Welcome, Guest

टिप्स : लोकसेवामा कसरी लेख्ने ? >>बरु थोरै पढ्नुस्, बुझेर पढ्नुस् ता कि पछिसम्म पनि सम्झना रहोस् >>पढ्ने अनेक विधि हुन्छन्, जुनसुकै विधि अपनाए पनि अध्ययन प्रभावकारी हुनुपर्छ भन्ने मान्यता राख्नुस्, कुनै वस्तु, घटना, भूगोल आदिसँग जोडेर पढ्नुुस् यसले तपाईंलाई सम्झना गर्न र सिकाइ दीगो बनाउँछ >>पढेको विषयमा स्पष्ट हुनुस्, बहुविकल्प आउँदा पनि सही उत्तर यही हो भनेर ठोकुवा गरी उत्तर दिनसक्ने हदमा आफूलाई दृढ राख्नुस् >>यति पढेपछि सकिन्छ भनेर अध्ययनमा सीमा नतोक्नुस्, यसले तपाईंलाई सफलता दिँदैन, धेरै अध्ययन सामग्री संकलन गरेर होस् वा अग्रजका अनुभव सिकेर होस् वा पत्रपत्रिकाबाट सकेसम्म धेरै विषय र घटनाको जानकारी राख्नुस् >>लामो लेखेर धेरै नम्बर पाइन्छ भन्ने भ्रम त्याग्नुस् । प्रश्नले मागेको जतिमात्र उत्तर लेख्नुस् । उत्तरलाई सकेसम्म बुँदा, ग्राफिक्स, तथ्य र तथ्यांकमा प्रस्तुत गर्नुुस् >>प्रश्नको पूर्णांकअनुसारको समय वर्गीकरण गनुस्, ताकि समय अभावका कारण प्रश्न नछुटून्, यसका लागि पहिल्यैदेखि अभ्यास गर्नुस् । नयापत्रिका

agile paudel

on 12 Jun, 2019

428
You need to login to reply on this post.
Join TayariPLUS

No Answers Yet !!! Be the first one to comment