Welcome, Guest

जेठ २०७३

2073-03-01  /  4.6K 0

महत्वपूर्ण  राष्ट्रिय समसामयिक गतिविधीहरु  !

  • जेठ १ :- नेपाल–बंगलादेशका वाणिज्य मन्त्रालय सचिवस्तरीय बैठकले १ सय ८ वस्तुमा ‘ड्युटी फ्री’ (भन्साररहित) सुविधा कार्यान्वयन गर्न संयन्त्र मार्फत काम सुरु गर्ने निर्णय गरेको । स्मरण रहोस्  २०५४ भदौ १४ देखि काँकडभिट्टा– फूलबारी–बंगलाबन्ध मार्गबाट नेपालले बंगलादेशसँग औपचारिक व्यापार सुरु गरेको हो ।
  • जेठ १ :-  विभागीय टिम नेपाल पुलिस क्लब झापाको झिलझिलेमा भएको प्रथम सताक्षी गोल्डकपमा च्याम्पियन भएको  ।
  • जेठ १ :- अधिक तरलताको समस्या समाधान गर्न राष्ट्र बैंकले एकवर्षे ऋणपत्र जारी गर्न लागेको  । ‘राष्ट्र बैंक बन्ड’ नाम दिइएको उक्त ऋणपत्र जारी गर्ने अनुमति बैक सञ्चालक समितिले २०७३ बैशाख ३० गते दिएको थियो ।
  • जेठ २ :-  मन्त्रिपरिषद्ले   निर्यात सम्भावना भएको  १२ वस्तु तथा सेवा पारित गरेको  । एनटीआईएस २०१६ मा ९ वस्तु र ३ सेवा छन् । जसमा अलैंची, अदुवा, चिया, जडीबुटी, रेसादार टेक्साटाइल तथा यार्न, छाला, जुत्ता तथा चप्पल, पस्मिना र गलैंचा हुन् । सेवा क्षेत्रभित्र दक्ष तथा अर्धदक्ष मानव संसाधन, पर्यटन र सूचना प्रविधिमा राखिएको छ । यसअघि एनटीआईएस २०१० अन्तर्गत १९ वस्तु तथा सेवालाई तुलनात्मक लाभका भनेर पहिचान गरिएको थियो । दातृ निकायको सहयोगमा निर्यात सम्भावना भएका वस्तु तथा सेवाको सूची बनाएर एनटीआईएसमा समावेश गर्ने गरिन्छ ।
  • जेठ ५ :-  पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेल र सचिव प्रेमकुमार राईले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै रहेको आन्तरिक विमानस्थलको नयाँ टर्मिनल  भवनको उद्घाटन गरेका ।
  • जेठ ६ :- अन्तर्राष्ट्रिय क्लब लिभरपुलको फुटबल सगरमाथाको  चुचुरोमा पुर्‍याइएको  । ओखलढुंगा पात्ले १ का ३७ वर्षीय पेम्बा शेर्पाले फुटबल सगरमाथा शिखरमा पुर्‍याएका हुन् ।
  • जेठ ६ :- काठमाडौंमा  ‘लुम्बिनी : नेपाल भगवान् बुद्धको जन्मस्थान र बौद्ध दर्शनको उद्गम भूमि’ विषयक दुईदिने अन्तर्राष्ट्रिय बौद्द सम्मेलन सुरु भएको ।  सम्मेलनपछि जेठ ८ गते  लुम्बिनीमा मनाइने २५६०औं बुद्ध जयन्ती समारोहमा लुम्बिनी घोषणापत्र जारी गरिएको थियो  ।
  • जेठ ६ :-  एकीकृत नेकपा माओवादीसँग नेकपा क्रान्तिकारी माओवादी, नेकपा माओवादी, क्रान्तिकारी कम्युनिस्ट केन्द्र नेपाल, वामपन्थी एकता समूह, गौरवशाली पार्टी नेपाल, नेकपा माओवादी विद्रोहीलगायत १० घटकले पर्टी एकता घोषणा गरेका । विभाजनको चार वर्षपछि मिलेका माओवादी घटकहरूले दलको नाम बदल्दै नेकपा (माओवादी केन्द्र) राखेका छन् ।
  • जेठ ७ :- हाभूकम्पमा मृत्युको सम्झनामा पर्वतारोही फुर्वा तेन्जिङ शेर्पाले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा  ‘हामी उठ्नेछौं’ नारा लेखिएका झन्डा फहराएका । सगरमाथाको दसौं आरोहणलाई फुर्वाले भूकम्पमा दिवंगत करिब ९ हजारप्रति समर्पित गरेका छन् । फुर्वाले १७ देखि २४ वर्ष उमेरभित्र सगरमाथाको ९ पटक आरोहण गरिसकेका छन् । उनले कम उमेरमा सबैभन्दा बढी आरोहणको विश्व कीर्तिमान बनाएका छन् ।
  • जेठ ८ :- झापा भद्रपुरका २२ वर्षीय युवा अनिष लुइँटेलले नेपालको नयाँ संविधान  सर्वोच्च शिखर सरगमाथामा पाइला राखेका  । बिहान ५ बजेर २७ मिनेटमा उनले सगरमाथा शिखर चुमेका हुन् ।
  • जेठ १० :- सहिद स्मारक रेडबुल ‘सी’ डिभिजन लिग  सातदोबाटोको एन्फा कम्प्लेक्समा सुरु भएको ।
  • जेठ १२ :- कूटनीतिक सम्बन्ध कायम भएको ५६ वर्षपछि नेपाल र इजरायलबीच सहकार्य गर्न स्थायी परामर्श संयन्त्र बनेको ।  इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहु र उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापाको उपस्थितिमा परराष्ट्र सचिव शंकरदास बैरागी र इजरायली समकक्षी डोरे गोल्डले  जेरुसेलममा द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
