Welcome, Guest

समायोजनमा नजाने कर्मचारीलाई स्वेच्छिक अवकाशको तयारी

2074-09-28 / Source: gorkhapatraonline.com  /  11.4K 3

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौँ, पुस २८ गते । सामान्य प्रशासन मन्त्रालयले तीन तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी गरेको छ ।
 
मन्त्रालयले संघ, प्रदेश र स्थानीय तहमा समायोजन नरोज्ने कर्मचारीका लागि स्वेच्छिक अवकाशको तयारी थालिएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताउनुभयो ।
 
कर्मचारी समायोजन ऐन, २०७४ कार्यान्वयन भएको तीन महिनाभित्रमा समायोजनमा नजाने कर्मचारीका लागि स्वेच्छिक अवकाशको प्रावधानअनुसार मन्त्रालयले अवकाशको तयारी थालेको हो ।
 
अवकाशका लागि राजपत्रमा सूचना प्रकाशित गर्नुअघि स्वीकृतका लागि मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो ।
 
निजामती कर्मचारीलाई तीन तहमा समायोजन गरेर पठाउने तयारी गरिएको छ भने समायोजनमा नजाने कर्मचारीलाई पेन्सनबापत एकमुष्ट सात वर्षको रकम दिने प्रस्ताव गरिएको छ । मन्त्रालयले समायोजन नियमावली पारित भइसकेपछि कर्मचारी समायोजन गर्ने तयारी गरेको हो ।
 
अहिले सो नियमावली प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाइएको छ । मन्त्रालयले कार्यरत पदमा ज्येष्ठताका आधारमा, संघ, प्रदेश र स्थानीय तहको रोजाइ र स्थायी बसोबासको ठेगाना र नागरिकताका आधारमा समायोजन गर्ने आधार तयार पारेको छ । अहिले करिब ८३ हजार निजामती कर्मचारी छन् ।   रासस

You need to login to comment.

3 Comments

Agendra Karki

on 28 Jan, 2018

tp sir derai ramro xa

Muna Shree

on 14 Jan, 2018

36000 temporaryko lagi khuleko chai k hola?tyasko chai process xaina?

Hemant K.C

on 12 Jan, 2018

होर सर.........

Facebook Comments

Read More News