Welcome, Guest

राष्ट्रिय बाणिज्य बैंकमा २४९ जनाका लागि जागिर खुल्यो, प्लसटु उत्तिर्णले पनि फारम भर्न पाउने

2073-05-28 / Source: bizmandu.com  /  2.1K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

काठमाडौं । राष्ट्रिय बाणिज्य बैंकले विभिन्न पदमा २४९ जनाका लागि जागिर खोलेको छ । प्लस टुदेखि स्नातकोत्तर उत्तिर्णसम्मका लागि बैंकले जागिर खोलेको हो ।
 
बैंकले प्रशासन अन्तर्गत ६ तहको सहायक प्रबन्धकमा ६९ जना कर्मचारी माग गरेको छ । यो पदका लागि आवेदन दिन अर्थशास्त्र वा ब्यवस्थापन संकायमा स्नातकोत्तर उत्तिर्ण हुनु पर्छ ।
 
बैंकले प्रशासन अन्तर्गत पाँच तहको वरिष्ठ सहायकका लागि १९ वटा जागिर खोलेको छ । यसका लागि व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा स्नातक उत्तिर्ण हुनु पर्छ ।
 
यसैगरी बैंकले पाँच तहको वरिष्ठ सहायक (नगद) मा ५० जना कर्मचारी माग गरेको छ । यसका लागि व्यवस्थापन, अर्थशास्त्र वा वाणिज्यशास्त्रमा स्नातक उत्तिर्ण हुनु पर्छ ।
 
यसैगरी बैंकले पाँच तहको वरिष्ठ सहायक (सुचना प्रविधि) का लागि ६ जना कर्मचारी माग गरेको छ । यसका लागि कम्प्युटर वा कम्प्युटर साइन्स वा कम्युनिकेशन वा सुचना प्रविध बिषयमा स्नातक उत्तिर्ण आवश्यक छ ।
 
बैंकले प्रशासन अन्तर्गत चार तहको सहायक पदका लागि ५५ जना कर्मचारी माग गरेको छ । चार तहको सहायक (नगद) का लागि पनि ५० जना कर्मचारी माग गरेको छ । यसका लागि प्लस टु उत्तिर्ण भएको हुनु पर्छ ।
 
             तलव तथा सुविधा बैंकको नियम अनुसार हुने सुचनामा उल्लेख छ । जागिरका लागि आवेदन ३० दिनभित्र बुझाइसक्नु पर्छ । दरखास्त बैंकको केन्द्रीय कार्यालय  सिंहदरवार प्लाजामा बुझाउनु पर्ने हुन्छ । लिखित परिक्षा लोक सेवा आयोगले लिने छ ।   
 
 
 
 
Source: http://www.bizmandu.com
 
 
 
 

You need to login to comment.

Facebook Comments

Read More News