Welcome, Guest

आश्विन २०७३

2073-07-01  /  16.7K 0

महत्वपूर्ण  राष्ट्रिय समसामयिक गतिविधीहरु  !

  • आश्विन १ :- त्रिमूर्ति निकेतन ले नेपाली भाषा–साहित्यको सेवा गरेबापत विभिन्न साहित्यकारहरुलाई विभिन्न पुरस्कार बाट सम्मान गर्ने निर्णय गरेको । जसमध्य भागिरथि श्रेष्ठलाई ‘नेपाली साहित्य नारीरत्न’ मुकुन्द शर्मालाई ‘लेखनाथ काव्य पुरस्कार’,अशेष मल्ललाई ‘बालकृष्ण सम पुरस्कार’ र मञ्जुललाई ‘देवकोटा काव्य पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ । 
  • आश्विन १ :- राणा प्रधानमन्त्री जुद्धशमशेरको पालामा सामाजिक कुरीति र लैंगिक विभेदको विरोध गर्दै सामूहिक जल समाधि लिएकी योगमाया न्यौपानेको सम्मानमा २०६५ सालमा स्थापित ‘योगमाया राष्ट्रिय नारी सम्मान’ २०७३ सालमा तीन दशकदेखि महिला हिंसा र अन्य सामाजिक बेथितिविरुद्ध संघर्ष गर्दै आइरहेकी दुर्गा घिमिरेलाई प्रदान गरिएको । 
  • आश्विन २ :- तेक्वान्दोकी खेलाडी सिता भण्डारीले  पोल्यान्डको वार्सामा भएको पाँचौं युरोपियन पारा तेक्वान्दो च्याम्पियनसिपमा कांस्यपदक जितेकी । 
  • आश्विन २ :- न्याय परिषद्ले ५ उच्च अदालतमा मुख्य न्यायाधीश र २ वटामा न्यायाधीश तोकेको छ । विराटनगरमा तेजबहादुर केसी, पोखरामा पुरुषोत्तम भण्डारी, तुलसीपुरमा बमकुमार श्रेष्ठ, सुर्खेतमा डम्बरबहादुर शाही र पाटनमा टंकबहादुर मोक्तानलाई मुख्य न्यायाधीश तोकेको हो । जनकपुरमा सुरेन्द्रवीर सिंह बस्न्यात र दिपायलमा प्रकाशकुमार ढुंगाना न्यायाधीश तोकिएका छन् । मुख्य न्यायाधीश नतोकिएसम्म जनकपुर र दिपायलमा न्यायाधीशले नै निमित्त मुख्य न्यायाधीशका रूपमा काम गर्नेछन् ।
  • आश्विन ०३ :- पहिलो संविधान दिवस । २०७२ साल आश्विन ०३ गते संविधानसभा बाट संविधान जारी भएको खुशीयालिमा हरेक बर्षको आश्विन ०३ गते यो दिवस मनाउने निर्णय सरकारअले गरेको हो । 
  • आश्विन ०४ :- रामलाल जोशी द्वारा लिखित सुदूरपश्चिमेली समाजको कथाव्यथा बोकेको कथा संग्रह ‘ऐना’ ले यस वर्षको मदन पुरस्कार पाउने भएको । मदन पुरस्कार गुठीको निर्णय अनुसार लामो समयदेखि नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा समर्पित लील बहादुर  क्षत्रीलाई जगदम्बाश्री सम्मान प्रदान गरिने भएको छ । पुरस्कार र सम्मानमा दुई/दुई लाख रुपैयाँ दिने गरिन्छ ।
  • आश्विन ०६ :- सरकारले सातै प्रदेशमा उच्च सरकारी वकिलको कार्यालय स्थापना गर्ने निर्णय गरेको । मन्त्रिपरिषद्को बैठकले सात प्रदेशका उच्च अदालत स्थापना भइसकेका ठाउँमा एक–एक वटा उच्च सरकारी वकिलको कार्यालय खोल्ने निर्णय गरेको हो । उच्च सरकारी कार्यालय खोल्ने निर्णयसँगै पुनरावेदन सरकारी वकिलको कार्यालय स्वत: खारेज भएका छन् ।