  • जेठ १३ :- चिनियाँ र नेपाली लगानीकर्ताले करिब ५२ अर्ब लगानी गर्ने भनिएको होङ्सी शिवम् सिमेन्टले उद्योग स्थापनाका लागि निर्माणको काम सुरु गरेको । नेपालको शिवम् सिमेन्टसँगको संयुक्त लगानीमा स्थापना गर्न लागिएको यो उद्योगले मकवानपुर  वेणीमनीपुरको सर्दीमा निर्माणकार्य सुरु गरेको हो । यसमा चिनियाँ ७० र नेपाली पक्षको ३० प्रतिशत लगानी रहने छ ।
  • जेठ १३ :- सरकारले सार्वजनिक गरेको  आर्थिक सर्वेक्षणअनुसार गत वर्षभन्दा यसपालि प्रतिव्यक्ति कुल तिर्न बाँकी ऋण १ हजार ९ सय १९ रुपैयाँले बढेको  । गत वर्ष प्रतिव्यक्ति ऋण १९ हजार ४ सय ९६ रुपैयाँ थियो । यस वर्ष भने यो बढेर २१ हजार ४ सय १५ रुपैयाँ पुगेको छ । यो सरकारले लिएको विदेशी र स्वदेशी ऋणलाई जनसंख्याले भाग गरी निकालिएको तथ्यांक हो ।
  • जेठ १५ :-   सरकारले आगामी आर्थिक वर्ष ०७३ र ०७४ का लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ रुपैयाँको बजेट ल्याएको । सरकारले आगामी आर्थिक वर्षका लागि ५ खर्ब ६५ र्अब अर्ब ८९ करोड ६५ लाख रुपैयाँ राजस्व ,१ खर्ब ६६ हर्ब १२ करोड ८४ लाख ४३ हजार रुपैयाँ वैदेशिक अनुदानबाट , १ खर्ब ९५ अर्ब ७१ करोड ५६ लाख ३६ हजार रुपैयाँ वैदेशिक ऋणमार्फत र लागि १ खर्ब ११ अर्ब रुपैयाँ आन्तरिक ऋणमार्फत आगामी बजेटका लागि स्रोत जुटाइने छ । कूल विनियोजित बजेटमध्ये सरकारले सारधारणतर्पफ ६ खर्ब १७ अर्ब १६ करोड रूपैयाँ बजेट बिनियोजन गरेको छ। यो कुल बजेटको ५८.९ प्रतिशत हो । त्यसैगरी, पुँजीगत अर्थात विकास बजेट ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार रूपैयाँ र  वित्तीय व्यवस्था तर्फ १ खर्ब १९ अर्ब ८१ करोड ९ लाख रूपैयाँ बजेट विनियोजन गरेको छ । पुँजीगतर्पफ छुट्याइएको बजेट कुल विनियोजित बजेटको २९.७ प्रतिशत हो भने वित्तीय व्यवस्थातर्फ छुट्याइएको बजेट ११.४ प्रतिशत हो ।  आर्थिक वृद्धि ६.५ प्रतिशत र मुल्यवृद्धि ७.५ प्रतिशत रहने उद्द्श्य बजेटले राखेको छ ।
  • जेठ १९ :-  निजामती कर्मचारीको पहिलोपट आधिकारिक  ट्रेड युनियनको निर्वाचनमा गरिएको । जसको अन्तिम नतिजा अनुसार २१ हजार १२७ मतसहित एमाले समर्थित नेपाल निजामती कर्मचारी संगठन पहिलो भएको छ । संगठनले पाएको यो मत ४४.३९ प्रतिशत हो । कांग्रेस समर्थित नेपाल निजामती कर्मचारी युनियन (संघ) १६ हजार २५९ मतसहित दोस्रो भएको छ । उसले ३४.१६ प्रतिशत मत पाएको हो ।माओवादी केन्द्र समर्थित नेपाल राष्ट्रिय निजामती कर्मचारी संगठन ५ हजार २९ मत पाएर तेस्रो भएको छ । उसले १०.५७ प्रतिशत मत ल्याएको छ ।
  • जेठ २२ :- विद्यालय शिक्षा सुधार गर्न सरकारले पेस गरेको शिक्षा (आठौं संशोधन) विधेयक, २०७३ लाई व्यवस्थापिका संसद्ले  सर्वसम्मतले पारित गरेको । यो ऐन पारितसँगै अब विद्यालय तहको संरचना प्रारम्भिक बाल शिक्षादेखि १२ कक्षासम्म हुने भएको छ। कक्षा ८ सम्म आधारभूत शिक्षा र कक्षा ९ देखि १२ लाई माध्यमिक शिक्षा बनाइएको छ ।
  • जेठ २३ :-  वातावरण क्षेत्रमा काम गर्ने युवाहरूले काठमाडौंको वायु प्रदूषणको अवस्थाबारे सचेत गराउन र सरकारको ध्यानाकर्षण गराउन वातवारण दिवसको  दिन पारेर ‘मास्कमान्डु’ अभियान सुरु गरेका  । काठमाडांै विश्वको तेस्रो र एसियामै पहिलो प्रदूषित सहरका रूपमा चित्रित छ ।
  • जेठ २३ :- सवारिसाधनको  इम्बोस्ड नम्बर प्लेट खरिदबारे यातायात व्यवस्था विभाग र डेकाटु टाइगरलाई कम्पनीबीच सम्झौता भएको  । विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ र कम्पनीका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  डेकाटु अमेरिकी र बंगलादेशको संयुक्त कम्पनी हो ।
  • जेठ २५  :-  संगीतज्ञ अम्बर गुरुङको निधन भएको । सरकारले उहाको राष्ट्रिय सम्मानका साथ अन्त्यष्टि गरेको थियो । अम्बर नेपाली सेनाका मानार्थ महासेनानी पनि हुन् । सैनिक गान ‘रातो र चन्द्र सूर्य...’ मा समेत अम्बरले नै संगीत भरेका हुन् ।
  • जेठ २७ :- मध्यपश्चिम क्रिकेट क्लबले यू–१७ राष्ट्रिय टी–२० क्रिकेट लिगको उपाधि हात पारेको  । उसले  न्यु राइजर, नेपालगन्जलाई ४ विकेटले पराजित गरेको  ।
  • जेठ ३० :- पुर्व प्रधानमन्त्रि बाबुराम भट्टराईले आफु संयोजक रहेको नयाँ शक्ती नेपाल नामक नयाँ दल घोषणा गरेका ।

