Welcome, Guest

चैत्र २०७२

2073-01-01  /  2.5K 0

महत्वपूर्ण  राष्ट्रिय समसामयिक गतिविधीहरु  !

  • चैत्र १ :- दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) को मिनी सम्मेलन पोखरामा सुरु भएको । शिखर सम्मेलनपछिको मध्यावधि समीक्षा गर्न वर्तमान अध्यक्ष नेपालले सम्मेलन आयोजना गरेको हो ।
  • चैत्र १ :-  त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले राष्ट्रकवि माधव घिमिरे र साहित्यकार इन्द्रबहादुर राईलाई मानार्थ महाविद्यावारिधि प्रदान गरेको । यसअघि उपाधि प्राप्त गर्नेहरूमा सर्वपल्ली राधाकृष्णन, पारसमणि प्रधान, लिली टर्नर, डा. रोबर्ट एल, धरणीधर कोइराला, अमादु माथर, दाइसाकु इकेदा, यदुनाथ खनाल, केआर नारायण, नयराज पन्त र नाफिस फदिक छन् ।
  • चैत्र २ :- सार्क चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिसको अध्यक्षमा सुरज वैद्य चयन भएका  । दक्षिण एसियाली उद्योगी व्यवसायीहरूको उक्त संगठनको नेतृत्व तहमा पुग्ने वैद्य दोस्रो नपाली हुन् । यसअघि उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पदम ज्योति यसको अध्यक्ष बनेका थिए ।
  • चैत्र २ :- सशस्त्र प्रहरी बलले वन्यजन्तु अपराधको अनुगमन गर्न ‘वन्यजन्तु संरक्षण एकाइ’ गठन गरेको ।
  • चैत्र ४ :- सार्कको ३७ औं मन्त्रीस्तरीय बैठकले १९ औं शिखर सम्मेलन २०१६ को नोभेम्बर ९ र १० मा पाकिस्तानमा गर्ने तय गरेको । ३८ औं बैठक २०१६ नोभेम्बर ८ मा गर्ने पनि निर्णय भएको । त्यस्तै आगामी २०१७ फेब्रुअरीपछि नयाँ महासचिव अम्जद हुसेन हुने स्थायी समितिले पारित गरेको  ।
  • चैत्र ४ :- सत्यनिरूपण तथा मेलमिलाप अयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग सञ्चालन नियमावली मन्त्रिपरिषद बैठक द्वारा पारीत भएको ।
  • चैत्र ५ :- मुलुकको एक मात्र केन्द्रीयस्तरको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा जिका भाइरस परीक्षण गर्ने ‘पिसिआर किट’मार्फत जिका भाईरस परिक्षण सुरु गरिएको ।
  • चैत्र ५ :-  सरकारले २०७३ वैशाख १ देखि लागू हुने गरी पत्रकारको न्यूनतम मासिक तलब १९ हजार ५ सय रुपैयाँ कायम गर्ने निर्णय गरेको ।
  • चैत्र ६ :- बेलायती राजकुमार  हेनरी चाल्र्स अल्वर्ट डेभिड नेपाल भ्रमणमा आएका (March 19, 2016) ।
  • चैत्र ६ :- सर्बियास्थित अनुसन्धानमूलक वेबसाइट ‘नुम्बियोडटकम’ ‘पछिल्लो प्रदूषण सूचाकांक’ अध्ययनले काठमाडौं विश्वमै तेस्रो र एसियामा पहिलो प्रदूषित सहरमा परेको देखाएको  ।
  • चैत्र ७ :- प्रधानमन्त्री केपी ओली ८ दिने भ्रमणका लागि  उत्तरी छिमेकी चीन प्रस्थान गरेका ।
  • चैत्र ८ :-  नेपाल र चीनबीच पारवहन तथा यातायात सम्झौतालगायत १० सहमति तथा सम्झौता भएका  । हुम्लाको हिल्सा र तिब्बतको यारी जोड्ने पुल बनाउने र त्यसको मर्मत तथा सम्भार गर्ने , नेपालमा पेट्रोलियम पदार्थको सम्भाव्यता अध्ययन गर्न चीनले सघाउने, पोखरा एयरपोर्ट निर्माण, चीनमा नेपालको व्यापार वृद्धि गर्ने सम्भाव्यता अध्ययन , बौद्धिक सम्पत्ति संरक्षण अधिकारको बिषय , चीनले नेपाललाई ३२ हजार सोलार प्यानल सहयोग, नेपालमा चिनियाँ बैंकको शाखा खोल्ने आदी बिषयमा सम्झौता भएको ।
  • चैत्र ११ :- प्रधानमन्त्री केपी ओली र उनका चिनिया समकक्षी लि खछांगबीच इन्धन व्यापार सम्झौता गर्ने सैद्धान्तिक सहमति भएको  ।
  • चैत्र १४ :- व्यवस्थापिका संसद्का महासचिव मनोहरप्रसाद भट्टराई अन्तरव्यवस्थापिका संघको कार्यकारी सदस्यमा निर्वाचित भएका । अफ्रिकी मुलुक जाम्बियाको राजधानी लुसाकामा भएको संघको १ सय ३४ औं सम्मेलनले भट्टराईलाई दुई वर्षका लागि कार्यकारी सदस्यमा चुनेको हो ।
  • चैत्र १५ :- चालू आर्थिक वर्षको आर्थिक वद्धिदर १ दशमलव ५ प्रतिशत रहने प्रक्षेपण एसियाली विकास बैक (एडीबी) ले गरेको छ । यस्तै ०७३ मा आर्थिक वृद्धिदर ४ दशमलव ८ प्रतिशत पुग्ने प्रक्षेपण एडीबीको छ ।
  • चैत्र १७ :- चालू आर्थिक वर्षमा मूल्य वृद्धिदर (मुद्रास्फीति) १० दशमलव ५ प्रतिशत रहने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी) ले गरेको । एसियाली विकास परिदृश्य २०१६ मार्फत एडीबीले उक्त प्रक्षेपण गरेको हो । तर, नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षमा मूल्य वृद्धिदर ९ दशलमव ५ प्रतिशतमा रहने प्रक्षेपण गरेको थियो । यस्तै, आउँदो आवमा मूल्य वृद्धिदर ८ दशमलव २ प्रतिशत रहने प्रक्षेपण पनि एडीबीले गरेको छ ।
  • चैत्र १७ :- सत्य निरूपण तथा मेलमिलाप आयोगले आफ्नो कार्ययोजना तयार पारी  संसद् अन्तर्गतको सामाजिक न्याय तथा मानव अधिकार समितिको बैठकमा आयोगले आफ्नो कार्यायोजना पेस गरेको ।
  • चैत्र १८ :-  राष्ट्रिय योजना आयोगले सन् २०३० भित्र ५ प्रतिशतमा गरिबी झार्ने लक्ष्यसहित दिगो विकास लक्ष्यको रणनीति तयार गरी सार्वजनिक गरेको ।
  • चैत्र १९ :- स्थानीय निर्वाचन कार्यविधि ऐनको संशोधन विधेयक मन्त्रीपरिषद बैठक द्वारा पारीत । उक्त विधेयकमा कुनै पनि मतदातालाई मत नदिने अर्थात् सबैलाई अस्वीकार गर्ने अधिकार मतदातालाई हुनेछ ।
  • चैत्र २३ :- मेगा बैंक र पश्चिमाञ्चल डेभलपमेन्ट बैंकको मर्जर सम्बन्धी सम्झौतामा अन्तिम हस्ताक्षर भएको ।
  • चैत्र २३ :- निर्वाचन आयोगले अनिलकुमार झा नेतृत्वको नेपाल सद्भावना पार्टी नै वैधानिक ठहर्ने निर्णय गरेको ।
  • चैत्र २४ :- नेपाली कांग्रेसको संसदिय दलको नेताका लागि भएको निर्वाचनमा सभापति सेर बहादुर देउवाले नेता रामचन्द्र  पौडेललाई ७२ मतको भारी अन्तरले पराजित गर्दै संसदिय दलको नेतामा निर्वाचित भएका । देउवाले १ सय ३९ र पौडेलले ६७ मत ल्याएका थिए ।
  • चैत्र २४ :-  वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको म्यादी जीवन बिमाको बिमांक वैशाख १ गतेदेखि लागू हुने गरी शतप्रतिशत वृद्धि गरेर १० लाख रुपैयाँ पुर्‍याइएको । वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको बैठकले यसअघि बिमांक ५ लाख रहेकामा वृद्धि गरी १० लाख पुर्‍याउने निर्णय गरेको हो ।
  • चैत्र २६ :-  १२ औं दक्षिण एसियाली खेलकुदको स्वर्णपदक विजेता नेपाली यू–२३ फुटबल टिमका प्रशिक्षक राजुकाजी शाक्यलाई गजराज जोशी आदर्श व्यक्तित्वबाट सम्मानित गरिएको ।
  • चैत्र २७ :- भारतमा कार्यरत नेपालीहरूलाई स्वदेशमा सहज रूपमा रेमिट्यान्स पठाउन मेगा बैंक नेपाल लिमिटेडले भारतको एस बैंकसँग रेमिट्यान्स सम्झौता गरेको  ।
  • चैत्र ३० :- चालू आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ० दशमलव ५ प्रतिशत हुने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले प्रक्षेपण गरेको छ। यो यसअघि विश्व बैंक र एसियाली विकास बैंक (एडीबी) ले सार्वजनिक गरेभन्दा कम हो। विश्व बैंकले १.७ र एडीबीले १ दशमलव ५ प्रतिशत रहने प्रक्षेपण गरेका थिए। सरकारको दाबी भने २ प्रतिशत रहेको छ । यस्तै आगामी आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ४ दशलमव ५ प्रतिशत हुने प्रक्षेपण पनि आईएमएफले गरेको छ ।