  • आश्विन ०६ :- सरकारले नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा कामिनी राजभण्डारीलाई नियुक्त गरेको ।
  • आश्विन ०९ :- पूर्वगृहमन्त्री माधवप्रसाद घिमिरे चढेको गाडी चितवनमा दुर्घटना हुँदा माधवप्रसाद घिमिरे (बेपत्ता) को निधन भएको । 
  • आस्विन १० :- ५० मेगावाटको माथिल्लो मस्र्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेको छ । चिनियाँ बहुराष्ट्रिय कम्पनी सिनो हाइड्रोको ९० र नेपालको चितवन कोई समूह (सगरमाथा हाइड्रोपावर कम्पनी) को १० प्रतिशत गरी  करिब १६ अर्ब रुपैयाँ लगानीमा आयोजना सञ्चालित छ । 
  • आश्विन १२ :- नेपालका दुग्ध व्यवसायीको संगठन नेपाल डेरी एसोसिएसनले  पहिलोपटक विश्व स्कुल दूध दिवस मनाएको छ । (स्मरण रहोस सबैभन्दा बढी दूध उत्पादन गर्ने  र दुग्ध उत्पादनमा पहिलो पटक आत्मनिर्भर भएको जिल्ला काभ्रेप्लाञ्चोक हो । 
  • आश्विन १२ :- राष्ट्रिय सूचना आयोगले प्रभावकारी ढंगले सर्वसाधारणलाई सूचना उपलब्ध गराउने र आवश्यक सार्वजनिक महत्त्वको सूचना माग गरी सूचनाको हकको क्षेत्रमा विशेष योगदान पुर्‍याउने कार्य गर्दै आएका ७ जनालाई पुरस्कृत गरेको । सेप्टेम्बर २८ मा मनाइने सूचनामा सर्वव्यापी पहुँचका लागि अन्तर्राष्ट्रिय दिवसको  अवसरमा  मुक्तिनाथ भुसाल, प्रवीणकुमार शर्मा, शारदा भुसाल झा, सुरेश आचार्य , गणेशबहादुर बानियाँ लोकसेवा आयोगकी सूचना अधिकारी गीता हुमागाईं र जिल्ला विकास समिति बागलुङका सूचना अधिकारी अखिलनाथ शर्मा पुरस्कृत भएका छन् ।  प्रत्येकलाई ३० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरियो ।
  • आश्विन १४ :- राष्ट्रपति विद्यादेवी भण्डारीले ऋषिराम घिमिरेलाई रूसका लागि नेपाली राजदूत नियुक्त गरेकी  ।
  • आश्विन १४ :- रुस्लान थ्री–स्टार क्लबले भारतको गुवाहाटीमा भएको ६४ औं संस्करणको बोर्दोलोई ट्रफीको उपाधि  जितेको  । थ्री–स्टारले उपाधि भिडन्तमा भारतको इस्ट बंगाल फुटबल क्लबलाई २–१ गोल अन्तरले पराजित गर्‍यो ।
  •  आश्विन १६ :- २०७३ आश्विन १६ गते  साँझ देखी  इस्लामिक नयाँ वर्ष हिजरी संवत् १४३८ सुरु भएको ।  
