Welcome, Guest

Pradip Khatiwada

प्रदिप खतिवडाले कामको सुरुवात वि.सं २०६४ सालमा स्नातक प्रथम सेमेस्टरमा हुँदाबाट नै निजी विद्यालय (श्री माउण्ट मकालु महाविद्यालय) मा अध्यापनबाट गर्नुभएको थियो । वि।सं २०६७ सालमा स्नातकोत्तर अध्ययनका लागि काठमाण्डौ आएपछि केही समय मास्टर्स अध्ययनमा लाग्नुभएका उनी पुन: २०६९ सालमा करिब नौ महिना निजी विद्यालय (श्री ज्ञाननिकेतन बोर्डिङ्ग) मा अध्यापन पश्चात वि.सं २०६९ पौषबाट नेपाल बैक लिमिटेडमा प्रतियोगितात्मक परीक्षा (प्रथम स्थानमा सिफारिस) उत्तीर्ण गरी सेवा प्रवेश गरेका थिए । वि.सं २०७१ मंसीर १६ गते निजामती सेवा (शाखा अधिकृत, प्रशासन सेवा, सामान्य प्रशासन समूह) मा प्रवेश गरेका उनी त्यसपश्चात हालसम्म रक्षा मन्त्रालयमा कार्यरत छन् । यसका अतिरिक्त उनी लोकसेवा प्रतिस्पर्धाका विभिन्न तह र सेवाका पुस्तक प्रकाशन र प्रशिक्षणमा पनि संलग्न रहदै आएका छन् ।

Model Sets by Pradip Khatiwada