२९) वि.स. २०७४ माघ ११ गते मन्त्रिपरिषद् बैठकले देशका कति स्थानमा अन्तर्राष्ट्रिय व्यापार प्रदर्शन केन्द्र स्थापना गर्ने निर्णय गरेको छ ? - ७
३०) रार्ष्ट्रिय खेलकुद परिषद्द्वारा सञ्चालित राखेप च्याम्पियनसिपमा कति खेल समावेश गरियो ? - २९
३१) एसियाली चिकित्सा विधार्थी अन्तर्राष्ट्रिय सम्मेलन नेपालमा कहिले सम्पन्न भयो ? - वि.स. २०७४ माघ ८-१२, काठमाडौँ
३२) हाल पूर्ण साक्षर घोषित जिल्लाको सङ्ख्या कति पुगेको छ ? - ३९
३३) ‘सोच्नु राम्रो हो, कुरा गर्नु त्योभन्दा राम्रो हो तर सबैभन्दा राम्रो काम गर्नु हो’ भन्ने विचारक को हुन् ? - इमरसन
३४) इन्टरनेट प्रविधिमा LAN को पूरा रुप Loal Area Network हो भने WAN को पूरा रुप के हो ? - Wide Area Network
३५) इनर्जी डेभलपमेन्ट काउन्सिल (ईडीसी) द्वारा आयोजित ‘नेपाल पावर इन्भेस्टमेन्ट समित-२०१८’ कहिले सम्पन्न भयो ? - वि.स. २०७४ माघ १३-१५ (काठमाडौँ)
३६) मानव अङ्ग प्रत्यारोपण केन्द्रको नाम परिवर्तन गरी के नामकरण गरिएको छ ? - धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र
३७) नेपालमा शहीद दिवस कहिले मनाउने गरिन्छ ? - माघ १६
३८) सरकारले बाँदरमुढे घटनामा मारिएका सहित ५६ जनालाई शहीद घोषणा कहिले गरेको हो ? - वि.स. २०७४ माघ ११
३९) सरकारले नेसनल ट्रेडिङ् लिमिटेडलाई खारेज गर्ने निर्णय कहिले गरेको हो ? - वि.स. २०७४ माघ १५
४०) हाल ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता एवम् औषधि खर्च बापत मासिक कति रकम प्रदान गर्ने गरिएको छ ? - रु. दुई हजार (सामाजिक सुरक्षा भत्ता एक हजार र औषधि उपचार खर्च एक हजार)
४१) अन्तर्राष्ट्रिय भन्सार दिवस कहिले मनाइन्छ ? - जनवरी २६
४२) हालै पूर्वी नेपालका विभिन्न जिल्ला समेटी रेखाङ्कन गरिएको पदमार्ग कुन हो ? - मुन्धुम पदमार्ग
४३) भारत सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित् पदक ‘पदमश्री’ बाट सम्मानित हुने नेपाली चिकित्सक को हुन् ? - डा. सन्दुक रुइत् (सन् २०१८)
४४) छालाका लागि प्रसिद्ध स्थान दैलेख हो भने राडीपाखीका लागि प्रसिद्ध स्थान कुन हो ? - बाग्लुङ्
४५) दुई नदी मिल्ने स्थानलाई दोभान भनिन्छ भने तीन नदी मिल्ने स्थानलाई के भनिन्छ ? - त्रिवेणी
Durga Acharya
on 14 Mar, 2018
thank