Welcome, Guest

लोकसेवा आयोगले मागेभन्दा ३० गुणा बढी आवेदन

2073-09-19 / Source: kinmel.setopati.com  /  734 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

 

लोकसेवा आयोगले विज्ञापन गरेको निजामती सेवातर्फको राजपत्राङ्कित तृतीय श्रेणी (शाखा अधिकृत)मा अहिलेसम्म मागेको सङ्ख्याभन्दा ३० गुणा बढीले आवेदन फाराम भरेका छन्। 
 
आयोगले पाँच सय तीन शाखा अधिकृत पदका लागि आवेदन मागेकामा अहिलेसम्म १५ हजारले फाराम भरेको आयोगका दरखास्त व्यवस्थापन केन्द्रका शाखा अधिकृत नारायणप्रसाद गौतमले जानकारी दिए। 
 
गौतमका अनुसार आज राति १२ बजेसम्म आयोगले तोेकेको सामान्य दस्तुर र पुस २५ गते राति १२ बजेसम्म दोब्बर दस्तुरमा अनलाइनमार्फत फाराम भर्न पाइने छ। 
 
आयोगले मङ्सिर २९ गते शाखा अधिकृतका विभिन्न सेवातर्फका लागि दरखास्त आवेदन माग गरेको थियो । आयोगले गत वर्षदेखि अनलाइनमार्फत फाराम भर्न थालेपछि जतिबेला पनि उम्मेदवारले फाराम भर्न सक्ने छन् । रासस 
 
 
Source : kinmel.setopati.com

You need to login to comment.

Facebook Comments

Read More News