महत्वपूर्ण अन्तरराष्ट्रिय समसामयिक गतिविधीहरु !

  • 23-24 May 2016 :- संयुक्त राष्ट्र संघिय विश्व मानविय शिखर सम्मेलन टर्किको इस्तानबुलमा आयोजना गरिएको । उक्त सम्मेलनले 3.8 बिलियन डलरको Education Can Not Wait नामक फन्डको घोषणा गरेको छ ।
  • 1 June 2016 :-  बलिउड कमेडियन रजक खानको निधन भएको । ‘हेराफेरी,’ ‘राजा हिन्दुस्तानी,’ ‘वादशाह’ जस्ता फिल्म खेलेका खान ६५ वर्षका थिए ।
  • 3 June 2016 :-  हेभिवेट बक्सिङका महान् खेलाडी मोहम्मद अलीको  निधन भएको । उनी २०औं शताब्दीका सबैभन्दा परिचित व्यक्तित्व थिए।
  • 8 June 2016 :-  फोर्ब्स पत्रीकाले विश्वका १०० शक्तिशाली महिलाको सुची सार्वजनिक गरेको । जसमा नेपालकी राष्ट्रपती विद्या देवी भण्डारी ५२ स्थानमा रहेकी ।

    सुची अनुसारका १० शक्तिशाली महिला यसप्रकार छन ।
    1.
    एंजेला मर्केल - जर्मन चांसलर      2. हिलेरी क्लिंटन - राजनीतिज्ञ 3. मेलिंडा गेट्स - समाज सेवी 4. जेनेट येलेन - फेडरल रिजर्व की चेयरपर्सन 5. मैरी बैरा - जीएम की सीईओ 6. क्रिस्टीन लगार्डे - आईएमएफ चीफ 7. डिलमा रॉसेफ - ब्राजीली राष्ट्रपति 8. शैरिल सैंडबर्ग - फेसबुक सीओओ  9. सुसैन वोजसिकी - यूट्यूब सीईओ 10. मिशेल ओबामा - अमरीकी फर्स्ट लेडी

विभिन्न राष्ट्रिय अन्तराष्ट्रिय समाचार माध्यमको सहयोगमा बिष्णु प्रसाद गौतम द्वारा प्रस्तुत !


You need to login to comment.

Facebook Comments