Welcome, Guest

आयल निगममा जागिर खुल्यो, एसएलसी पास गरेकालाई पनि अवसर

2073-03-04  /  3.5K 0

लोकसेवा तयारी मोबाइलबाटै गर्न तयारी प्लस Subscribe गर्नुहोस

४ असार, काठमाडौं । नेपाल आयल निभगले विभिन्न पदमा कर्मचारी भर्ना गर्न दरखास्त आवेदन माग गरेको छ । आयल निगमले एक विज्ञापन प्काशित गर्दै विभिन्न ६२ पदमा जागिर खुलाएको हो । मेकानिकल र सिभिलतर्फकोे उपप्रवन्धकदेखि सहायक मिस्त्रीसम्मका पदमा जागिर खुलेको छ । प्राविधिक देखि अप्राविधिकतर्फ पनि दरखास्त माग गरिएको छ ।मेकानिकल उपप्रवन्धका ३ र सिभिलतर्फ ४ जना माग गरिएको छ । यस्तै , कम्प्युटर इन्जिनियर, इण्डलस्टि्रयल, पेट्रोलियम, केमिकल र इलेक्ट्रोमेकानिकलतर्फ एक-एक जना उपप्रवन्धक मागिएको छ ।
 
प्रशासन सहायक प्रवन्धक ९, लेखा सहायक प्रवन्धक ७, आइटी सहायक प्रवन्धक ३, प्रशासन बरिष्ठ सहायक ६, बरिष्ठ लेखा सहायक ४, बरिष्ठ ल्याब सहायक २ र बरिष्ठ कम्प्युटरसहायक ४ जनाका लागि आवेदन खुलेको छ ।
 
यसैगरी प्रशासन सहायक, लेखा सहायक र सहायक पदहरुका पनि आवेदन माग गरिएको छ । सम्बन्धित विषयमा स्नातक गरेका र एसएसलसी पास गरेका सम्मले पदअनुसार आवदेन दिन सक्नेछन् ।
 
विज्ञापन हेर्नुस् 
Source: Onlinekhabar.com

You need to login to comment.

Facebook Comments

Read More News