लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस
Choose Package
* All prices are exclusive of any taxes.
7 Days (Rs. 50)
30 Days (Rs. 150)
365 Days (Rs. 1050)
काठमाडौँ, ८ फागुन, नेपाल रेडक्रस सोसाइटीले नयाँ रोजगारीको अवसर सिर्जना गरेको छ । आज एक विज्ञापन प्रकाशित गर्दै सोसाइटीले निर्देशकदेखि प्राविधिक सहायकसम्म गरी १७ जनाको माग गरेको हो ।
आजको गोरखापत्रमा प्रकाशित विज्ञापनअनुसार तह ९ अन्तर्गत प्रशासनतर्फ निर्देशक २ जना, लेखातर्फ निर्देशक १ जना र तह ८ अन्तर्गत प्रशासनतर्फ उपनिर्देशक २ जनाको माग गरिएको छ ।
यसैगरी तह ७अन्तर्गत प्रशासनतर्फ वरिष्ठ अधिकृत ३ जना, तह ६ अन्तर्गत प्रशासनतर्फ प्रशासकीय अधिकृत २ जना, लेखातर्फ लेखा अधिकृत १ जनाको माग गरिएको छ ।
यता तह ५ अन्तर्गत प्रशासन तर्फ वरिष्ठ कार्यालय सहायक २ जना, लेखातर्फ वरिष्ठ लेखा सहायक १ जना, तह ४ अन्तर्गत प्रशासनतर्फ सहायक १ जना, लेखातर्फ लेखा सहायक १ जना र इन्जिनियरिङतर्फ प्राविधिक सहायक इलेक्ट्रिसियन १ जनाको माग गरेको छ ।
यी पदहरुमा ३० दिनभित्र दरखास्त दिइसक्नु पर्ने सोसाइटीले जनाएको छ । विस्तृत विवरण तलको विज्ञापनमा हेर्नुहोलाः
Kshetrisher Bist
on 07 Mar, 2018
k sare Herne sir