सबैभन्दा धेरै अायकर लाग्ने देशहरु
2015-07-27 / 5K
0
Subscribe to LokSewa Plus for unlimited access to all resources
Choose Package
* All prices are exclusive of any taxes.
7 Days (Rs. 50)
30 Days (Rs. 150)
365 Days (Rs. 1050)
कुनै पनि देशको सरकारको आयको मुख्य श्रोत भनेको कर हो। प्रत्यक्ष होस या अप्रत्यक्ष तरिकाले सरकारले आफ्ना खर्चहरु करबाटै उठाउँछ। विश्वमा सबैभन्दा धेरै आयकर लाग्ने १० देशहरु यसप्रकार रहेका छन्।
१. अरुवाः दक्षिण क्यारेवियन सागरको नजिकैको यो देश एक टापु हो। यहाँ ५९ प्रतिशतसम्म आयकर लाग्छ।
२. स्वीडेनः यूरोपको विकसित देश स्वीडेनमा ५७ प्रतिशतसम्म आयकर लाग्छ।
३. डेनमार्कः डेनमार्कको आयकर ५२ प्रतिशतसम्म रहेको छ।
४. नेदरल्याण्डः यहाँ पनि डेनमार्क कै जति अर्थात् ५२ प्रतिशत आयकर लाग्छ।
५. अस्ट्रियाः यूरोपियन देश अस्ट्रियामा ५० प्रतिशतसम्म आयकर लाग्छ।
६. बेल्जियमः यहाँ पनि ५० प्रतिशतका दरले आयकर लाग्छ।
७. जापानः एसियाको विकसित देश जापानमा ५० प्रतिशतसम्म आयकर लाग्छ।
८. वेलायतः यहाँ ४५ प्रतिशतसम्म आयकर लाग्छ।
९. आयरल्याण्डः यहाँ ४१ प्रतिशतसम्म आयकर लाग्छ।
१०. भारतः छिमेकी देश भारतमा ३० प्रतिशतसम्म आयकर लाग्छ।
Source:- Setopati
प्रकाशित मिति: आइतबार, साउन १०, २०७२