Welcome, Guest

स्थानीय तह निर्वाचन बारे केही जानकारी

2017-04-16 / 25.6K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

१. स्थानीय तह भनेको के हो ?
नेपालको संविधान अनुसार स्थानीय तह भन्नाोले गाउँपालिका¸ नगरपालिका र जिल्ला सभा हो ।
 
२. गाउँपालिका भनेको के हो ?
गाउँपालिका एक भौगोलिक तथा शासकीय तह हो ।
 
३. गाउँ कार्यपालिका भनेको के हो ?
गाउँपालिकाको कार्यकारिणी अङ्ग गाउँ कार्यपालिका हो ।
 
४. गाउँसभा भनेको के हो ?
गाउँपालिकाको व्यवस्थापिकीय कार्य गर्ने अङ्ग गाउँसभा हो ।
 
५. नगरपालिका भनेको के हो ?
नगरपालिका एक भौगोलिक तथा प्रशासनिक इकाई हो ।
 
६. नगर कार्यपालिका भनेको के हो ?
नगरपालिकाको कार्यकारिणी अङ्ग नगर कार्यपालिका हो ।
 
७. नगरसभा भनेको के हो ?
नगरपालिकाको व्यवस्थापिकीय कार्य गर्ने अङ्ग नगरसभा हो ।
 
८. गाउँ सभा कसरी बन्छ ?
गाउँ कार्यपालिकाको अध्यक्ष र उपाध्यक्ष¸ गाउँपालिका भित्रका वडाका वडा अध्यक्षहरु¸ प्रत्येक वडाबाट निर्वाचित हुने २ महिला (१ जना दलित) सहित ४ जना सदस्यहरु रहेको र यी सदस्यको सभाले उक्त गाउँपालिका भित्रका दलित वा अल्पसङ्ख्यक समुदायबाट निर्वाचित गरेका २ जना सदस्यहरु समेत मिलेर गाउँसभा बन्छ ।
 
९. दलहरुले महिला वडा सदस्यमा उम्मेदावारी दिंदा कसरी दिनु पर्दछ ?
दुई जना महिला वडा सदस्यको लागि दलहरुले मनोनयनपत्र दर्ता गर्दा एक जना दलित महिलाको नाम समावेश गर्नुपर्ने अनिवार्य व्यवस्था रहेको छ भने एक जना मात्र महिला सदस्यको लागि मनोनयनपत्र दर्ता गर्ने दलले दलित महिलाको नाम समावेश नगरे पनि हुने व्यवस्था रहेको छ ।
 
१०. गाउँकार्यपालिका कसरी बन्छ ?
गाउँ कार्यपालिकामा एक जना अध्यक्ष¸ एक जना उपाध्यक्ष¸ गाउँपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु¸ गाउँसभाले आफुमध्येबाट निर्वाचित गरेका ४ जना महिला सदस्यहरु र दलित वा अल्पसङ्ख्यक समुदायबाट गाउँ सभाले निर्वाचित गरेका २ जना सदस्यहरु मिलेर गाउँकार्यपालिका बन्छ ।
 
११. नगरसभा कसरी बन्छ ?
नगर कार्यपालिकाको प्रमुख र उपप्रमुख¸ नगरपालिका भित्रका वडाका वडा अध्यक्षहरु¸ प्रत्येक वडाबाट निर्वाचित हुने २ महिला सहित ४ जना सदस्यहरु र सो सभाले सम्बन्धित नगरपालिका भित्रका दलित वा अल्पसङ्ख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका ३ जना सदस्यहरु मिलेर नगर सभा बन्छ ।
 
१२. नगर कार्यपालिका कसरी बन्छ ?
नगर कार्यपालिकामा एक जना प्रमुख¸ एक जना उपप्रमुख¸ नगरपालिकाका प्रत्येक वडाका वडाध्यक्षहरु¸ नगर सभाले आफुमध्येबाट निर्वाचित गरेका ५ जना महिला सदस्यहरु र दलित वा अल्पसङ्ख्यक समुदायबाट नगर सभाले निर्वाचित गरेका ३ जना सदस्यहरु मिलेर नगर कार्यपालिका बन्छ ।
 
१३. गाउँसभा र नगर सभाको कार्यकाल कति वर्षको हुन्छ ?
गाउँ सभा र नगर सभाको कार्यकाल ५ वर्षको हुन्छ । गाउँसभा र नगर सभाको कार्यकाल समाप्त हुनुभन्दा दुई महिना अगाडि सदस्यको निर्वाचन हुन्छ ।
 
१४. जिल्ला सभा कसरी बन्छ ?
सम्बन्धित जिल्ला भित्र रहेका गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखहरु सदस्य रहेको जिल्ला सभा बन्छ ।
 
१५. जिल्ला सभाले के काम गर्छ ?
जिल्ला सभाले जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाको समन्वय गर्ने कार्य गर्दछ । जिल्ला भित्रका विकास तथा निर्माण सम्बन्धी कार्यको अनुगमन गर्ने र जिल्लामा रहने सङ्घीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने कार्य गर्छ ।
 
१६. जिल्ला समन्वय समिति कसरी बन्छ ?
जिल्ला सभाले एक जना प्रमुख¸ एक जना उपप्रमुख¸ कम्तीमा तीन जना महिला र एक जना दलित वा अल्पसङ्ख्यक सहित बढीमा नौ जना सदस्य निर्वाचित गरी जिल्ला समन्वय समिति बनाउँछ ।
 
१७. जिल्ला समन्वय समितिका प्रमुख¸ उपप्रमुख र सदस्यमा क-कसले उम्मेदवारी दिन पाउँछन् ?
जिल्ला सभाका सदस्यहरुका साथै जिल्ला भित्रका गाउँसभा र नगरसभाका सदस्यहरुले समेत उम्मेदवारी दिन पाउँछन् ।
 
१८. जिल्ला समन्वय समितिले के काम गर्छ ?
(क) जिल्लाभित्रका गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने¸
(ख) विकास तथा निर्माण सम्बन्धी कार्यमा सन्तुलन कायम गर्न सोको अनुगमन गर्ने¸
(ग) जिल्लामा रहने संघीय र प्रदेश सरकारी कार्यालय र गाउँपालिका र नगरपालिका बीच समन्वय गर्ने

You need to login to comment.

Facebook Comments