Welcome, Guest

काठमाडौं महानगरले झण्डै २ अर्ब बजेट पायो, कुन स्थानीय तहको कति ? (सूचीसहित)

2074-02-15 / Source: onlinekhabar.com  /  3.8K 2

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

५ जेठ, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटमा स्थानीय तहलाई विनियोजन गरिएको रकम सार्वजनिक गरेको छ । सबैभन्दा धेरै काठमाडौं महानगरपालिकाले १ अर्ब ८८ करोड ७७ लाख ५४ हजार पाएको छ ।

उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महराले सोमबार संसदमा १२ खर्ब ७८ अर्ब ९९ करोड ४४ लाख ५५ हजार रूपैयाँ बराबरको बजेट पेश गरे । उनले स्थानीय तहलाई १० करोडदेखि १ अर्ब २४ करोडसम्म निशर्त अनुदान बजेट दिने घोषणा गरे ।
 
अब गाउँपालिकालाई न्युनतम् १० करोडदेखि ३९ करोडसम्म बजेट दिइने भएको छ । गाउँपालिकालाई १ करोड २० लाखदेखि १७ करोडसम्म सशर्त अनुदान पनि दिइने भएको छ । त्यसैगरी नगरपालिकालाई १५ करोडदेखि ४३ करोडसम्म बजेट दिइने भएको छ । नगरपालिकाले ३ करोड ९५ लाखदेखि ३१ करोड २७ लाखसम्म सशर्त अनुदान दिइने भएको छ ।
 
उपहमहागरपालिकालाई ४० करोड देखि ६३ लाखसम्म बजेट दिइनेछ । उपमहानगरपालिकालाई १५ करोड देखि ३१ करोडसम्मे ससर्तअनुदान उपलब्ध गराइने अर्थमन्त्री महराले जानकारी दिए । महानगरपालिकाले ५६ करोड देखि १ अर्ब २४ करोडसम्म बजेट दिइनेछ । महानगरपालिकालाई २८ करोडदेखि ७८ करोडसम्म ससर्त अनुदान उपलब्ध गराउने बजेटमा उल्लेख छ ।
 
कुन स्थानीय तहले कति पाए ?
 
सरकारले रातो किताबमा स्थानीय तहले पाउने बजेट पनि उल्लेख गरेको छ । काठमाडौं महानगरले १ अर्ब ८८ करोड ७७ लाख ५४ हजार पाएको छ, जसमा १ अर्ब २४ करोड ३३ लाख ७४ हजार वित्तीय समानीकरण अनुदान छ भने ६४ करोड ४३ लाख ८० हजार छ ।
 
देशकै ठूलो महानगरपालिका पोखरा लेखनाथले १ अर्ब ८२ करोड ५७ लाख २७ हजार पाएको छ । यो काठमाडौंले पाएको बजेट भन्दा केही करोड मात्र कम हो ।
 
यस्तै भरतपुर महानगरले १ अर्ब ३३ करोड २७ लाख ४ हजार बजेट पाउँदा ललितपुर महानगरपालिकाले ८४ करोड २० लाख १० हजार बजेट पाएको छ ।
 
कुन स्थानीय तहले कति बजेट पाए ?


You need to login to comment.

2 Comments

Lovely Bindas

on 30 May, 2017

dami

Sushil Yadav

on 30 May, 2017

very good

Facebook Comments

Read More News