :- भारत सरकारले भारु पाँच सय र हजार दरका नोट चलनचल्तीमा प्रतिबन्ध लगाएको  । प्रधानमन्त्री नरेन्द्र मोदीले  राष्ट्रका नाममा सम्बोधन गर्दै कालो धन र जाली नोट निषेध गर्न तथा आतंकवाद नियन्त्रणका लागि ती नोट प्रतिबन्धित गरिएको बताए । 
यो सामाग्री  विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय समाचार माध्यमको सहयोगमा बिष्णु प्रसाद गौतम द्वारा प्रस्तुत गरिएको हो !

You need to login to comment.

Facebook Comments