Welcome, Guest

कक्षा ११ को परीक्षा असार १ गतेदेखि, शनिबार पनि हुने

2074-02-17 / Source: edukhabar.com  /  3K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

भक्तपुर - कक्षा ११ को परीक्षा असार १ गते देखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले नयाँ मिति तय गरेको हो । स्थानीय निर्वाचनका कारण यस अघि नै २ पटक मिति परिवर्तन भएको परीक्षाको बिचमा पर्ने दुई वटा शनिबार पनि परीक्षा सञ्चालन गर्ने गरी रुटिन तय गरिएको बोर्डका सदस्य सचिव डा. डिल्लि रिमालले जानकारी दिए ।
 
'चुनावलाई मध्य नजर गर्दै हामीले बिचमा परेका शनिबार पनि परीक्षा सञ्चालन गर्ने निर्णय गरेका छौं' उनले भने ।
 
असार ३ र १० गते शनिबार भए पनि परीक्षा सञ्चालन हुने छन् ।
 
यस अघि बैशाख २४ गते देखि जेठ ३ गते सम्मका लागि तय भएको कक्षा ११ को परीक्षा पहिलो चरणको निर्वाचनको समयमै परेपछि असार १ गते बाट गर्ने गरी सारिएको थियो । तर जेठ ३१ गते दोश्रो चरणको निर्वाचन गर्ने सरकारको निर्णयले उक्त मिति परिवर्तन गरेर असार ८ गते तय गरिएको थियो । कक्षा ११ को परीक्षा दिन ४ लाख ४९ हजार विद्यार्थीले फाराम भरेका छन् । 
 
बुधबार बसेको कामचलाउ सरकारको मन्त्रीपरिषद् बैठकले निर्वाचनको मिति परिवर्तन गरेर असार १४ गते सार्ने निर्णय गरे सँगै फेरी परीक्षा बारे अन्यौल भएको थियो । यसले गर्दा फेरी परीक्षा मिति सर्ने हो की भन्ने अन्यौल चिर्दै बोर्डले निर्णय गरेको हो ।
 
पटक पटक मिति तय गरेर विद्यार्थी माथि खेलवाड गरिएको भन्दै आलोचना हुँदै आएको थियो ।

You need to login to comment.

Facebook Comments

Read More News