Welcome, Guest

भाद्र २०७३

2073-06-01  /  6.1K 0

महत्वपूर्ण  राष्ट्रिय समसामयिक गतिविधीहरु  !

  • भाद्र २ :- सरकारले तराई–मधेससहित विभिन्न ठाउँका आन्दोलन क्रममा भएका हिंसात्मक घटनामा मृत्यु भएका विभिन्न ५२ जनालाई  शहिद घोषणा गरेको !
  • भाद्र २ :- सरकारले तराई–मधेससहित विभिन्न ठाउँका आन्दोलन क्रममा भएका हिंसात्मक घटना र जनधन क्षतिको छानबिन गरी दोषीमाथि कारबाही तथा पीडितलाई क्षतिपूर्ति सिफारिस गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरीशचन्द्र लालको अध्यक्षतामा ७ सदस्यीय आयोग 
     गठन गरेको ।
  • भाद्र ३ : - वैदेशिक रोजगारीमा जाने घरेलु कामदारका लागि नेपालले तय गरेको कार्यविधि र निर्देशिकासँग असहमति जनाउँदै लेबनानले नेपाली कामदारमाथि नै प्रतिबन्ध लगाएको । 
  • भाद्र ३ : - मन्त्रिपरिषदका पुर्व अध्यक्ष खिलराज रेग्मीले अमेरिकि सामाजिक संस्था वि केयर फर ह्युमानिटीले प्रदान गर्ने 'एसियाका प्रतिष्ठित बर्ष पुरुष' नामक सम्मान प्राप्त । 
  • भाद्र ६ :- 'नासो,’ ‘श्रीस्वस्थानी’, ‘माइली’ लगायतका चर्चित फिल्म निर्माण गरेका डीबी (डम्बरबहादुर) थापाको निधन भएको । 
  • भाद्र ९ :- वारि जमुना पारि जमुना...’ गीतका गायक खेमराज गुरुङको ४२ वर्षको उमेरमा निधन  भएको । 
  • भाद्र १२ :- गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका कुनै पनि गतिविधिमा संलग्न हुन रोक लगाउने निर्णय  गरेको !
  • भाद्र १६ :- मन्त्रिपरिषद बैठकले राष्ट्रिय योजना आयोगकोसदस्य उपाध्यक्षमा मिनबहादुर श्रेष्ठलाई नियुक्तगर्नुका साथै भारतका लागि दीपकुमार उपाध्याय र चीनका लागि पूर्व मुख्यसचिव लीलामणि पौड्याललाई राजदुत पदमा सिफारिस गरेको । 
  • भाद्र १६ :- नेपाल राष्ट्र बैंक (दोस्रो संशोधन) ऐन २०५८ लाई संशोधन गर्न बनेको विधेयक संसद्बाट  पारित भएको !
  • भाद्र १९ :- पहिलोपल्ट  भ्यागुते रोग उपचारका लागि अत्यावश्यक एन्टी डिप्थेरिया सिरम (एडीएस) मुलुकमा  भित्रिएको !
  • भाद्र २० :- निजी क्षेत्रको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले आधारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमति  पाएको , स्मरण रहोस् हालसम्म धारभूत टेलिफोन सेवा सञ्चालनका लागि अनुमति पाएका सेवा प्रदायक संस्था ४ वटा  छन् । यसअघि नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमले यस्तो अनुमति पाइसकेका छन्।
  • भाद्र २१ :- लन्डनस्थित सेन्ट्रल क्रिमिनल कोर्ट (फौजदारी अदालत) ओल्ड बेलीमा कोर्ट नम्बर ६ मा जस्टिस स्विनी नेतृत्वको इजलासले यातनासम्बन्धी मुद्दा खेपिरहेका नेपाली सेनाका महासेनानी कुमार लामालाई  निर्दोष घोषित गरेको !
  • भाद्र २२ :- १३ औं निजामति सेवा दिवस ! नेपालमा निजामति सेवा गठन भएको ६० वर्ष पूरा भए पनि २०६२ साल भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो । दिवसको यो बर्षको नारा ‘सेवामैत्री प्रशासन, सङ्घीयतामा सुशासन’ रहेको छ् । दिवसको अवसरमा प्रदान गरिने २ लाख पुरस्कार राशीको सर्वोत्कृष्ट निजामती कर्मचारीको पुरस्कार  अर्थ सचिव शान्तराज सुवेदीलाई प्रदान गरिएको छ ।
  • भाद्र २२ :-  एसियाली विकास बैंक (एडीबी) ले हिमालयन बैंकलाई ‘टीएफपी अवार्ड २०१६–लिडिङ पार्टनर बैंक इन नेपाल’ प्रदान गरेको । 
  • भाद्र २३ :- सरकारले केन्द्र र प्रदेशहरूको सरकारी कामकाजको भाषा निर्धारण, भाषा र लिपिको संरक्षणलगायतका काम बिहीबार भाषा आयोग गठन गरेको ! उक्त आयोगको अध्यक्षमा डा. लवदेव अवस्थी रहेका छन । 
  • भाद्र २३ :- ३७ औं राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शिक्षा मन्त्रालयले सामुदायिक तर्फ कास्कीको शीतलादेवी सामुदायिक विद्यालय र संस्थागत तर्फ ललितपुरको ग्रेडेड मिडियम स्कुल (जेम्स) ले नेपालको उत्कृष्ट विद्यालयको उपाधी सहित्  राष्ट्रिय सिल्ड, ध्वजासहित २ लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गरिएको । ३७ औं राष्ट्रिय शिक्षा दिवसको नारा  ''समृद्ध राष्ट्र निमार्णका लागि जीवनोपयोगी शिक्षामा लगानी '' तय गरिएको थियो । 
  • भाद्र २३ :- नेपाली हास्यव्यंग्य क्षेत्रमा कलाकार सन्तोष पन्तलाई ‘वासुवेद लुइँटेल पुरस्कार २०७३’ प्रदान गरिएको ।
  •  भाद्र २३ :- सरकारले कर्मचारी सरुवा गर्न पाउने म्याद बढाई निजामती सेवा नियमावली संशोधन गरेको । संशोधित नियमावलीअनुसार सामान्य प्रशासनले भदौ मसान्त, अन्य मन्त्रालय र केन्द्रीय निकायले असोज १५, विभाग र क्षेत्रीय कार्यालयहरूले असोज मसान्तसम्म सरुवा गरिसक्नुपर्नेछ ।
  • भाद्र २९ :- मन्त्रिपरिषद्को बैठकले कुलमान  घिसिङलाई चार वर्षका लागि नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको । 
  • भाद्र २९ :- सरकारले १ नं. प्रदेशको विराटनगर, २ नं. प्रदेशको जनकपुर, ३ नं. प्रदेशको पाटन, ४ नं. प्रदेशको पोखरा, ५ नं. प्रदेशको तुलसीपुर, ६ नं. प्रदेशको सुर्खेत र ७ नं. प्रदेशको दिपायलमा उच्च अदालत राख्ने निर्णय गरेको ।

