Welcome, Guest

२०७३ सालको एसईई परीक्षाको नतिजा आगामी असारको पहिलो साता

2074-02-25 / Source: gorkhapatraonline.com  /  4.3K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

गोरखापत्र समाचारदाता, भक्तपुर, जेठ २५ गते । गत २०७३ सालको एसईई परीक्षाको नतिजा आगामी असारको पहिलो सातामा सार्वजनिक गर्ने तयारी भइ रहेको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले तथ्यांक इन्ट्रीसम्बन्धी काम सकिएको र त्रुटी पत्ता लगाउने लगायतका कार्य भइ रहेको जानकारी दिँदै भन्नु भयो, “सकेसम्म अबको सात दिनभित्र नतिजा सार्वजनिक गर्ने प्रयासमा छाँै ।” उहाँले सकभर त्रुटी कम गर्न समय लाग्ने बताउनु भयो ।
 
गत चैतमा सञ्चालित परीक्षामा करिब छ लाख परीक्षार्थी सम्मिलित थिए । उहाँले प्राविधकतर्फको परीक्षाको नतिजा केही दिन ढिला हुने जानकारी दिनु भयो ।

You need to login to comment.

Facebook Comments

Read More News