  •  आश्विन १६ :- नेपाल टेलिकमले चौथो पुस्ताको दूरसञ्चार सेवा (फोरजी) चलाउने अनुमति पाएको ।  दूरसञ्चार सेवाको नियामक नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकमलाई  १ हजार ८ सय मेगाहर्ज फ्रिक्वेन्सी ब्यान्डमा यस्तो सेवा चलाउन अनुमति दिएको हो । नेपालमा यस्तो अनुमती प्राप्त गर्ने नेपाल टेलिकम पहिलो र हालसम्म एउटै सेवा प्रदायक हो । 
  • आश्विन १७ :-  चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५ प्रतिशत रहने विश्व बैंकले प्रक्षेपण गरेको ।एडिबीले भने वृद्धिदर ४ दशमलव ८ प्रतिशत हुने प्रक्षेपण गरेको थियो ।  सरकारले चालु आर्थिक वर्षमा ६ प्रतिशत वृद्धि हुने अनुमान  गरेको छ । गत आर्थिक वर्षमा वृद्धिदर शून्य दशमलव ७७ प्रतिशत रह्यो । अझ विश्व बैंकले संशोधित अनुमानअनुसार शून्य दशमलव ६ प्रतिशत मात्रै रहेको जनाएको छ, जुन १४ वर्षयताकै न्यून थियो ।
  • आश्विन १८ :- भारतको राजधानी नयाँ दिल्लिमा प्रबुद्द समुहको दोस्रो बैठक आयोजना गरिएको । बैठकमा नेपालले औपचारिक रूपमा सन् १९५० को शान्ति तथा मैत्री सन्धि संशोधनको प्रस्ताव गरेको  । स्मरण रहोस् यो समुहको पहिलो बैठक २०७३ असार २० गते काठमाडौंमा आयोजना गरिएको थियो । 
  • आश्विन १८ :- व्यवस्थापिका संसद्ले गत वर्ष फ्रान्सको पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्झौता  अनुमोदन गरेको । दक्षिण एसियाली मुलुकहरूमा पेरिस सम्झौता अनुमोदन गर्ने नेपाल तेस्रो मुलुक हो । यसअघि माल्दिभ्स र भारतले उक्त सम्झौता अनुमोदन गरिसकेका छन् ।   पेरिस सम्झौतामा नेपालका तर्फबाट तत्कालीन परराष्ट्रमन्त्री कमल थापाले  २०७३ वैशाख १० मा  हस्ताक्षर गरेका थिए । राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी पक्ष मुलुकहरू (यूएनएफसीसीसी) का १९७ सदस्य राष्ट्रमध्ये १८० ले सम्झौतामा हस्ताक्षर गरेका छन् ।  जलवायु परिवर्तनको मुख्य कारक मानिएको हरितगृह ग्यास उत्सर्जन गर्ने दुई शक्तिशाली मुलुकहरू अमेरिका र चीनले गत १८ भदौमा पेरिस जलवायु सम्झौता अनुमोदन गरेका थिए । यी दुई मुलुकले विश्वभर उत्सर्जन हुनेमध्ये ४० प्रतिशत हरितगृह उत्सर्जन गर्छन् ।
  • आश्विन् २९ :- नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आईसीसी महिला विश्वकप २०१७ एसियाली छनोटमा उपविजेता हुँदै  एसिया कप खेल्ने अवसर प्राप्त  गरेको छ ।
  • आश्विन ३० :- सरकारले सेक्युरिटी गार्ड र अन्य काममा अफगानिस्तान जान लगाएको प्रतिबन्ध हटाएको । ‘ग्रिन जोन’ मा काम गर्न मात्रै प्रतिबन्ध फुकुवा गरिएको हो । गत असार ६ मा काबुलमा भएको बम विस्फोटमा परी १३ नेपालीको मृत्यु भएपछि सरकारले अफगानिस्तान जान प्रतिबन्ध लगाएको थियो ।
     

