Welcome, Guest

करार कर्मचारीलाई पनि स्थायी सरह तलब भत्ता !

2074-02-28 / Source: onlinekhabar.com  /  23.2K 2

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

२८ जेठ, काठमाडौं । करार कर्मचारीहरुले पनि स्थायी कर्मचारी सरह चाडपर्व र पोशाक भत्ता पाउने भएका छन् । यसको अतिरिक्त उनीहरुले महिनामा एक दिन अतिरिक्त विदा पनि पाउनेछन् ।
 
प्रचण्ड नेतृत्वको सरकारले जाँदाजाँदै करार कर्मचारीहरुलाई पनि स्थायी सरह पोशाक भत्ता, चाडपर्व भत्ता र महिनाको एक दिन विदा दिने निर्णय गरेको हो ।
 
गत बैशाख २१ गतेको मन्त्रिपरिषद बैठकबाट उक्त निर्णय भएको सामान्य प्रशासन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले जानकारी दिए ।
 
राज्यलाई आर्थिक भार
 
तत्कालीन सामान्य प्रशासन मन्त्री केशव कुमार बुढाथोकीको प्रस्तावमा मन्त्रिपरिषदले गरेको यो निर्णयबाट करार कर्मचारीहरुलाई राहत महसुस भएको छ । तर संघीयतामा कर्मचारी समायोजनको गृहकार्य भइरहेको बेला गरिएको यो निर्णयले राज्यलाई वार्षिक रुपमा कम्तिमा ५० करोडको आर्थिक बोझ थपिएको अर्थ मन्त्रालय स्रोतले बतायो ।
 
करार सेवामा करिब २० हजार कर्मचारी रहेको अनुमान छ ।
बुढाथोकीले करार कर्मचारीहरुलाई स्थायी बनाउन जोड गरेका थिए । तर, दलका कार्यकर्ता भर्ती हुने करारका कर्मचारीलाई स्थायी गर्ने उनको प्रस्तावलाई लोकसेवा आयोग, अर्थ मन्त्रालय र स्थायी कर्मचारीहरुले विरोध गरेका थिए ।
 
सुब्बाभन्दा माथिल्लो तहमा करार कर्मचारी नियुक्त गर्न पाइँदैन । धेरैजसो सवारी चालक, कार्यालय सहयोगी र कम्प्युटर अपरेटरमा करार कर्मचारी नियुक्त गरिन्छ ।
 
स्थायी कर्मचारीहरुले काम गर्न नभ्याउने कारण देखाउँदै करार कर्मचारी भर्ना गर्ने प्रचलन छ । तर कार्यालयको आवश्यकताअनुसार भन्दै बर्सेनी करार कर्मचारी भर्ना गर्ने तर त्यसपछि करार भंग नगर्दा त्यस्ता कर्मचारीहरुको संख्या करिब २० हजार कटिसकेको छ ।
 
मन्त्रीस्तरीय निर्णयबाट नियुक्त हुने करार कर्मचारीहरु अधिकांश राजनीतिक दलका कार्यकर्ता वा नातेदार हुन्छन् । करार कर्मचारीसँग कामको आधारमा पारिश्रमिक दिने सम्झौता गरिएको हुन्छ ।

You need to login to comment.

2 Comments

Biwek Tiwari

on 17 Jun, 2017

Hain vane pahila nai no entry ko board lagaunu parathayo....

Biwek Tiwari

on 17 Jun, 2017

Karar karamchari lai t thai garanu parthayo sarkar lai

Facebook Comments

Read More News