     

महत्वपूर्ण अन्तरराष्ट्रिय समसामयिक गतिविधीहरु !

  • 2016 March 19 :-  फ्लाई दुबईको यात्रुवाहक विमान बोइङ ७३७–८०० रसियाको दक्षिणी सहर रोस्तोभ–ओन–डोनमा दुर्घटना हुँदा त्यसमा सवार सबै ५५ यात्रु तथा ७ जना चालक दलको मुत्यु भएको  ।
  • 2016 March 22 :-  बेल्जियमको जाभेन्तम अन्तर्राष्ट्रिय विमानस्थल र मोलेनवेक ट्राम स्टेसनमा मंगलबार शृंखलाबद्ध आतंकवादी आक्रमण भएका छन् । शृंखलाबद्ध रूपमा भएका तीनवटा आक्रमणहरूमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको ।
  • 2016 March 23 :- पाकिस्तानले आफ्नो ७६ औं राष्ट्रिय दिवस बुधबार मनाएको छ ।
  • 2016 April 08 :- फोब्र्स अखबारले रिलायन्स फाउन्डेसनकी प्रमुखसमेत रहेकी नीता आम्बानी लाई यो वर्ष एसियाकै सर्वाधिक शक्तिशाली महिला उद्यमीमा सूचीकृत गरेको । यस क्षेत्रको ५० प्रमुख महिला उद्यमीको सूचीमा उनी शीर्ष स्थानमा परेकी हुन्।

प्रस्तुती
बिष्णु प्रसाद गौतम


You need to login to comment.

Facebook Comments