अन्तराष्ट्रिय समसामयिक गतिविधी  !

  • September 16 :- अन्तराष्ट्रिय ओजोन तह संरक्षण दिवस ! दिवसको यो बर्षको नारा “Ozone and climate: Restored by a world united”  राखिएको छ । 
  • September 21 :- अन्तराष्ट्रिय शान्ती दिवस । दिवसको यो बर्षको नारा “The Sustainable Development Goals: Building Blocks for Peace” रहेको छ । 
  • September 27 :- मेक्सिकोमा तीन जना आमाबाबु बाट विश्वमै पहिलो बच्चाको जन्मा भएको । हाल विवादित  यो प्रविधिलाई Mitochondrial donation (Mitochondrial Replacement Therapy) भनिन्छ जुन मार्फत जन्मिने बच्चामा तीन जनाको DNA रहन्छ । 
  • September 28 :- कोलम्बियाली सरकार र त्यहाको फार्क FARC (Revolutionary Armed Forces of Colombia) बिच शान्ती सम्झौता भएको । फर्कले सन १९६४ देखी सञ्चालन गरेको गृह युद्दले झन्डै तीनलाखको ज्यान गएको थियो । 
  • September 28 :- जिम योङ किम विश्व बैंकको अध्यक्ष पदमा आफ्नो दोस्रो कार्यकालका लागि निर्वाचित भएका । उनको ५ बर्षे दोस्रो कार्यकाल सन २०१७ जनवरी १ बाट सुरु हुनेछ । ( सन १९४४ मा स्थापित विश्व  बैंकका उनी १२ औं अध्यक्ष हुन । )
  • October 2 :- अहिंसा विरुद्दको अन्तराष्ट्रिय दिवस । यो दिवस महात्मा गान्धिको जन्मदिनको अवसरमा २००७ देखी मनाउन थालइेको हो । 
  • October 5 :- बेलायति भौतिक शास्त्री David Thouless, F Duncan M Haldane र  Michael Kosterlitz लाई सन २०१६ को भौतिक शास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिने भएको । 
  • October 7 :- वर्षको नोबेल शान्ति पुरस्कार ५२ वर्ष लामो गृहयुद्ध टुंग्याउने प्रयासका लागि कोलम्बियाका राष्ट्रपति ज्वान म्यानवेल सान्तोसलाई दिने घोषणा गरिएको । नोबेल पुरस्कार समितिकी अध्यक्ष कासी कुलमनले  यो घोषणा गरेकी हुन् । फार्क विद्रोही र कोलम्बिया सरकारबीच क्युबाको राजधानी हवानामा ४ वर्ष चलेको वार्तापछि गत महिना स्थायी शान्ति सम्झौता भएको थियो । 
  • October 8 :- The Asia Cooperation Dialogue (ACD) को दोस्रो सम्मेलन  थाइल्यान्डको बैंककमा सुरु भएको । ६ महिनाअघि मात्रै एसीडीको सदस्य बनेको नेपालका तर्फबाट उच्चस्तरीय सम्मेलनमा परराष्ट्रमन्त्री प्रकाशशरण महत सहभागी भएका छन् । २००२ मा स्थापित यो संगठनमा एसियाका ३४ मुलुक सदस्य छन् जसमध्य नेपाल कान्छो सदस्य हो । यो बैठक ८ अक्टोबर देखी १० अक्टोबर सम्म चलेको हो ।  ACD को पहिलो सम्मेलन सन २०१२ मा कुवेतमा भएको थियो भने तेस्रो सम्मेलन सन २०१८ मा ईरानमा हुनेछ ।
  • October 10 :- फिन्ल्याण्डका Oliver Hart र बेलायतका Bengt Holmström लाई सन २०१६ को अर्थशास्त्र तर्फको नोबेल पुरस्कार प्रदान गरिने घोषणा गरिएको । 
  • October 13 :-  राष्ट्रसंघको नयाँ महासचिवमा पोर्चुगलका पूर्वप्रधानमन्त्री एन्टोनियो गुटरेस चयन भएका  । राष्ट्रसंघीय महासभाको बैठकले उनलाई नवौं महासचिव चयन गरेको हो । गुटरेसले जनवरी १ देखि कार्यभार सम्हाल्ने छन् । गुटरेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलका प्रधानमन्त्री थिए । उनी २००५ देखि २०१५ सम्म संयुक्त राष्ट्रसंघको उच्चायुक्तका रूपमा कार्यरत थिए । 
  • October 14 :-
    नोबेल कमिटीले ७५ वर्षे अमेरिकी गायक, गीतकार बब डेलनलाई यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार दिने घोषणा गरेको  । अमेरिकी संगीत परम्परामा काव्यिक अभिव्यक्ति भित्र्याएको योगदानस्वरूप डेलनलाई साहित्यतर्फको पुरस्कार दिइएको हो । तल हेर्नुहोस् यो बर्षको नोबेल पुरस्कार बिजेताको सुची
    Physics
    David J. Thouless; (UK)
    Duncan Haldane;(UK)
    John M. Kosterlitz(UK)
    Chemistry
    Jean-Pierre Sauvage; (France)
    Fraser Stoddart; (UK)
    Ben Feringa (Netherlands)
    Medicine Yoshinori Ohsumi (Japan)
    Literature Bob Dylan (USA)
    Peace Juan Manuel Santos (Columbia)
    Economics
    Oliver Hart; (Finland)
    Bengt R. Holmström (UK)

यो सामाग्री  विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय समाचार माध्यमको सहयोगमा बिष्णु प्रसाद गौतम द्वारा प्रस्तुत गरिएको हो !


You need to login to comment.

Facebook Comments