Welcome, Guest

मिति २०७२ असार १६ गते बुधबार गोरखापत्रमा प्रकाशित लोकसेवा सहयोगी बस्तुगत प्रश्नोतरहरु

2015-07-11 / 3.9K 0

Subscribe to LokSewa Plus for unlimited access to all resources

 
१. भूकम्पपछिको पुननिर्माणका लागि सरकारद्धारा आयोजित नेपालको पुननिर्माणका लागि अन्तराष्ट्रिय सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ? 
– वि.सं २०७२ असार १० काठमाडौं 
 
२. नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपको सदस्य सचिवमा को नियुक्त भएका छन् ?
– केशवकुमार बिष्ट 
 
३. अन्तराष्ट्रिय क्रिकेट काउन्सिलको अध्यक्षमा कसलाई चयन गरिएको छ ? 
– जाहिर अब्बास ( पाकिस्तान ) 
 
४. सार्वजनिक खरिदसम्बन्धी सम्पूर्ण कामकारबाही कहिलेदेखी विद्युतिय माध्यमबाट गरिने भएको छ ? 
– वि.सं २०७२ साउन १ 
 
५. समाज सेवाका क्षेत्रमा विश्वसामु छाप छोड्न सफल मदर टेरेसाकी उत्तराधिकारी सिस्टर निर्मलाको निधन कहिले भयो ? 
– वि.सं २०७२ असार ८ 
 
६. अन्तराष्ट्रिय ओलम्पिक दिवस कहिले मनाउने गरिन्छ ? 
– जून २३ 
 
७. हामी हाम्रा विचारले बनेको हुन्छौ,हामी जे सोच्छौ, त्यही बन्छौ,जब दिमाग पवित्र हुन्छ,तब आनन्दले छायाले जस्तै पछ्याउँछ । भन्ने विचारक को हुन् ?
– गौतम बुद्ध 
 
८. सन् २०१५ जून २२ मा पेरिसस्थित युनेस्कोले मुख्यालय कसको मूर्ति स्थापना गरिएको छ ? 
– गौतम बुद्ध 
 
९. प्रशासन सुधारका सम्बन्धमा गठित पहिलो आयोग कुन हो ? 
– बुच कमिसन २००९ 
 
१०. ५८ बर्षको उमेरमा खेलकुदतर्फको व्यायाम क्षेत्रमा सिट अप विधामा एक र चिन अफ बिधामा चार गरी पाँचवटा राष्ट्रिय रेर्कड राख्न सफल व्यक्तित्व को हुन् ?
– रामचन्द्र खनाल 
 
११. नेपाललाई कहिलेसम्ममा अल्पविकसित राष्ट्रको सूचीबाट विकासशील राष्ट्रको सूचीमा स्तरोन्नती गर्ने लक्ष्य छ ? 
– सन् २०२२ 
१२. प्रसिद्ध पर्यटकीय स्थल पुनहिल कहाँ पर्दछ ? 
– म्याग्दी 
 
१३. नेपाल भूकम्पीय जोखिमका हिसाबले विश्वको ११ औ स्थापनमा रहेको छ भने बाढीपहिलो अर्थात पानीजन्य प्रकोपबाट हुने जोखिमका हिसाबले कति औं स्थानमा रहेको छ ? 
– ३० औं 
 
१४. हेफर इन्टरनेशलनद्वारा स्थापित अन्तर्राष्ट्रियस्तरको “स्वर्णिम प्रतिभा पुरस्कार २०१४” बाट सम्मानित हुने नेपाली महिला को हुन्
– दिलकुमारी पौडेल टीटीहीरीया- ९ बाँके
 
१५. सन् २०१५ जूनमा फ्रान्समा सम्पन्न ८० किलोमिटर दुरीको अल्ट्रा म्याराथनमा प्रथम स्थान हासिल गर्न सफल नेपाली महिला को हुन्
– मीरा राई भोजपुर
 
१६. अमेरीकामा समलिंगी विवाहलाई कानुनी मान्यता कहिले प्रदान गरिएको छ
– सन् २०१५ जून २६
 
१७. आर्थिक संकटको चपेटामा परेको ग्रिसमा युरोपेली देशलगायत अन्य ऋणदाताबाट प्रस्तावित राहत प्याकेज सम्झौताबारे कहिले जनमत संग्रह गरिने भएको छ
– सन् २०१५ जुलाई ५
 
१८. परीक्षा नियन्त्रण कार्यालयद्वारा २०७२ असार १३ मा सार्वजनिक प्राविधिक एसएलसी परीक्षाको परिक्षाफल अनुसार सबैभन्दा विशिष्ट अर्थात ए पल्स ल्याउने ‍विद्यार्थी कति रहेका छन्
– २१५ जना
 
१९. कर्णाली अञ्चलको जुम्ला जिल्लामा (तिनसय सय्याको) आत्याधुनिक सुविधासहितको शिक्षण अस्पतालको शिलन्यास कहिले गरियो
– वि.सं. २०७२ असार १२
 
२०. सगरमाथाको महत्वलाई उजागर गरी अन्तर्राष्ट्रिय स्तरमा नेपालको साहसिक र अद्वीतिय पर्वतीय पर्यटनको छवि उच्च राख्न २९ मे लाई कहिलेदेखी “अन्तर्राष्ट्रिय सगरमाथा” दिवसका रुपमा मनाउन थालियो
– सन् २००८
 
२१. पचास हजार राशिको युवा प्रतिभा पुरस्कार बाट सम्मानित हुने प्रतिभा को हुन्
– लम्जुङ इशानेश्वरका रदि मिया
 
२२. बेइजिङस्थित एसिया इन्फ्रास्ट्रक्चर बैंक (AITB) को विधान आर्टिकल अफ एग्रिमेन्ट मा कहिले हस्ताक्षर भयो
– सन् २०१५ जून २९
 
२३. नेपालमा राष्ट्रिय धान दिवस कहिले मनाइन्छ
– असार १५
 
२४. “इन्स्टिच्यूट फर इकोनोमिक्स एन्ड पिस” द्वारा सन् २०१५ जूनमा सार्वजनिक ग्लोबल “पिस इन्डेक्स २०१५” अनुसार विश्वकै शान्त मुलुक कुन हो
– आइसल्यान्ड

 


You need to login to comment.

Facebook Comments