अन्तराष्ट्रिय समसामयिक गतिविधी 

  • September 4-5 :- चिनको ह्याङझाउमा विस्वका २० ठुला शक्ती राष्ट्रको ११ औं  बैठक आयोजना भएको । G20 Summit को नारा  “Toward an Innovative, Invigorated, Interconnected and Inclusive World Economy"  रहेको छ । स्मरण रहोस् यि देशले विश्वको कुल अर्थतन्त्रको ८५ प्रतिशत र कुल जनसंख्याको दुई तिहाइ हिस्सा ओगट्छन ।  
  • September 8 :- अन्तराष्ट्रिय साक्षरता दिवस । युनेस्कोको पहलमा सन १९६६ देखी मनाउन थालिएको यो दिवसको सन २०१६ को विश्वव्यापी नारा ‘Reading the Past, Writing the Future‘ राखिएको छ । 
  • September 15 :- अन्तरराष्ट्रिय प्रजातन्त्र दिवस । संयुक्त राष्ट्र संघको महासभाको निर्णय अनुसार सन २००८ देखी हरेक बर्षको सेप्टेम्बर १५ मा यो दिवस मनाउने गरिन्छ । सन २०१६ को लागि “Democracy and the 2030 Agenda for Sustainable Development“. नारा तय गरिएको छ । 

यो सामाग्री  विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय समाचार माध्यमको सहयोगमा बिष्णु प्रसाद गौतम द्वारा प्रस्तुत गरिएको हो !


You need to login to comment.

Facebook Comments